Logo कार्तिक १०, २०७७ सोमबार


राष्ट्रियसभा निर्वाचनकाे मतदान सम्पन्न, दुईजना अनुपस्थित

माधब पनेरु
कास्की । राष्ट्रियसभा निर्वाचनको पोखरामा भएको मतदान सम्पन्न भएको छ ।

दुईजना खाली हुने सदस्य पदका लागि भएको निर्वाचनमा दुईजना मतदाता अनुपस्थित भएका छन् ।

प्रदेशसभा सदस्य तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख मतदाता रहने प्रावधान अनुरुप दुईजना मतदाता अनुपस्थित भएका हुन् । गोरखाको सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रिता देबकोटा र मुस्ताङ्गको ले घेकर गाउँपालिकाका अध्यक्ष लोप्साङ्ग छोम्पेल बिस्ट मतदानमा सहभागी भएनन् । उनीहरु दुवैजना नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने बताइएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मतदान सकिएसँगै मतगणना शुरु हुनेछ ।

बेलुका ६ बजेभित्र मतगणना पनि सकिने बताईको छ । निर्वाचनमा नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठ उम्मेदवार रहेका छन् । एकल संक्रमणीय मत प्रणालीमा भएको मतदानमा नेकपा बलियो विजयको दावेदार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।