मेयरको घर तोडफोड प्रयास गर्ने समूहलाई कारवाही गर्न माग

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले चमनचोक टिपर दुर्घटनालाई लिएर नगर प्रमुख सुरेन्द्र विष्टको घर तोडफोड प्रयास गर्ने समूहलाई कानुनी कारवाही गर्न माग गर्नु भएको छ ।

प्रवक्ता पाण्डेयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा युवतीको मृत्यु भएकोमा दुुःख व्यक्त गर्दै नगर प्रमुख विष्टको घर तोडफोडको प्रयास र गालीगलौज गरिएकोप्रति घट्नाको निन्दा गर्दै खेद व्यक्त गर्नु भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बिहीबार नगर प्रमुख विष्ट डोटी भएको बेलामा बिहीबार दिउँसोमा चमनचोकमा टिपरको ठक्करले जनज्योति क्याम्पसकी रमिता भट्टको निधन भएपछि साँझ घर तोडफोडको प्रयास गरिएको थियो ।

प्रवक्ता पाण्डेय नगर प्रमुख विष्ट घर बाहिर रहेको समयमा तोडफोड र गालीगलौज गरिएको घट्नालाई अमानवीय, हिंसात्मक र ध्वसाँत्मक भनी निन्दा गर्नु भएको छ ।

विज्ञप्तिमा तोडफोड प्रयास गर्ने समूहमाथि छानबिन गरी कानुनी कारवाही गर्न माग गरिएको छ । ‘राजनीतिक पूर्वाग्रह राखेर नगर प्रमुखज्यूको परिवार रहेको आफ्नै निवास बाहिर हुलहुज्जत, गालीगलौज, ढुङ्गामुढा साथै तोडफोड प्रयास गर्ने जस्ता अमानवीय, हिंसात्मक र ध्वसाँत्मक जस्ता क्रियाकलाप गरिएको घट्नाप्रति यस भीमदत्त नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ,‘ यसरी राजनीतिक अवाञ्चित क्रियाकलाप गरी बेकसुर घर परिवारलाई मानसिक रुपमा तर्साउन गरिएका घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको प्रक्रियामा ल्याउन स्थानीय प्रशासनलाई अनुरोध गर्दछौ ।’

नगरपालिकाले दुर्घटनामा परी ज्यान गुमाएकी भट्टलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ । विज्ञप्तिमा टिपर चालकलाई कानुनी कारवाहीमा ल्याउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…