सांसद फुयाललाई मन्त्री नबन्दै बधाईको ओइरो

काठमाडौं । बाग्मती प्रदेश सरकारमा मन्त्रिमण्डल हेरफेर तयारी भइरहेको छ । मन्त्रिमण्डल पुनर्गठन नहुँदै काठमाडौं क्षेत्र नम्बर ३ का प्रदेश सांसद रामेश्वर फुयाँललाई बधाईको ओइरो लाग्न थालेको छ ।

नेकपाका केन्द्रीय सदस्य र यसअघि प्रतिनिधिसभा सदस्य भइसक्नु भएका फुयाँल मन्त्री बनिसक्नु भएको छैन । तर केही अनलाइनले उहाँ प्रदेशको पूर्वाधार मन्त्री बनाउने तयारी भइरहेको समाचार प्रकाशित गरेका छन् । त्यही आधारमा सांसद फुयाँललाई ‘पूर्वाधार मन्त्री बन्नुभएको बधाई तथा कार्यकाल सफलताको कामना’ भनेर शुभेच्छुकहरुले सामाजिक सञ्जालमा लेख्न थालिसकेका छन् ।

मुख्यमन्त्री डोरमणिपौडेलले आफूसँगको टसलपछि केशव स्थापितलाई गतवर्ष पूर्वाधारमन्त्री हटाउनु भएको थियो । स्थापितलाई हटाएपछि ‘ बाग्मतीको पूर्वाधार मन्त्रालय ‘प्रभावकारी नेतृत्व विहीन जस्तै’ छ । सासद राजनीतिसँगै विकास निर्माण गतिविधिमा समेत सक्रिय हुँदै आउनुभएको छ । राजनीतिमा उहाँ ‘विकासे नेता’को रुपमा चिनिनु हुन्छ । मुख्यमन्त्री पौडेलले त्यहीकारण सांसद फुयाँललाई पूर्वाधार मन्त्री बनाउने मनस्थिति बनाउनुभएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…