मकवानपुरगढी दरबारमा मनाइयाे २५७ औँ विजयोत्सव

पुष्पराज अधिकारी
हेटौँडा । मकवानपुरको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा २५७ औं विजयोत्सव मनाइएको छ । १८१९ माघ १० गते बंगालका नबाव मीर कासिमको फौजलाई पृथ्वीनारायण शाहको फौजले पराजित गरेको सम्झनामा विजय उत्सव मनाइएको हो ।

विदेशी सेनाविरुद्ध प्राप्त पहिलो विजयकै कारण नेपाल एकिकरणको अभियान अघि बढेकाले केही वर्षदेखि मकवानपुरगढीमा विजय उत्सव मनाउन थालिएको छ । कार्यक्रममा बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले देश अहिले आर्थिक समृद्धिको अभियानमा अघि बढेको भन्दै सबैले उत्पादनमा जोडिनुपर्ने सुझाव दिनुभयो । मुख्यमन्त्री पौडेलले कृषि र पर्यटनलाई सँगै जोडे मात्रै समृद्धि सम्भव हुने भएकाले मकवानपुरजस्तो ऐतिहासिक क्षेत्रमा पर्यटन प्रवद्धन गरी लाभ हासिल गर्नुपर्ने बताउनुभयो ।

हेटाैँडाको वुद्धचौकवाट १६ किलोमिटर पुर्वमा पर्ने मकवानपुरगढीमा मूख्यमन्त्री पौडेलले दरबार परिसमा स्थापना गरिएको ५१ फिटको राष्ट्रिय झण्डा झण्डोतोलन गर्नुभयो । उहाँले एकदन्ते सेतो हात्तिको मूर्ति पनि अनावरण गर्नुभयो । तत्कालिन सेनवंशीय राजा हेमकर्ण सेनले चढ्ने एक दन्ते सेतो हात्तिको अनावरण गर्नुभयो । उक्त सेतो हात्ति हेमकर्ण सेनले ज्वाई पृथ्वीनारायण शाहलाई दाईजो दिएका थिए तर जेठान दिगवन्धन सेनले शाहलाई हात्ति नदिएकाले ज्वाई जेठानकोबीच मनोमालिन्य जन्मिएको थियो । हात्ती त्यहीँ नै मरेको थियो । हात्ती मरेको स्थानमा नै सेतो हात्तीको अनावरण गरिएको हो ।


नेपालमा भएका गढीहरुमध्ये सबैभन्दा ठूलो मकवानपुरगढी हो । गढीको सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र ७ फिट चौडाई भएको पर्खाल लगाइएको छ । वीरताको इतिहास बोकेको ऐतिहासिक मकवानपुरगढीको संरक्षणका लागि गाउँपालिका, नेपाली सेना र स्थानीयबासी संयुक्त रुपमा जुटेका छन् ।

विजयोत्सव कार्यक्रममा परराष्ट्रविद्ध हिरण्यलाल श्रेष्ठ, प्रतिनिधी सभाका अर्थ समितीका अध्यक्ष कृष्ण दाहाल, प्रदेश सांसद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलाललगायतले गढीको ऐतिहासिक महत्वको बारेमा बोल्नुभएको थियो । सरकारले सयवटा महत्वपुर्ण गन्तव्यमध्ये मकवानपुरगढीलाई पनि सुचिकृत गरेको छ । गढी एक हजार १७ मिटरको उचाईमा छ । नेपाली फौजले मीर कासिम फौज पराजित भएपछि उनीहरुबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षाका लागि सैनिक संगठन संरचना निर्माणको अभ्यास शुरु गरेका हुन ।

पृथ्वीनारायण शाहले त्यति वेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, वदबहादुर गण र कालिवक्स गण गठन गरेका थिए । ती गण अहिले पनि छन् । नेपाली सेनाको इतिहासमा मकवानपुर गढीको वीरताको ऐतिहासिक पृष्ठभुमि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…