युवालक्षित कार्यक्रम सञ्चालनका लागि सम्झाैता

काठमाडौं । संघीय तथा स्थानीय तहमा युवाको विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्न राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी युवा विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्नका लागि राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारीपत्रका हस्ताक्षर भएको हाे ।

सहमति पत्रमा सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमहरुको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, स्थानीय सरकारले तय गरेको युवालक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन र सम्पादन गरेका नवप्रवर्द्धनात्मक कार्यहरुलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा योगदान पुर्याउने उल्लेख गरिएको छ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाको विकास तथा युवा परिचालन मार्फत समाजिक जागरण र समृद्धिका अभियानहरु सञ्चालन गर्दै युवालाई उद्यमशीलतासँग जोडेर आत्मनिर्भर तथा स्वरोजगार बनाउने अभियान अन्तर्गत स्थानीय तहसँग सहकार्य गर्न लागिएको बताउनुभयो । उहाँले विश्वमा सबैभन्दा बढी बेरोजगार युवा रहेको देशहरुमध्ये नेपाल अग्रस्थानमा रहेकाले पनि स्थानीय तहसँगको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो ।

सम्झौताले युथ भिजन २०२५ मा उल्लेखित युवा विकासका लागि पाँच आधार स्तम्भहरुः गुणस्तरीय तथा व्यावसायिक शिक्षा, रोजगारी उद्यमशीलता सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनको कार्यान्वयनका लागि सहयोग पुर्याउने समेत बताइएको छ ।

कार्यकारी उपाध्यक्ष ढुंगेलले सरकारले आर्थिक वर्ष २०७६/०७७ लाई युवा परिचालन वर्षको रुपमा लिएकाले पनि लक्ष्य प्राप्तीका लागि समझदारी महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…