शुक्रबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत ५ समाचार।

१.नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखियो, संक्रमित व्यक्तिको पहिचान गोप्य राखियो ।

२.पुस ९ गते चीनको वुहानबाट नेपाल आएका ति ब्यक्तीलाइ विश्वस्वास्थ्य संगठनको सहकार्यमा रगतको नुमुना परीक्षणको नजितामा कोरोना भाइरसको संक्रमण भएको स्वास्क्ष्य मन्त्रालयद्धारा पुष्टि ।

३.कोरोना भाइरसको संक्रमण भएको आशंकामा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा थप तीन जना भेटिए, निगरानीमा राखिएको मन्त्रालयको भनाइ ।

४.मिलिनियम च्यालेन्ज कम्प्याक्ट एमसिसी प्रस्ताव परिमार्जन गरी लागू गरिने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई ।

५.एमसिसी राष्ट्रिय हितको सर्वोपरीमा राखेर मात्रै अगाडि बढाइने अध्यक्ष दाहालको दाबी ।

६.अमेरिकी सरकारबाट १० बुँदे स्पष्टिकरण आएकोले एमसीसी राष्ट्रिय हितका लागि भएमात्रै पनि अगाडि बढाउने स्पष्ट ।

७.नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा दाहालको जोड ।

८.आजबाट शहीद सप्ताह सुरु, माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाइने ।

९.मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने प्रचलन ।

१०.माघ १० गतेबाट सुरु हुने सहिद सप्ताह पहिलो दिन सहिद शुक्रराज शास्त्रीको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना ।

११.विक्रम सम्वत १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डयाएर शास्त्रीको गरिएको थियो हत्या ।

१२.माघ १३ गते धर्मभक्त माथेमा, १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा कार्यक्रम गरिने ।

१३.शहीदले देखाएको बाटोमा वर्तमान नेतृत्व नहिडेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको गुनासो ।

१४.नेपाली जनतालाई स्वतन्त्र र अधिकार सम्पन्न बनाउन ज्यानको आहूति दिएका वीर शहीदको मार्गमा वर्तमान नेतृत्व नहिँडेको पनि शाक्यको आरोप ।

१५.वीर अमर शहिदले देखाएको बाटोमा नेतृत्व नहिडे सुखि नेपाली सम्वृद्ध नेपालको नारा कागज र नारामा मात्रै सिमित रहने दाबी ।

१६.एन्फा पोखरा शाखाका अध्यक्षमाथि हातपात गरेको आरोपमा पक्राउ परेका परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई जिल्ला अदालत कास्कीबाट म्याद थप ।

१७.मनाङेलाई आवश्यक अनुसन्धानपछि कानुनी कारबाही गरिने प्रहरीको भनाइ ।

१८.मनाङबाट प्रतियोगितामा सहभागी हुन आएका खेलाडीलाई अन्याय र बेवास्ता गरेका कारण आफूले झापड हानेको सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका मनाङे बिहीबार बेलुका परेका थिए पक्राउ ।

१९.बाउन्स चेक’ दिएको आरोपमा जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेको प्रहरीको भनाइ ।

२०.गुरुङले होटेल जोस्टेललाई दुई लाख रुपैयाँको खाली चेक दिएको होटेल सञ्चालक हरिभक्त आचार्यको उजुरी ।

२१.उपराष्ट्रपति नन्दबहादुर पुनद्धारा चितवनको भरतपुरमा निर्माणाधीन क्रुज शीपको निरीक्षण ।

२२.उपराष्ट्रपति पुनद्वारा काभ्रेघाटमा निर्माणा भइरहेको क्रुज शीप मार्फत् करिब एक घण्टा नारायणी नदीमा सयर ।

२३.क्रुज शीपको निर्माण राम्रो कामको शुरुवात भएकोले यसबारेमा निर्माणपछि कुरा गर्ने उपराष्ट्रपतिको भनाइ ।

२४.त्रिभुवन विश्वविद्यालयअन्तर्गतका १ हजार ६२ कलेज मध्ये १ सय देखि १ सय ५० कलेजहरु नवीकरण भएनन् ।

२५.त्रिवि सम्बन्धन सम्बन्धित विनियमअनुसार नवीकरण गर्नुपर्ने प्रावधान भए पनि अझै सयौँको संख्यामा कलेजहरुको नवीकरण नभएको योजना निर्देशनालयको भनाइ ।

