तीन वर्षमा पर्वतका सबै सडक कालोपत्रे हुन्छन् : तिमिल्सिना

राजन पौडेल
पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आगामी तीन वर्षभित्र पर्वतका सडक कालोपत्रेले छुने बताउनुभएको छ । बिहीबार छैटौँ पर्वत महोत्सवको उद्धाट्न गर्दै तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।

बिहीबारदेखि शुरु भएको महोत्सवमा अध्यक्ष तिमिल्सिनाले विकासका सडक पहिलो प्राथमिकतामा पर्ने बताउनुभयो । उहाँले पर्वतका सबै ठाउँमा सडक सञ्जाल जोड्न आफू क्रियाशील रहने उल्लेख गर्नुभयो । विकासको लागि खानेपानि, शिक्षा, स्वास्थ्य विद्युत तथा सडकको पहुँच अनिवार्य हुने उहााको भनाइ छ ।

कार्यक्रममा पर्वत पर्यटनको अथाह सम्भावना भएको जिल्ला भएको उल्लेख गर्नुहुँदै तिमिल्सिनाले यहाँका विभिन्न अग्ला र लामा पुलहरू, निमार्णाधिन वञ्जी जम्प र विभिन्न गुफालगायत थुप्रै स्थलको प्रचार प्रसारको आवश्यकता औंल्याउनुभयो । पर्वत आउने पर्यटकलाई स्वागत सत्कार गर्न संवेदनशील बन्नुपर्ने उहाँको भनाइ छ ।

तिमिल्सिनाले माघ १९ सम्म चल्ने महोत्सवको सफलताको कामना गर्दै सबैले विकास निर्माणमा हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरिले जिल्लाको विकास निर्माणमा सबे एकजुट हुनुपर्ने बताउनुभयो । झण्डै २०० स्टल राखिएको महोत्सवमा कृषिलगायतका विभिन्न प्रर्दशनीका लागि उद्यमिलाई ३० स्टल निःशुल्क दिएको छ । महोत्सवको पहिलो दिन बिहिबार विभिन्न क्लव, आमा समुह, संघ संस्था र स्कुलका विद्यार्थी प्रभातफेरि गर्दै कार्यक्रममा सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…