Logo कार्तिक ११, २०७७ मंगलबार


सभामुख उम्मेदवार सापकोटालाई अदालत उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । सभामुखका उम्मेदवार अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

काभ्रेका अर्जुन लामा हत्याको अभियोग लागेका सापकोटालाई नेकपाले सभामुखमा उम्मेदवार उठाएको छ । सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा निर्वाचन हुँदैछ ।

सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको वा नपरेको बारे सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडाैं । बडादशैंको अवसरमा आज पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ ।  हिजो विजयादशमीका दिन टीका लगाउन…