Logo आश्विन ५, २०७७ सोमबार


राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलबाट राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहका सुशील प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले व्यक्तिगत कारण दैखाउँदै दिनुभएको राजीनामा शुक्रबार राष्ट्रपतिबाट स्वीकृत भएको प्रेस विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

दुई वर्षअघि २०७४ चैतमा सल्लाहकार नियुक्त हुनुभएका प्याकुरेल राष्ट्रपति भण्डारीको अघिल्लो कार्यकालमा समेत सल्लाहकार हुनुहुन्थ्यो ।

स्रोतका अनुसार सभामुखमा अग्नी सापकोटा चयन हुने निश्चित भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै प्याकुरेलले पद त्याग गर्नुभएको हो ।प्याकुरेलले स्थापना गरेको मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र केन्द्र इन्सेकले पनि सापकोटा सभामुख चयन हुने भएपछि त्यसको विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।