Logo आश्विन ४, २०७७ आइतबार


तपाईंको कम्मर ठूलो छ ? हुनसक्छ हृदयघात

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको तौल बढी र कम्मर ठूलो हुनेमा हृदयघातको सम्भावना हुने देखिएको हो । अध्ययन तीन पुरुषमाथि गरिएको थियो । अध्ययनमा ठूलो कम्मर भन्दा साँधुरो कम्मर जोखिमपूर्ण मानिए पनि निचोडमा ठूलो कम्मर भएका मानिसका हृदयघातको जोखिम बढी देखिएको पाइएको छ ।

अनुसन्धानकर्ता मोहम्मदीले भनेकी छन्–केही अध्ययनले सुझाव दिएको छ कि ? पुरुषहरूले बढी ‘भिस्रालयाट’ लिन्छन् जुन शरीर भित्र गहिराइमा जान्छ र महत्वपूर्ण अंग वरिपरि संक्रमण गर्छ । जुन कोलेस्ट्रोलमा परिणत हुन्छ । जसले तपाईंको धमनीहरूलाई कडा बनाउन शुरू गर्छ र अन्ततः हृदयघातको अत्याधिक सम्भावना हुन्छ ।

अध्ययनमा समावेश महिलाको संख्या कम भएकाले निष्कर्ष निकाल्न थप अनुसन्धान गर्नुपर्ने देखिएको अनुसन्धानकर्ता मोहिमीले बताएकी छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार मुटुको दौड वा स्ट्रोकजस्ता हृदय रोगहरूको जोखिम महिला भन्दा पुरुषमा बढी हुनेगर्छ । मानिस स्वस्थ्य रहन स्वस्थ आहार र नियमित व्यायामले कायम गर्ने हो भने यस्ता समस्याबाट टाढा रहन सकिने देखाएको छ ।

अघिल्लो अध्ययनले देखाएको छ कि नियमित २० मिनेट व्यायाम गर्ने, हिँड्ने हो भने एक चौंडा कम्मरको साइज र मोटोपना कम गर्न सकिन्छ । नियमित व्यायाम र स्वस्थ आहारले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउने र तनदुरूस्त राख्न मद्दत गर्ने सो अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।

डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँकाे भनाइ छ ।