Logo मंसिर २०, २०७७ शनिबार


सुस्त मनस्थिति भएकी बालिकाको बलात्कार, खड्का चार वर्षपछि पक्राउ

भक्तपुर । सुस्त मनस्थिति भएकी १५ वर्षीया बालिकाको बलात्कार गर्ने एक जनालाई घटनाको चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा घर भएका भक्तपुर सिपाडोल बस्ने पूर्णबहादुर खड्कालाई बिहीबार सुर्यविनायकबाट प्रहरीले पक्राउ गरेको हो ।

२०७२ सालको फाल्गुन २१ गते खड्काले सुस्त मनस्थिति भएकी १५ वर्षीया बालिकालाई १० रुपैयाँ दिएर फकाइ आफ्नै कोठामा लगेर बलात्कर गरेका थिए । बालिकाका आफन्तले दिएको उजुरीको आधारमा अनुसन्धान भइ अदालतले २०७५ कात्तिक २६ गते खड्कालाई दुई वर्ष ६ महिना जेल सयाजको फैसला सुनाएको थियो ।

घटनापछि फरार खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमार्फत कारागार कार्यालय डील्ली बजार पठाइएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।