वसन्त उत्सवकाे समयमा चिनियाँ जनता डरलाग्दाे चिन्तामा

काठमाडौं । चीनमा आज वसन्त उत्सव, नयाँ वर्ष, छुञ्चेको पर्वको दिन परे पनि चिनियाँ जनता भने डरलाग्दो कोरना भाइरसकै चिन्तामा छन् ।

पर्वका बेला मानिसको आवातजावत हुँदा संक्रमण बढ्ने खतरालाई ध्यानमा राखी कतिपय उत्सवहरु स्थगित गरिएको छ । चीनका विभिन्न शहरमा कोरना भाइरसको संक्रमणबाट हालसम्म ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । संक्रमण शुरु भएको हुबेई प्रान्तमा मात्र १५ जनाको मृत्यु भएको जनाइएको छ । शनिबारसम्ममा १ हजार २ सयमा कोरोना भइरसको संक्रमण भएको चिनियाँ चिकित्सकहरुले जानकारी दिएका छन् ।

चीनबाट बेलायत र फ्रान्स पुगेका चिनियाँ नागरिकमा पनि कोरोनाको संक्रमण भेटिएकाले कोरोना युरोपमा पनि पुगेको बताइएको छ । उता अष्ट्रेलिया पुगेका चिनियाँमा यो संक्रमण भेटिएको छ । हालसम्म थाइल्याण्ड, दक्षिण कोरिया, भियतनाम, जापान, नेपाल गरी ९ देशमा संक्रमितहरु भेटिएका छन् । विश्व स्वास्थ्य संगठनले अहिले नै अन्तर्राष्ट्रिय संकटको स्थिति नआएको भन्दै चीन यसको नियन्त्रणका लागि सक्षम रहेको जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले महामारीको रुप नलियोस् भनेर आफूहरु सचेत रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । संक्रमण प्रभावित नगरहरुबीच आवातजावत कम गर्न यातायात सेवा पनि बन्द गरिएको छ ।

यसैबीच कोरोना अति प्रभावित हुवेईमा नयाँ अस्पताल बनाइन थालिएको छ । १ हजार शैयाको अस्पताल ६ दिनमा बनाउने गरी निर्माण कार्य थालिएको हो । चीनको यो प्रयास विश्वका लागि उच्च कार्यकुशलताको उदाहरण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…