गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत ५ समाचार।१. राष्ट्रियसभाकाे १८ सदस्यकै निर्वाचनकाे परिणाम सार्वजनिक ।२. प्रदेश–१ मा दलित समूहबाट १, महिला समूहबाट १ र अन्य समूहबाट १ गरी ३ सदस्यका लागि निर्वाचन भएको निर्वाचनमा नेकपाका गोपीबहादुर सार्की अछामी, इन्दिरादेवी गौतम देवेन्द्र दाहाल विजयी भएका छन् ।३.प्रदेश–२ मा महिला समूहबाट १, अल्पसंख्यक समूहबाट १, दलित १ र अल्पसंख्यक १ गरी ४ सदस्यका लागि निर्वाचन भएको छ । महिला समूहतर्फ नेकपाका तुलसाकुमारी दाहाल र अन्य समूहतर्फ राजपाका मृगेन्द्रकुमार सिंह यादव विजयी हुनु भएको छ ।४.गण्डकी प्रदेशमा नेकपाका हेभिवेट नेता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी हुनु भएको छ । यहाँ महिला समूह १ र अन्य समूहबाट १ सहित २ सदस्यका लागि निर्वाचन भएको हो ।५.राष्ट्रिय सभाबाट ७ सदस्य बिदा भएको नेपाली कांग्रेसले कुनै प्रदेशमा पनि खाता खोल्न सकेन ।६.नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा ११ स्थान माथि उक्लियो ।७.केही सुधार देखिएपनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरुको श्रेणीबाट माथि उक्लिन सकेन ।८.ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सीपीआई–२०१९ को सर्वेक्षण रिपोर्टमा नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचांकको १ सय १३ औँ स्थानमा ।९.नेपाल सबैभन्दा बढी भ्रष्टाचार हुने २० मुलकभित्र परेको रिपोर्टमा उल्लेख ।१०. १ सय ८० देश मध्ये ९ अंक प्राप्त गरि सोमालिया सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अंकित ।११. ८९ अंक प्राप्त गरि डेनमार्क सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायम रहन सफल ।१२.नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचार न्यून रुपमा भएपनि सुधार आएको रिपोर्टमा उल्लखे ।१३.स्थानीय तहमा हुने खर्चमा पारदर्शीता नदेखिएपनि सेवाग्राहीले पाएको सेवालाई आधार बनाउँदा तत्काल त्यसको प्रभाव नदेखिएको ट्रान्सपरेन्सीको भनाइ ।१४.निर्वाचनमा देखिने विकृति नियन्त्रण तथा राजनीतिप्रति विश्वास जगाउन सरकारलाई ट्रान्सपरेन्सीको सुझाव ।१५.साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने सरकारको निर्णय ।१६.निर्धारित समयमा बस किनेर चलाउन नसकेको भन्दै साझालाई दिइएको रकम उपलब्ध गराइएको समयदेखिको ब्याज सहित फिर्ता लिने निर्णय ।१७.मन्त्रिपरिषद बैठकले नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले दिनुभएको राजीनामा गर्यो स्विकृत ।१८.जर्मनीको बोन शहरमा रहेको नेपाली दुतावासको पुरानो भवन बेच्न स्वीकृति मन्त्रिपरिषदलेदिएको सञ्चार मन्त्री एबं सरकारका प्रबक्ता गोकुलप्रसाद बाँस्कोटाद्धारा जानकारी ।१९.तिब्बतमा बर्षाैदेखि बस्दै आएका नेपालीका लागि हस्तलिखित राहदानी परिवर्तन गर्न दिने सरकारको निर्णय ।२०.सशस्त्र प्रहरी बलले छोटो अवधिमा राज्यलाई सुरक्षा प्रदान गर्ने मामलामा महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ ।२१. मुलुकमा अमनचयन कायम, आतंकवाद नियन्त्रण, शान्तिसुरक्षा कायम र विपत्का घडीमा सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेको प्रधानमन्त्री ओलीको भनाइ ।२२. १९ औँ सशस्त्र प्रहरी बल स्थापना दिवसका अवसरमा प्रधान कार्यालय हलचोकमा गरिएको हो विशेष कार्यक्रमको आयोजना ।२३.गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा पक्राउ ।