Logo आश्विन ५, २०७७ सोमबार


‘एमसीसीबारे तत्काल निर्णय हुँदैन’

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का बारेमा सरकारले तत्काल निर्णय नगर्ने बताउनुभएको छ ।

शुक्रबार नवलपुरको देवचुली नगरपालिकामा कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले राष्ट्रिय हित अनुकुल हुनेगरी काम गर्नुपर्ने भएकाले सरकारले एमसीसीका बारे धेरै सोचविचार गरेर मात्र निर्णय लिने स्पष्ट पार्नुभएको हो । उहाँले एमसीसीको विषयमा जनता तत्काल आत्तिहाल्नु पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भारतले सार्वजनिक गरेको नक्साले उत्पन्न गराएको विवाद पनि छिट्टै मिल्ने आश्वासन दिनुभएको छ । कार्यक्रममा अध्यक्ष दाहालले सरकारले धेरै राम्रा काम गरेको भएपनि त्यस्ता कामको प्रचार राम्रो हुन नसकेको बताउनुभयो । देशमा विकासका कामहरु अघि बढिरहेको भए पनि राम्रो प्रचार हुन नसक्दा सरकारले गरेका काममा पनि आलोचना खेपिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।