गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।१.प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ।२.प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने सहमति ।३.मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गर्नुभएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङद्वारा जानकारी ।४.नेकपा अध्यक्ष पुष्पकमल दाहालद्वारा बामपन्थी विचारक गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित जनताको जनवादको आधारहरु नामक पुस्तकको विमोचन ।५.जनताको जनवाद समाजवादी क्रान्तिको शुरुवाती विन्दु भएको अध्यक्ष दाहालको भनाइ ।६.क्रान्ति सम्पन्न भएपनि समाजवादी क्रान्ति पूरा नभएको अध्यक्ष दाहालको जिकिर ।७.तानाशाह राजतन्त्र समाप्त पार्न पू‘जीवादीहरुसँग मिलेर क्रान्ति सम्पन्न गरे पनिसमाजवाद स्थापनामा पू‘जीवादीहरुसंग सहकार्य हुन नसक्ने दाबी ।८.प्रदेशको राजधानीका लागि पत्रकारलाई फोन गरेर लविङ नगर्न प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलद्वारा नेकपा महासचिव बिण्णु पौडेललाई आग्रह ।९.राजधानी बनाउनका लागि पत्रकारलाई फोन गरेर समाचार लेख्न नलगाउन पनि आग्रह ।१०.लुम्बिनी, भेरी, राप्ती सम्झने तर प्रदेश नम्बर ५ बिर्सेर प्रदेशको समृद्ध नहुने भन्दै साझा मनोविज्ञान तयार गर्न मुख्यमन्त्री पोखरेलको सुझाव ।११.प्रदेशको नाम र राजधानीमा आफ्नो व्यक्तिगत स्वार्थ नभएको भन्दै जनता र प्रदेश सांसदको म्यान्डेटमा साझा निर्णय गर्ने पोखरेलको दाबी ।१२.तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाए ।१३.सुँगुर वर्षको विदाई र मुसा वर्षको स्वागत गर्न देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना ।१४.तामाङ समुदायका इस्ट देवता मञ्जुश्रील ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने परम्परा ।१५.मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिवार मनाइएको नयाँ वर्ष ।१६.पात्रो अनुसार शनिवारदेखि २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु ।१७.तामाङले प्रत्येक जनावरले एकएक पटक शासन गर्छन भन्ने विश्वास सहित सुँगुर वर्ष अन्त्य भई मुसा वर्ष सुरु भएको जानकारी ।१६.सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा गरिएको छ विभाजन ।१७.ल्होछारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत दलका शीर्ष नेताहरुद्वारा शुभकामना व्यक्त ।१८.वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेर अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ ।१९.लक्ष्य प्राप्तिका लागि देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको प्रधानमन्त्रीको विश्वास ।२०.विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको पनि प्रधानमन्त्रीको शुभकामनामा उल्लेख ।२१.चीन र अमेरिकामा संक्रमण फैलिएको नोबेल कोरोना भाइसरबाट नेपाल भने खतरामुक्त भएको सरकारको दाबी ।२२.मौसमी भाइरल भएकाले सजग रहनुपर्ने भएपनि जोखिमपूर्ण नरहेको विशेषज्ञहरुको पनि भनाइ ।२३.चीनबाट आएका नेपाली नागरिक पूर्ण रुपमा निको भइसकेको र हालसम्म उनको संसर्गमा आएका कुनै व्यक्तिमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि ।२४.