२४.बिहिबार दिउँसो पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट मनाङ्गे पक्राउ परेका हुन ।२५.मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि गरेका थिए हातपात ।२६.एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध दिएका थिए किटानी जाहेरी,२७.जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गेलाई पक्राउ गर्न प्रहरीलाई दिएको थियो अनुमति ।२८. ६८ औं भन्सार दिवसको अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा व्यवसायीलाई भन्सार कर तथा भिसिटिएस सम्बन्धि प्रशिक्षण ।२९.सातै प्रदेशका व्यवसायीहरुको सहभागिता रहेको प्रशिक्षणमा संस्थागत सदस्यमार्फत प्रशिक्षण कार्यक्रम अगाडी बढाइएको नाडाद्वारा जानकारी ।३०.सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने प्रशिक्षण कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण दुलालको माग ।३१.भन्सारसँग आमनागरिकको साक्षात्कार हुन नसकेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको गुनासो ।३२.काठमाडौंमा १३ वटा कर कार्यालय भएपनि एउटा मात्रै भन्सार कार्यालय रहेको र त्यसैले मात्रै भन्सारसँग साक्षात्कार हुने अवस्था नरहने दाहालको भनाइ ।३३.काठमाडौं विश्वविद्यालय केयूमा आन्दोलन चर्कँदै ।३४.पुस ७ र १५ गते विश्वविद्यालयका सबै कार्यालयहरुमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरुपमा ताला लगाएपछि पठनपाठन प्रभावित ।३५.काठमाडौं विश्वविद्यालय केयूमा आन्दोलन चर्किँदै गएपछि विश्वविद्यालय नै सुनसान ।३६.आन्दोलनका कारण इन्जिनियरिङ र साइन्सको परीक्षा समेत समय समयमा रद्द हुँदै ।३७.विगतको सम्झौता अनुसार कर्मचारीहरुलाई उचित व्यवहार गर्नुपर्ने र सिन्डिकेट लाद्न नहुने आन्दोलनकारीको माग ।३८.सीप, संस्कार र प्रविधि सहितको शिक्षाका लागि विद्यालय शिक्षामा रुपान्तरण विषयक दुई दिने कार्यक्रम सुरु ।३९.भर्खरै ल्याइएको राष्ट्रिय शिक्षा नीतिमा नीजी विद्यालयको योगदान र सरोकारवालाहरुको सुझावलाई समावेश गरिने ।४०.केही नीजी विद्यालयले देशलाई भाषिक उपनिवेश तर्फ लैजान प्रोत्साहन गरिरहेको भन्दै यसलाई रोक्न आग्रह ।४१.युरोप र अमेरिकाको सपना बाढ्ने शिक्षाभन्दा देश भित्र अवसर मिल्ने शिक्षा र जनशक्ति तयार गर्नुपर्नेमा सरकारको जोड ।४२.मातृभाषा प्रति शिक्षक आफैले पनि गर्व गर्न र नेपाली भाषामै पढाउँदा पनि फरक नपर्ने विषयलाई नेपालीमा नै पढाउन शिक्षा मन्त्रीको आग्रह ।४३.सुशासनको पाठ विद्यालयबाटै सुरु हुने हुँदा सिपसँगै बालबालिकालाई संस्कार प्रदान गर्न उपप्रधानमन्त्री इश्वर पोखरेलको आग्रह ।४४.संस्कार र नैतिकताको पाठ विद्यालयबाटै सिक्ने हुँदा बालबालिकालाई प्रविधिमैत्री सिकाई सँगै मातृभाषा प्रति गर्व गर्न सिकाइनुपर्छ भन्ने सरकारको मान्यता ।४५.उदयपुरको त्रियुगा नगरपालिका चौकीबारीका आमाछोरी हत्या प्रकरण आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई आजीवन काराबासको फैसला ।४६.सजाय पाउनेमा सिरहाको लहान ८ का ४० वर्षीय रामहरी साह ।४७.आजीवन कारबाससँगै पीडितलाई एक लाख क्षतिपुर्ति उपलब्ध गराउन अदालतको आदेश ।४८.साहसँग फेला परेको सुनका गहना पीडितको भएको आरोपितले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन पनि आदेश ।४९.निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं–चोेंगकिङ उडान सुरु ।५०.