२६.नवीकरण गर्न गोरखापत्रमा आग्रह गरेपनि अझै धेरै कलेजहरुले नवीकरण नगरेको निर्देशनालयद्वारा जानकारी ।

२७.नवीकरण नभएको खण्डमा कलेजको सम्बन्धन रद्द गर्नेसम्मको प्रावधान सम्बन्धित विनियममा उल्लेख ।

२८.योग शिक्षा नेपाल र भारतको साझा पद्धति भएको नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारको भनाइ ।

२९.स्वास्थ्यको प्राकृतिक तरिकाबाट उपचारमा ध्यान दिन डा.कुमारको आग्रह, कम केमिकल र कम औषधिको प्रयोग गर्न पनि सुझाव ।

३०.एक महिने एडभान्स योग शिक्षाको समापन र एक दिने एडभान्स तबला प्लेइङ वर्कसप गरिएकोसांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माद्वारा जानकारी ।

३१.भारतीय दूतावासमा आयोजित कार्यक्रममा एक महिने योग शिक्षा लिएका ३७ जनालाई प्रमाणपत्र तथा उपाधि प्रदान ।

३२.उद्यमशिल महिलाहरुले आफ्नाे कामबाट सन्तुष्टि प्राप्त नगरेसम्म देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने उद्योग राज्यमन्त्री मोतीलाल दुगढको भनाइ ।

३३.नेपाली महिलाहरुले अवसर पाए असल र कठिन काम गर्न सक्ने राज्यमन्त्री दुगढको विश्वास ।

३४.उद्यमशिल महिलाहरुलाई सहुलियत कर्जा वितरण नगर्ने बैंकहरुलाई आर्थिक जरिवाना सहितको कारवाही गरिने राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको भनाइ ।

३५.उद्यमशिल महिलाहरुलाई सबै बैंकहरुले वितरण गरेकोे सहुलियत कर्जाको ७५ प्रतिशत सरकार र २५ प्रतिशत सम्बन्धित बैंकहरुले गर्ने जानकारी ।

३६.हाल सम्म २१ हजार जनाले सहुलियत कर्ता लिएको डेपुटी गर्भनर शिवाकोटीको खुलाशा ।

३७.नेपाली उत्पादनको निर्यात भन्सार शुल्क र नीति सहज बनाउन व्यवसायीहरुद्वारा सरकारलाई आग्रह ।

३८.टायल र सेनिटरी सामग्रीमा पनि भन्सार मूल्य घटाउन सरकारको ध्यानाकर्षण ।

३९.सरकार नीतिगत सहजीकरणका लागि तयार रहेको राजश्व सचिव शिशिर ढुंगानाको दाबी ।

४०.भन्सार शुल्कमा अनिवार्य डिजिटल पेमेन्टको योजना अघि सारिरहँदा नाकामा हुने सास्तीका कारण छिमेकी मुलुकबाटै आयात निर्यातमा सास्ती रहेको व्यवसायीहरुको गुनासो ।

४१.प्रदेश नम्बर ५ को बाँके र बर्दियालाई लक्षित गरि नेपालगञ्ज विमानस्थलमा मानवीय सहायतास्थल स्थापना ।

४२.गृहमन्त्रालयका सचिव प्रेमकुमार राई र नेपालका लागि बेलायती राजदूत मिकोला पोलिटले सहायतास्थलको संयुक्त रुपमा उद्घाटन ।

४३.नेपाल विपद्को उच्च जोखिममा रहेको हुँदा विपदस्थल अपरिहार्य रहेको बेलायती राजदूत मिकोलाको भनाइ ।

४४.सहायतास्थल निर्माण भएसँगै नेपाल सरकारलाई कर्मचारी व्यवस्थापनमा केही समस्या हुने गृह सचिव प्रेमकुमार राईको प्रतिक्रिया ।

४५.जिल्ला प्रहरी कार्यालय रोल्पामा नयाँ संरचना निर्माण ।

४६.प्रहरी कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाबाट तयार गरिएको भवन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा उद्घाटन ।

४७.काठमाडौंकै प्रहरी भवन अहिलेसम्म अस्तव्यस्त रहेको अवस्थामा आफूले विशेष पहल गरी निर्माण कार्यलाई अगाडि बढाएको महानिरीक्षक खनालको भनाइ ।

४८.कुल ६ हजार १ सय २४ वर्ग फिट क्षेत्रफल रहेको कार्यालय भवनमा सानाठूला गरी १९ वटा कोठा रहेको जानकारी ।