विक्रम सम्वत २०७० सालबाट शुरु गरिएकोे बागमती सफाई महाअभियानको ३ सय ५० औं हप्ता पुरा ।२५.३ सय ५० औं हप्तासम्म आइपुग्दा १२ हजार टन फोहोर उठ्यो ।२६.२०७० जेठ ५ गते गुह्येश्वरी मन्दिरको प्राङ्गणबाट महाअभियानको गरिएको थियो सुरुवाता ।२७.बागमतीसँगै विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरुमा समेत सरसफाई ।२८.३ सय ५० औं हप्तामा प्रवेश गरेको अवसरमा काठमाडौं महानरपालिका वडा नम्बर ११ द्वारा स्वच्छता र सरसफाइका लागि २४ बुँदे अवधारणा सार्वजनिक ।२९.पर्यटकिय दृष्टिकोणमा गण्डकी प्रदेश देशभरीकै उत्कृष्ट प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको दाबी ।३०.गण्डकी प्रदेश भित्रका प्राकृतिक सम्पदा, साँस्कृतिक विविधताले ख्याती पाएपनि प्रकृतिले दिएको बरदानको उच्चतम उपयोग हुन नसकेको गुनासो ।३१.अहिलेसम्मको राजनितिक अस्थिरताले प्रवद्र्धन हुन नसकेका सम्पदाहरुको उच्चतम प्रवद्र्धन गरी समृद्धिको अभियान अघि बढाउनु वर्तमान सरकारको दायित्व भएको जिकिर ।३२.यातायात व्यवसायीका लागि अहिले राम्रो वातावरण बनेको बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री शालीकराम जम्कट्टेलको भनाइ ।३३.२०७४ को निर्वाचनपछि यातायात व्यवसायीहरुले कुनैपनि बन्द हड्तालको सामना गर्न नपरेकोले उत्साही भएर व्यवसायमा लाग्न आग्रह ।३४.सरकारले आफुहरुलाई उपेक्षा गरेको यातायात व्यावसायीहरुको गुनासो ।३५.सरकारका नीतिका कारण ब्यापार घाटा घट्न नसकेको उद्योगी व्यववसायीको आरोप ।३६.निर्यात उद्योगले सहुलियत पाउनुपर्नेमा सरकारको जोड ।३७.निकासी घट्दै गएको र पाम आयल निर्यात बढेका कारण व्यापार घाटामा सुधार देखिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ ।३८.पाम आयल पनि निर्यातमा अबरोध हुँदा व्यापार घाटा फेरी बढ्ने निश्चित भएको वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई ।३९.भन्सारमा इ पेमेन्टको व्यवस्था गरी पैसा बोकेर जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको जोड ।४०.ऐन, नियम बनाउँदा व्यवसायीलाई कारबाही गर्ने उद्देश्यमात्र राखेर निर्माण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण ।४१.वस्तु निर्यात गर्ने हाउसले पनि उद्योगले जस्तै सहुलियत पाउनुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरको माग ।४२.नेकपाका वरिष्ठ नेता झलनाथ खनालद्वारा क्रान्ति पराजुलीद्धारा लिखित पहिलो उपन्यास ‘डिलको डोब’ को विमोचन ।४३.शिखा सुब्बा बुक्स प्रा.लि लिमिटेडद्वारा आयोजित कार्यक्रममा गरिएको हो उपन्यास विमोचन ।४४.‘डिलको डोब’की लेखक पराजुलीले नारीभित्र लुकेका हजारौं पीडालाई उजागर गर्ने प्रयास गरेको लेखकद्वारा जानकारी ।४५.बैंक तथा वित्तीय संस्थालाई पुनः बीग मर्जरमा जान सरकारको आग्रह, मर्जरमा जानेका लागि प्रोत्साहन दिन तयार रहेको सरकारको भनाइ ।४६.अर्थतन्त्रको आकारअनुसार बैंक, वित्तीय संस्थाको संख्या घटाएर अस्वस्थ प्रतिष्पर्धा हटाउन ठूला बैंक, वित्तीय संस्थाको मर्जर गर्ने सरकारको निर्णय ।४७.राष्ट्र बैंकले मर्जरमा सहुलियत प्रदान गर्ने भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिसमेत गरेको थियो सार्वजनिक ।४८.बजारमा केही बीग मर्जर र केही अन्य मर्जरको अवस्था देखिएपनि सोचेअनुरुपको मर्जर नहुँदा नभएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाद्वारा सार्वजनिक फोरमबाटै मर्जरमा जान सुझाव ।