कम्पनीले चिनियाँ नयाँ वर्षको अवसरमा बिहीबारदेखि काठमाडौंबाट चीनको चोेंगकिङ थालेको हो उडान ।५१.भ्रमण वर्षको अवसरमा चीनको नयाँ गन्तव्यमा उडान सुरु गर्दा नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने सरकारी दाबी ।५२.सताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचकमा १६ अंकको गिरावट ।५३.बिहीबार नेप्से १५ दशमलव नौ पाँच अंकले घटेर १२ सय ९५ दशमलव चार सात अंकमा झ¥यो ।५४.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव पाँच नौ अंकले घट्यो ।५५.बजारमा जीवन बीमा र अन्य समूहको परिसूचकमा भने सुधार ।५६.बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बृद्धि ।५७.छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा जानकारी ।५८.विगत एक हप्तादेखि खानेपानी संस्थानमा धर्ना दिँदै आएका धरान उपमहानगरपालिका वडा नम्बर ९ का जनप्रतिनिधिहरुद्वारा आन्दोलन स्थगित ।५९.समस्या समाधान गर्दै खानेपानी वितरण गरिने धरान उपमहानगरपालिकाले प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको जानकारी ।६०.प्रदेश सरकारले खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख चक्रपाणी आचार्य शर्माको संयोजकत्वमा अध्ययन समिति पनि गठन ।६१.स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा मेगा वीन्टर सुज मेला जारी ।६२.मेलामा प्रतिष्ठित ब्राण्डका जुत्ता, चप्पलसहित ज्याकेट लगायतका सामग्री विशेष छुटमा साथ उपलब्ध भइरहेको आयोजकद्वारा जानकारी ।६३.एउटै छानामुनी स्वदेशी उत्पादनका २० भन्दा बढी कम्पनीका जुत्ताचप्पल २५ देखि ७५ प्रतिशतसम्म छुटमा उपलब्ध ।६४.विवाह, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता लगायतका जुत्ताचप्पल मेलामा राखिएको व्यापारीहरुद्वारा जानकारी ।६५.परम्परागत खाद्यान्न बालीको उत्पादन राम्रो हुन नसक्दा म्याग्दीका कृषकहरु व्यवसायिक खेतीतर्फ आकर्षित ।६६.म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३, भकिम्लीस्थित राखु क्षेत्रका कृषकहरुले परम्परागत खेतीबाली लगाउन छाडे ।६७.१० वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यवसायिक रुपमा सुन्तला खेती गरेर मनग्य आम्दानी गर्न सफल ।६८.राखु क्षेत्रका एकजना कृषकले वर्षमा सुन्तला बिक्री गरेर झण्डै पाँचलाख रुपैयाँ आम्दानी गर्दै ।६९.समाज कल्याण परिषद् स्वामित्वको जग्गामा तरकारी व्यवसाय गरिरहेका किसानले एक वर्षअघि बुझाएको भाडा पाएनन फिर्ता ।७०.परिषद्सँग सम्झौता गरेर व्यवसायीसँग पैसा लिइए पनि पैसा उठाउने सहकारीको बदमासी ा कारण किसानहरुको करोडौँ रकम डुब्यो ।७१.हरित कृषि सहकारीले समाज कल्याण परिषद्को स्वामित्वको इच्छुमति तरकारी बजारका २ सय ६ किसानसँग उठायको हो , १६ महिनाको भाडा वापत २ करोड ३७ लाख ६० हजार रुपैयाँ ।७२.सहकारी र परिषद्को सम्झौता नभएको खुलेपछि किसानले २०७५ कात्तिक १० गतेदेखि पैसा फिर्ता माग्दा सहकारीले दिन आनकानी गरेको किसानहरुको दुखेसो ।७३.करोडौँ रकम डुबेकाले सहकारीलाई कारबाही गर्न किसानहरुको माग ।७४.राजनीतिका कारण मानिसहरु विभाजित भएपनि संगीतले मान्छेहरुलाई एक ठाउँमा ल्याउने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको भनाइ ।७५.तारदेवीको चौधौं पुण्यस्मृतिका अवशरमा आयोजित कार्यक्रममा कला र संगीतको क्षेत्रमा लागेका व्यक्तिहरुमा राजनीतिक रोग सर्न नहुने उपप्रधानमन्त्री पोखरेलको सुझाव ।७६.