बिना श्रेष्ठललितपुरको लोभलाग्दो गाउँलुभु...कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँदेशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँउर्वर भूमि र उत्पादनको उदाहरणआत्मनिर्भरताको औद्योगिक आँगन...लुभुलुभुको इतिहास र राष्ट्रको पर्यटन
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा लुभुको परिचय दिने विश्वकै सबैभन्दा ठूलाे (७२ इञ्च) सुनाैलाे थाल लुभु बसपार्कमा राखिने भएकाे छ । यसैवर्ष स्थापना गर्न लागिएकाे सुनाैलाे थाल निर्माणमा लागेकाे सम्पूर्ण खर्च स्थानीय दिनानाथ श्रेष्ठले जुटाउनुभएकाे हाे ।
यस्तो छ लुभुको नालिबेली...लुभुका बासिन्दा अधिकांसको गलगाँड आएपछि ज्योतिष देखाउँदा गोभ्राटेश्वर महादेव भन्दा माथिल्लोतिर बसेको हुदाँ यसो भएको हो भनेपछि गंगा महारानीले आफनो सुनको थाल बेचेर बस्ती बसालेकाले सुनको थालको नामबाट लुँभु रहन गएको किवंदन्ती छ ।
त्यस्तै, डाः कार्ल पुस्चका अनुसार हरिहर सिंह मल्लले यस बस्ती बसालेको र साथै महालक्ष्मी पिठको स्थापना गरी जात्रा चलाएको उल्लेख गरिएको छ । पछि शिव सिंह मल्लका रानी गंगा महारानी पाटनबाट लुभु बसाई सरेको र उनै गंगा महारानीले आफ्नो सुनको थाल बेचेर बस्ती विस्तार गरेको उल्लेख छ ।
परापूर्वकालमा किराँतहरु उपत्यकाको पूर्वी डाँडा लाकुरी भञ्झ्याङबाट उपत्यका प्रवेश गर्दा डाँडाको फेदीमा रहेको लुभुमा खेतीपाती गर्दा राम्ररी अन्न उब्जनी भएको र सोही कारणबाट सुन फल्ने खेतको अर्थमा सुनको खेत ‘लुँ बु’ नाम रहन गएको कथन छ ।
राजा सिद्धिनरसिंह मल्लका नाति राजा योगेन्द्र मल्ललाई एकपटक ललितपुरदेखि लुभुसम्म तुल विछ्याएर स्वागत गरिएकाे थियो । राजाले लुभुमा ढकमक्क तोरीको फूल फुलेको देखेपछि खुशीले गद्गद् हुँदै थ्व थायँ ला लुँ बुँ खनि अर्थात यी ठाउँहरू त सुनको खेत रहेछ भनि व्यक्त गरेछन् । त्यसै बेलादेखि गाउँको नाउँ लुँ बुँ हुन पुगेको हो भन्ने पनि भनाइ छ ।
लुभुको अर्काे नाम कतै सुवर्ण छत्रपुर, कहीँ सुवर्ण पुरी त कतै सुवर्ण छत्र पनि भन्ने गरेको पाईन्छ । लुभुमा कुनै प्रकारको महामारी जस्ता रोग व्याधीले लुभु बासिन्दाहरु समस्या पर्याे भने छत्रपाल भैरवले सुनको छत्रले ओढाई रक्षा गर्ने भएको हुँदा, लुभुलाई सुवर्ण छत्रपुर पनि भन्ने गरिन्छ ।हालसम्म प्राप्त अभिलेख अनुसार लुह्मु नेपाल सम्वत ४१७ गोपालराज वंशावली सबैभन्दा पूरानो नाम देखिन्छ । लुभुलाई कतै लुह्मो, कतै लुम्भु त कतै लुँबु भनेर उल्लेख गरेको पाईन्छ ।