३१५ व्यापारीलाई कारबाही, हुनसक्छ ३ वर्ष कैद

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य सूची नराखी महंगोमा बच्ने, गुणस्तरहीन सामान बच्ने र दर्ता नगरी व्यवसाय गर्नेहरु कारबाहीमा परेका हुन् ।

उपभोक्ता ऐन, २०७५ मा उल्लेख गरिएको मापदण्डविपरीत व्यवसाय गर्ने वाणिज्य आपूति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्न सक्ने व्यवस्था छ । विभागले व्यवसाय उपभोक्ता ऐन अनुसार भए नभए बुझ्न बेलाबला बजार अनुगमन गर्दै आएको छ ।

विभागले चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ९ सय ७८ व्यापारिक फर्ममा अनुगमन गरिसकेको छ । त्यसमा ३ सय १५ व्यापारिक फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । कारबाहीमा पर्नेमा मिनिरल वाटर उद्योग, किराना पसल, कपडा पसलदेखि सपिङ सेन्टरसम्म छन् ।

उपभोक्ता ऐन विपरीत व्यापार, व्यवसाय गर्नेलाई ५ हजार देखि ३ लाख रुपैयाँँ जरिवाना वा ३ महिनादेखि ३ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । विभागले मापदण्डविपरीत व्यवसाय गर्नेहरुलाई त्यही व्यवस्था अनुसार कारबाही गर्दै आएका छन् । चालू आर्थिक वर्षको अहिलेसम्म कारबाहीबाट ६७ लाख ६१ हजार रुपैयाँ उठेको विभागले जानकारी दिएको छ । विभागका अनुसार अनुमगनमा २० लाख रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । भ्यालेनटाइन डे अर्थात् प्रणय दिवशकै दिन लोकप्रिय गायक सत्यराज आचार्यको ‘सारा फूल’ बोलको गजल सार्वजनिक भएको छ ।…

सांकेतिक तस्बिर एजेन्सी । भनिन्छ पैसा भएपछि आमा र बाबुबाहेक सबै कुरा किन्न सकिन्छ । सुन्दा अनौठो लागेपनि एक किसिमले…

काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस…

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् ।…

कैलाली । सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्न धनगढीमा विश्व साहित्य सम्मेलन  र  महोत्सव हुने भएको छ ।  होटल व्यवसायी…

काठमाडौं । ललितपुर महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ  ।  महानगरले पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक बिदा दिएको हो…