उपप्रानमन्त्री पोखरेलद्धारा तारादेवी फाउण्डेशनका लागि सहयोग गर्ने प्रतिवद्धता।७७.अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगंज महानगरपालिका २७ का विक्रम यादव पक्राउ ।७८.आफ्नै बुहारी २७ वर्षीय बसन्ता कुवरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा दाङ, गढवा गाउँपालिका ४ का कुलमान कुवर पक्राउ ।७९.वीरगंज महानगरपालिका १६ ईनर्वा चौकबाट स्रोत खुलाउन नसकेको नगद २ लाख रुपैयाँ सहित वीरगंजका रामबाबु साह कलवार पक्राउ ।८०.मोरङको रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको स्कुलको मे १ ख १४९० नम्बरको बस दुर्घटना, सहचालक सानुकुमार साहको मृत्यु ।८१.लर्डबुद्ध हाइयर सेकेण्डरी स्कुलको बसमा थिए १२ जना विद्यार्थी सवार, ११ जना घाइते ।८२.सिरहा, भक्तपुर, सुर्खेत, मकवानपुर र मोरङका छुट्टाछुट्टै स्थान भएका दुर्घटनामा पाँच जनाको मृत्यु ।८३.सिरहामा ना १ ज ८०८८ नम्बरको म्याजिक गाडीको ठक्करबाट नाम, थर नखुलेका करिब ५० वर्षीय पुरुषको मृत्यु ।८४.भक्तपुरमा बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुलीका गणेश वयलकोटीको मृत्यु ।८५.सुर्खेतमा भे ४३ प ८४४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदय परियारको मृत्यु ।८६.मकवानपुरमा नम्बर नखुलेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक बाराका पर्शुराम सिटौलाको मृत्यु ।८७.अन्तर्राष्ट्रिय न्यायालय, आइसीजेद्वारा म्यानमारका मुस्लिम समुदाय रोहिंग्यामाथिको नरसंहार रोक्ने उपाय गर्न आदेश ।८८.राष्ट्र संघीय अनुसन्धानले नरसंहार नै भएको प्रतिवेदन बुझाएपछि न्यायालयले ग¥यो सरकारका नाममा आदेश ।८९.सन् २०१७ मा म्यानमारको सेनाले गरेको कारबाहीमा हजारौं रोहिंग्या मारिएको र ७० हजारभन्दा बढी बंगलादेश पलायन भएको प्रतिवेदनमा उल्लेख ।९०.मुस्लिम बाहुल्य अफ्रिकी राष्ट्र गाम्बियाले म्यानमारका रोहिंग्यामाथि सेनाले गरेको नरसंहार रोक्न माग गर्दै न्यायालयमा गरेको थियो मुद्दा दायर ।९१.अष्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना हुँदा अमेरिकी मुलका चालक दलका तीन सदस्यको मृत्यु ।९२.विमान दुर्घटनाको कारणबारे थाहा हुन नसकेको सरकारी अधिकारीहरुद्वारा जानकारी ।९३.अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको पहाडमा दुर्घटना भएको न्यू साउथ वेल्सकी प्रमुखको भनाइ ।९४.नेपाल पुलिसलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आरबिबि एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबलको फाईनलमा प्रवेश ।९५.त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको महिलातर्फको पहिलो सेमिफाईनलमा एपीएफद्वारा पुलिस ३–० को सोझो सेटमा पराजित ।९६.नेपालले सन् २०२१ मा भारतमा हुने टी २० बिश्वकपको सोझै ग्लोबल छनोट खेल्न पाउने ।९७.अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी २० बरियतामा १२ औ स्थानमा रहेको हुँदा नेपालले सोझै ग्लोबल छनोट खेल्ने ।९८.हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार कलब जारी शहिद स्मारक ए डिभिजन लिगको तेश्रो स्थानमा उक्लियो ।९९.थ्री स्टारको जीतमा सुशील राई, संजोग राई र वासिउ ओलान्दि«यन हज्मातको एक एक गोलको योगदान ।१००.जितसँगै तिन अंक जोडेको थ्री स्टार कुल १४ अंक सहित तालिकाको तेश्रो स्थानमा, ७ अंकसहित हिमालयन प्रतियोगिताको दशौ स्थानमा यथावत ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६ ०३:४६