दिपक मनाङ्गेको म्याद थप, अनुसन्धानमा सघाउने सरकारको भनाइ

माधब पनेरु
पोखरा । कुटपिट अभियोगमा पक्राउ परेका प्रदेश सांसद दिपक मनाङ्गे भनेर चिनिने राजिव गुरुङ्गको म्याद थप गरिएको छ । बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट पक्राउ गरेकाे मनाङ्गेको जिल्ला अदालत कास्कीबाट म्याद थप गरिएको हो ।

सांसद मनाङ्गेले अखिल नेपाल फुटबल महासंघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङलाई मंगलबार कुटपिट गरेका थिए । उनले मुख्यमन्त्री कपमा सहभागी खेलाडीको विषयलाई लिएर एन्फाका कास्की अध्यक्ष गुरुङलाई कुटपिट गरेका हुन् ।

सासंद मनाङ्गेले मनाङ्गबाट प्रतियोगितामा सहभागि हुन आएका खेलाडीलाई अन्याय र वेवास्ता गरेका कारण आफूले झापड हानेको सार्वजनिक रुपमा अभिव्यक्ती दिँदै आएका थिए ।

उनलाई आवश्यक अनुसन्धानपछि कानुन बमोजिम कारवाही हुने प्रशासनको भनाइ छ । सासंद गुरुङ्गको बारेमा गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले स्वतन्त्र रुपमा प्रहरीलाई अनुसन्धान गर्न बाधा नपुग्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…