ग्राहकसँग बसिरहेको अवस्थामा युवती उद्धार, पाखुरामा गर्भनिरोधक !

काठमाडौं । बालाजुको एक होटलबाट एक महिना अघि प्रहरीले उद्दार गरेका १७ जना युवतिको पाखुरामा गर्भनिरोधक औषधि राखिएको पाइएको छ । ग्राहकसँग बसिरहेको अवस्थामा उद्दार गरिएका उनीहरुको जाँच गर्दा पाखुरामा इम्प्लान्ट (परिवार नियोजनको साधन) राखिएको भेटिएको हो ।

एक किशोरीले १ वर्षदेखि आफूले इम्प्लान्ट प्रयोग गरिरहेको प्रहरीलाई बताएकी छन् । वेटरको काम दिन्छु भनेर राखेका होटल साहुले ग्राहकसँग यौनसम्बन्ध राख्न लगाएको उनको भनाइ छ । ‘हेला सहन नसकेर तीन वर्ष अघि घरबाट भागेँ’, उनले भनिन्, ‘भाँडा माझेर भएपनि एक्लो ज्यान पाल्छु भनेर काठमाडौं आएँ ।’

केही समय वेटरको काम गरेबापत मासिक चार हजार पारिश्रमिक पाएपनि बाध्यताले होटलमा काम गर्दा दुई वर्षयता शारीरिक शोषणमा परेको उनले दुखेसो पोखेकी छन् । जबरजस्ती यौन र गर्भ रोक्न प्रयोग गरिएका औषधिले संक्रमण भएर उनको पाठेघरमा घाउ भएको छ । अहिले ती युवति शक्ति समूहको पुन:स्थापना केन्द्रमा आश्रय लिएर बसिरहेकी छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