सुदूरपश्चिममा स्वार र भट्ट, कर्णालीबाट आचार्य र बिसी विजयी

प्रदेश २ बाट मृगेन्द्रकुमार सिंह विजयी

काठमाडौं । रष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा नेकपाका तारामान स्वार र  शारदा भट्ट विजयी हुनुभएको छ । स्वार अन्य र भट्ट   महिलाबाट रष्ट्रियसभा सदस्य बन्नुभएकाे हाे ।

उहाँले तीन हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले १ हजार ८ सय ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । अन्य समूहका उम्मेदवारको मत गणना हुन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

कर्णालीमा नेकपाका आचार्य र बिसी विजयी
राष्ट्रियसभा सदस्यमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका) उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी हुनुभएको छ ।
आचार्यले तीन हजार ६१८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले १ हजार २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो । त्यसैगरी बिसीले ३ हजार ६ सय ८४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेतले ३ हजार २६ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो ।

प्रदेशमा रिक्त दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १९८ मतदातामध्ये १९५ अर्थात् ९८ दशमलव ४८ प्रतिशतले मतदान गर्नुभएको थियो । तीमध्ये एकजना प्रदेशसभा सदस्यको मत बदर भएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश २ बाट मृगेन्द्रकुमार सिंह
राष्ट्रियसभाको खुल्लातर्फको सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार मृगेन्द्रकुमार सिंह निर्वाचित हुनुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार ५ हजार ४ सय मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी अनिरूद्धकुमार सिंहले ४ हजार ५ सय १२ मत प्राप्त गर्नुभएको छ । सिंह सङ्घीय समाजवादी पार्टी र नेपाली काँग्रेसका संयुक्त उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…