बैठक छाडेर ८ लाख घुस लिन पुगेका गाउँपालिका अध्यक्ष यसरी समातिए (भिडियो)

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ परेका छन् ।
केसीलाई उपभोक्ता समितिसँग लिएको आठ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलीले शुक्रबार वीरेन्द्रनगर–७ कटकुवाबाट पक्राउ गरेको हो । अध्यक्ष केसीसँगै गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेका छन् ।
प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका केसी बैठक नै छाडेर उपभोक्ता समितिका सदस्यसँग घुस लिन कटकुवा पुगेका थिए । अख्तियारको टोली पुग्दा केसी र बस्नेतले उपभोक्ता समितिका सदस्यसँग आठ लाख घुस लिइसकेका थिए ।
उपभोक्ता समितिका पदाधिकारीकै सहयोगमा गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान् बस्नेतलाई दिउँसो २ बजे कटकुवा हेल्थपोस्टनजिकै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।
यसरी पक्राउ परे