शुक्रबारबाट शुरू हुँदै ‘चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग’ प्रतियोगिता

प्रिमेश शिवाकोटी
रौतहट । चन्द्रपुरमा उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता–२०७६ शुक्रबारबाट शुरु हुने भएको छ ।

रौतहट जिल्ला फुटबल संघको आयोजना एवम् अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा व्यवस्थापनमा चन्द्रनिगाहपुरको स्वर्गीय शेर बहादुर दर्लामी स्मृती हातेमालो खेल मैदानमा शुक्रबारबाट प्रतियोगिता हुन लागेको हो ।

चन्द्रपुर नगरपालिकाको संरक्षकत्व तथा सहयोग रहेको प्रतियोगिता माघ १८ सम्म अखिल नेपाल फुटबल संघ ( एन्फा) द्वारा छनोटमा परेका देशभर मध्येका उत्कृष्ट ८ नगरपालिकाको महिला फुटबल टिमले प्रतियोगितामा सहभागिता जनाउने रौतहट फुटबल संघका महासचिव मधुसुदन धितालले जानकारी दिनुभयो ।

२०७५ मा एन्फद्वारा आयोजित उपमेयर राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सुपर ८ मा परेका बाह्बिसे नगरपालिका, सिन्धुपाल्चोक, विदुर नगरपालिका, नुवाकोट, चन्द्रपुर नगरपालिका, रौतहट, चौदण्डीगढी नगरपालिका, उदयपुर, वालिङ नगरपालिका, स्याङजा, बाँसगढी नगरपालिका बर्दिया, बिराटनगर महानगरपालिका, मोरङ र बिरेन्द्रनगर नगरपालिका, सुर्खेतका टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिता लिग कम नक आउटको आधारमा हुने आयोजकले जनाएको छ । रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान बहादुर दर्लामीका अनुसार प्रतिस्पर्धामा प्रथम हुने नगरपालिका टिमलाई नगद ३ लाख, मेडल, प्रमाणपत्र र ट्रफी रहेको छ भने द्वितिय हुने टिमलाई नगद १ लाख ५० हजार, मेडल, प्रमाणपत्र, ट्रफी रहेको छ ।

सेमी फाइनल पुग्ने दुई टिमलाई जनही ५०/५० हजार नगद पुरस्कार रहेको जनाइएको छ । प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ दी म्याचलाई नगद ५ हजार र कप, यस्तै उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको रेज स्कुटरबाट पुरस्कृत गरिने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रदेश नम्बर २ का लिग संयोजक नेपाल कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । भ्यालेनटाइन डे अर्थात् प्रणय दिवशकै दिन लोकप्रिय गायक सत्यराज आचार्यको ‘सारा फूल’ बोलको गजल सार्वजनिक भएको छ ।…

सांकेतिक तस्बिर एजेन्सी । भनिन्छ पैसा भएपछि आमा र बाबुबाहेक सबै कुरा किन्न सकिन्छ । सुन्दा अनौठो लागेपनि एक किसिमले…

काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस…

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् ।…

कैलाली । सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्न धनगढीमा विश्व साहित्य सम्मेलन  र  महोत्सव हुने भएको छ ।  होटल व्यवसायी…

काठमाडौं । ललितपुर महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ  ।  महानगरले पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक बिदा दिएको हो…