४९.मर्जरमा जान चाहने बैंकहरुलाई आवश्यक परे अन्य सुविधा दिन तयार रहेको अर्थमन्त्रीको प्रतिबद्धता ।५०.नेपालमा सडक दुर्घटना न्यूनिकरणका लागि बनेका कानुन कार्यान्वयनको पक्ष फितलो हुँदा दुर्घटना बढ्दो ।५१.सवारी दुर्घटना बढ्नुको मुख्य कारण मानवीय लापरवाही भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाको भनाइ ।५२.आर्थिक वर्ष ०७६÷७७ को ६ महिनाको अवधिमा ५ सय २७ सवारी दुर्घटना भएको प्रदेश नम्बर २ को ट्राफिक प्रहरीको तथ्यांक ।५३.दुर्घटना गत आर्थिक वर्षभन्दा १५ प्रतिशतले बढेको पनि ट्राफिक प्रहरीको भनाइ ।५४.दुर्घटना न्यूनिकरणका लागि ८ जिल्लामा चेकजाँचका साथै जनचेतना कार्यक्रम शुरु गरिएको प्रदेश नम्बर २ को ट्राफिक प्रहरी कार्यालयद्वारा जानकारी ।५५.एक्याप र एमक्यापलाई प्रदेश मातहत ल्याउने गण्डकी प्रदेश सरकारको निर्णय ।५६.महेन्द्र प्रकृति संरक्षण कोषलाई हाल रहेको अन्नपूर्ण प्रकृति संरक्षण कोषको अवधि सकिएपछि गण्डकी प्रदेश सरकारले आफू मातहत ल्याउने गरेको हो र्निणय ।५७.गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो बिषयमा र्निणय गरेको सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतद्वारा जानकारी ।५८.मनास्लु संरक्षण आयोजना पनि आफ्नै महातहत ल्याउने प्रदेश सरकारको तयारी ।५९.गत हप्ताजस्तै यो साता पनि समग्रमा सुन बजार स्थिर ।६०.अन्तर्राष्ट्रिय बजारमा ठोस परिवर्तन नदेखिएपछि बजार अन्यौलमै रहेका कारण सुनचाँदीको मूल्यमा एक किसिमको स्थिरता देखिएको विश्लेषकहरुको अनुमान ।६१.आइतबार बजार खुल्दा तोलाको ७५ हजार रुपैयाँमा किनबेच भएको सुन साताको अन्तिम दिन शुक्रबार ७५ हजार २ सयमा किनबेच ।६२.चाँदीको भाउ साताभरमा पाँच रुपैयाँले घटेर शुक्रबार प्रतितोला आठ सय पचासी रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।६३.निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने ।६४.माघ १८ गतेदेखि प्रदेश ं२ को राजविराजमा र क्षेत्रीय उडानका रुपमा माघ २० गतेदेखि विराटनगर पोखरा उडान भर्ने ।६५.दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत टेवा पुग्ने कम्पनीको विश्वास ।६६.मध्यभोटेकोशीले प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशनका लागि दियो नेपाल धितोपत्र बोर्डमा निवेदन ।६७.कम्पनीले प्रभावित क्षेत्रका लागि २५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने ।६८.कम्पनीले प्रभावित क्षेत्रका लागि शेयर बिक्री नै नभइ सर्वसाधारणका लागि पनि शेयर निष्काशनका लागि भन्दै बोर्डमा दिएको छ निवेदन ।६९.प्रभावित क्षेत्रका लागि १५ दिनको लागि म्याद दिने र यदि बिक्री भएन भने बिक्री नभएको शेयरसहित सर्वसाधारणका लागि जारी गर्ने ।७०.एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवदेन ।७१.लघुवित्त वित्तीय संस्थाहरु मध्ये यो अहलेसम्मकै सबैभन्दा धेरै प्राथमिक शेयरको निष्काशन हुने ।७२.सामूदायिक वन उपभोक्ता महासंघद्वारा महिला सदस्यहरुलाई प्रशिक्षण सुरु ।७३.दुई दिने प्रशिक्षण कार्यक्रमको पहिलो दिन महिललाई कसरी बोल्ने र नेतृत्व गर्न भन्ने विषयमा प्रशिक्षण दिइएको आयोजकद्वारा जानकारी ।