१० रुपैयाँमा बलात्कार, पोल खुलेपछि फरार

काठमाडौं । मुलुकमा पछिल्लोसमय बलात्कारका घट्ना बढ्दै गएको छ । महिला, युवती तथा बालिका फरकफरक शैलीमा बलात्कारमा पर्ने गरेका छन् ।

कही बलात्कारपछि हत्या जस्ता जघन्य अपराध समेत हुने गरेको छ । कही विभिन्न प्रलोभनमा पारी वा ललाईफकाई बलात्कार भएका घटना सार्वजनिक भइरहेका छन् । भक्तपुरमा पनि फरक शैलीमा बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । सिपाडोल बस्ने ५६ वर्षीय पूर्णबहादुर खड्काले एक युवतीलाई १० रुपैयाँ दिइ फकाएर बलात्कार गरेका छन् ।

खड्काले मानसिक अवस्था ठिक नभएकी भक्तपुर जगतीकी १५ वर्षीया युवतीलाई ४ वर्षअघि थोरै पैसामा फकाएर बलात्कार गरेका हुन् । घटना २०७२ फागुन २१ को हो । त्यसदिन युवती मानसिक अवस्था ठिक नभएकी युवती बलात्कृत भइन् । युवतीलाई सोधपुछ गर्दै जाँदा उनलाई खड्काले बलात्कार गरेको पुष्टि भयो । ्खड्का भने घटना लगत्तै फरार भए । तर प्रहरीले युवतीको बयान परिवारको जाहेरीको आधारमा खड्काविरुद्ध मुद्दा चलायो , मुद्दा जिल्ला हुँदै उच्च अदालत पाटदन पुग्यो ।

उच्च अदालतले २०७५ कात्तिक २६ मा खड्कालाई अभियुक्त ठहर गर्यो । खड्का त्यसपछि झन् गुमचुप रुपमा बस्न थाले । लुकीछिपी बस्दै आएका खड्का पक्राउ गरेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी) टोलीले बिहीबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…