‘उद्यमी समृद्ध नभएसम्म देश समृद्ध बन्दैन’

काठमााडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ ।

‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताउनुभएको हो ।

मन्त्री दुगडले भन्नुभयो ‘उद्यमी व्यवसायीहरु जबसम्म समृद्ध हुन सक्दैनन्, जबसम्म उनीहरु सुखी हुँदैनन्, जवब उनीहरुलाई आफ्नो कामप्रति सन्तोष हुँदैन तबसम्म यो देश समृद्ध हुन सक्दैन ।’ उहाँले भन्नुभयाे, ‘सबैभन्दा पहिला महिलाहरु समृद्ध हुन पर्यो देशका उद्यमी व्यवसायीहरु समृद्ध हुनुपर्यो अनिमात्रै देश समृद्ध हुन्छ ।’ उहाँले आफू उद्यमी समेत भएकाले उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताउनुभयो । त्यसका लागि मन्त्रालयमा एकद्वार प्रणालीमार्फत् काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गर्नुभयो । महिला उद्यमीहरुका लागि छुट्टै व्यवस्था गरेर सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको दुगडकाे भनाइ थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…