४९.मुगल बादशाह मीर कासिमको नेतृत्वमा रहेको अंग्रेज फौजमाथि विजय हासिल गरेको दिनको सम्झनामा मकवानपुरगढीमा २५७ औं विजयोत्सवको आयोजना ।

५०.विक्रम सम्वत् १८१९ माघ १० गते पृथ्वीनारायण शाहको फौजले पराजित गरेको सम्झनामा मनाइएको हो विजय उत्सव ।

५१.देश अहिले आर्थिक समृद्धिको अभियानमा अघि बढेकोले सबैले उत्पादनमा जोडिनुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सुझाव ।

५२.मकवानपुरगढीमा मुख्यमन्त्री पौडेलले दरबार परिसरमा स्थापना गरिएको ५१ फिटको राष्ट्रिय झण्डाको गर्नुभयो झण्डोतोलन ।

५३.कैलाली र कञ्चनपुरसहित तराईका जिल्लामा पुस र माघमा परेको हिउँदे झरीले बालीमा नेक्सानी ।

५४.महिनौँ गरेको मेहनत झरीले सखाप पारेसँगै तराईका अधिकांश स्थानका कृषक चिन्तित ।

५५.मसुरो, तोरी, आलुु, टमाटर, काउली, गहुँ बालीमा झरीले असर पारेको स्थानीयहरुको भनाइ ।

५६.हिउँदे झरीले तराईमा असर गरे पनि पहाडी जिल्लाका लागि राम्रो भएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको भनाइ ।

५७.लमजुङको उत्कृष्ट रमणीय पर्यटकीय गन्तव्य भुुजुङ गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा ।

५८.गुरुङ संस्कृति र न्यानो अतिथ्यतामा लमजुङकै उत्कृष्ट मध्येको भुजुङ गाउँमा पर्यटकहरुको आगमन बढ्न थालेको स्थानीयको भनाइ ।

५९.पर्यटन वर्षलाई लक्षित गरी केहि महिना अघिमात्रै पर्यटन महोत्सव गरेपछि गाउँमा आन्तरिक पर्यटकहरुको चाप बढेको पर्यटन व्यवसायीद्वारा जानकारी ।

६०.आन्तरिक तथा वाहृय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित २०५२ सालबाट भुजुङमा व्यवसायिक पर्यटन विकासको अवधारणा ल्याइएको व्यवसायीहरुको भनाइ ।

६१.इलामको रोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय युवा चुरे क्षेत्र बचाउ अभियानमा ।

६२.झापाका जनप्रतिनिधि र प्रहरी, प्रशासनले चुरे क्षेत्रबाट हुने अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन नियन्त्रणमा चासो नदेखाएपछि बचाउमा उत्रिएको भनाइ ।

६३.चुरे संरक्षण नहुँदा मानवजीवन नै जोखिममा पर्दै गएको अभियन्ताहरुको गुनासो ।

६४.तस्करी रोक्न स्थानीय युवाहरूद्वारा संर्घष समिति गठन गरी सिद्धि खोलाको सिँचाई नहर बन्द ।

६५.नेपाल राष्ट्र बैंकले ल्यायो ४० करोड रुपैयाँको बचतपत्र बिक्रीमा ।

६६.राष्ट्र बैंकले बैदेशिक रोजगारमा जाने कामदारलाई लक्षित गरि ५ बर्षे बैदेशिक रोजगार बचत पत्र २०८१ गरेको हो बिक्री खुल्ला ।

६७.बचत पत्रमा बैदेशिक रोजगारमा रहेका र हालै नेपाल फर्किएका कामदारले आगामी चैत २१ गतेसम्म आवेदन दिन सक्ने ।

६८.बार्षिक १० प्रतिशत व्याज निर्धारण गरिएको र ६÷६ महिनामा व्याज भुक्तानी गरिने राष्ट्र बैंकद्वारा जानकारी ।

६९.बचतपत्रका एक जनाले घटीमा १० हजारसम्म आवेदन दिन सक्ने प्रावधान ।

७०.निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर स्प्रेडदर पालना गराउन नेपाल राष्ट्र बैंकलाई अर्थमन्त्री डाक्टर युवराज खतिवडाको निर्देशन ।

७१.राष्ट्र बैंकले स्प्रेडदर पालना गराएको वा नगराएको विषयमा अर्थ मन्त्रालयबाट अनुगमन गरिने मन्त्री खतिवडाको भनाइ ।