७४.प्रशिक्षणको दोस्रो दिन आइतबार जलवायू परिर्वतनलाई लक्षित गरी प्रशिक्षण दिइने भनाइ ।७५.नाइटिङ्गेल इन्टरनेशनल स्कूलले मनायो २७ औं स्थापना दिवस ।७६.स्थापना दिवसका अवसरमा ललितपुरको सैनिक मैदानमा बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना ।७७.कार्यक्रममा विद्यार्थीहरुद्वारा संस्कृति झल्कने नृत्य र ड्रिल प्रदर्शन ।७८.नेपाल विद्युत् प्राधिकरणद्धारा मुख्य शहर र राजमार्गहरुमा ५० वटा चार्जिङ स्टेसन स्थापनाका लागि ग्लोबल बोलपत्र आव्हन ।७९.काठमाडौं, राजमार्ग क्षेत्र र मोफसलका शहरहरुमा गरी कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्ने प्राधिकरणको तयारी ।८०.चर्जिङ स्टेसनमा ठूला बस पनि चार्ज गर्न सकिने ।८१.उपत्यकाबाहिर स्टेसन निर्माणका लागि व्यापारिक कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतसँग आवेदन लिइसकिएका जानकारी ।८२.टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प जाँदा २१ जनाको मृत्यु ।८३.भूकम्पका कारण १ हजार भन्दा बढी घाइते, सिरिया, लेबनान तथा इरानसम्म भूकम्पको धक्का महसुस ।८४.उद्धार तथा राहतको काम जारी रहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीको भनाई ।८५.चीनमा महामारीका रुपमा फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो ।८६.अहिलेसम्म चीनमा १२ सय ८७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या अझ बढ्न सक्ने विज्ञहरुका अनुमान ।८७.डिसेम्बरमा वुहानमा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण हाल चीनका विभिन्न क्षेत्रमा फैलियो ।८८.अमेरिका, फ्रान्स, दक्षिण कोरिया, थाइल्याण्ड नेपालमा समेत भेटिएको पुष्टि ।८९.चीन भन्दा बाहिरका मुलुकमा संक्रमण पुष्टि हुनेमा अधिकांश चीनबाटै फर्किएका व्यक्ति ।९०.शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकियो ।९१.त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मी १० खेलाडीमा सिमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित रोकिएको हो बराबरीमा ।९२.खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी समेटिएको थियो १० खेलाडीमा ।९३.बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका पनि गुमायो ।९४.नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड भिक्टोरी रन २०७६ को आयोजना ।९५.पर्यटन प्रवद्र्धनका जिल्लाको १० वटै स्थानिय तह र नेपाली सेनाको गोरखदल गणको आयोजनामा प्रतियोगितामा २१ किलोमिटर खुल्ला म्याराथुनमा काठमाण्डौका नरेन्द्र सिंह रावत प्रथम ।९६.शीर्ष वरीयताका राफेल नडाल अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश ।९७.मेलबर्न पार्कमा भएको खेलमा आफ्नै देशका पाब्लो कारेनो बुस्टालाई सोझो सेटमा हराउँदै नडालले गरे चौथो चरणको यात्रा सुरक्षित ।९८.प्रिक्वार्टर फाइनलमा नडालले अष्ट्रेलियन निक किगियोस वा रसियन कारेन खाचानोभसँग प्रतिष्पर्धा गर्ने ।९९.वेष्ट इण्डिजका पूर्व अलराउण्डर ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भैरहवा ग्लाडियटर्शको प्रतिनिधित्व गर्ने ।१००.३६ वर्षे स्मिथलाई यस सिजनका लागि अनुबन्ध गरेको क्लबद्वारा जानकारी ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६ ०३:४६