७२.राष्ट्र बैंकलाई दिर्घकालिन ऋण दिंदा ब्याजको स्थिर दर बनाउन अर्थमन्त्रीको आग्रह ।

७३.रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेज आवश्यक पूर्वाधार नबन्दा सोचेअनुरुपका उद्योग स्थापना हुन सकेनन् ।

७४.सेवा–सुविधा विस्तार हुनुसके मात्र उद्योगको संख्या बढ्ने उद्योगीहरुको भनाइ ।

७५.स्थापनाको प्रक्रिया सुरु भएको १८ वर्ष पुग्दा पनि पूर्वाधार र सेवा–सुविधा विस्तार नहुँदा उद्योग स्थापनाका लागि लगानीकर्ताहरुमा अझै अन्यौल ।

७६.५२ बिघामा फैलिएको सेजमा १६ सयदेखि ३७ सय वर्गमिटरका ६९ वटा प्लट रहेको व्यवसायीहरुको भनाइ ।

७७.पूर्वाधार स्थापनामा ढिलाई हुँदा केही उद्योगले सम्झौता तोडेको सिद्धार्थ उद्योग बाणिज्य संघको भनाइ ।

७८.साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बृद्धि ।

७९.बजारमा छापावाला सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ ।

८०.मध्यभोटेकोशीले प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशनका लागि दियो धितोपत्र बोर्डमा निवेदन ।

८१.प्रभावित क्षेत्रका लागि २५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने कम्पनीको तयारी ।

८२.प्रभावित क्षेत्रका लागि १५ दिनको लागि म्याद दिने र बिक्री नभएमा बिक्री नभएको शेयर सहित सर्वसाधारणका लागि जारी गर्ने कम्पनीको भनाइ ।

८३.यो साता नेप्से ४६ दशमलव १८ अंकले घट्यो ।

८४.साढे १३ सय अंक नजिक पुगेको नेप्से अहिले १३ अंकले गिरावट आएपनि कारोबार रकममा भने वृद्धि ।

८५.यो साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंक, हिमालयन डिस्टिलरी, एनआइसी एसियालगायत बैंकको सेयरमा लगानीकर्ता आकर्षित ।

८६.४७ करोड ५५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा धितोपत्र बोर्डमा निवदेन ।

८७.लघुवित्त वित्तीय संस्थाहरु मध्ये यो अहलेसम्मकै सबैभन्दा धेरै प्राथमिक शेयरको निष्काशन हुने ।

८८.प्राथमिक शेयर निष्काशनका लागि सानिमा क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त ।

८९.चीनमा महामारीको रुप लिएको नयाँ कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो ।

९०.हुबेइको वुहानमा गत डिसेम्बरमा देखिएको नयाँ कोरोना भाइरसको संक्रमण हाल चीनका विभिन्न क्षेत्रमा फैलिएको अधिकारीहरुको भनाइ ।

९१.अमेरिका, दक्षिण कोरिया तथा थाइल्याण्ड सहितका देशमा पनि संक्रमित व्यक्ति भेटिएको जानकारी ।

९२.विमल रानाको निर्णायक गोलमा मनाङ मस्र्याङदी शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ।

९३.त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङद्वारा सरस्वती १–० गोल अन्तरले पराजित ।

९४.जितसँगै १६ अंक जोड्दै मनाङ शीर्ष स्थानमा रहँदा सरस्वती एक अंकसहित तालिकाको पुछारमा ।

९५.आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु भूमीमा हुने पहिलो एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा ।

९६.नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको गरेको हो घोषणा ।

९७.क्यानले घोषणा गरेको टिममा एक खेलाडीले पहिलो पटक स्थान बनाएका छन् भने एकदिवसीयतर्फ दुई नयाँ खेलाडीले बनाए स्थान ।

९८.कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुअरी ५ देखि १२ सम्म चल्ने ।

९९.न्युजिल्याण्ड भ्रमणमा रहेको भारत घरेलु टोलीमाथि पहिलो टि–ट्वान्टी खेलमा ६ विकेटले विजयी ।

१००.अकल्याण्डमा घरेलु टोलीले दिएको २०४ रनको लक्ष्य भारतले ४ विकेट गुमाउँदै १९ ओभरमा लक्ष्य पुरा ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- कामा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् । वृष- धर्ममा रुचि जानेछ । पुराना कामबाट फाईदा मिल्नेछ । मिथुन-…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…