‘साहित्यले समाजलाई रुपान्तरण गर्नुपर्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समाजमा देखिएको प्रगतिवादी धारलाई पछ्याउनुपर्ने बताउनुभएको छ ।

साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित ‘डिलको डोब’ उपन्यासको शनिबार सार्वजानिक गर्दै उहाँले गीत, सङ्गीत र साहित्यले समाजलाई रुपान्तरण गर्ने हुँदा साहित्यले समाजको यथार्थ पक्षलाई उजागर गर्नुपर्छ भन्नुभयो ।  ‘समाजवादका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने दिशामा हामी अघि बढिरहेका छौं’, उहाँले भन्नुभयो, ‘समाजको प्रतिविम्ब बनेर साहित्यले राष्ट्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुपर्छ ।’

लेखक महेश पौडेलले लेखकले शक्तिको बलमा महिलामाथि गरिने हिंसालाई छर्लङ्ग पार्नु खोजेको बताउनुभयो । पत्रकार यशोदा तिम्सिनाले महिला अधिकारका पक्षमा उपन्यासले सशक्त आवाज उजागर गरेको बताउनुभयो ।

प्राज्ञ माया ठकुरीले समाजमा प्रतिष्ठित ठानिएका यौन दुराचारीलाई उपन्यासले नङ्ग्याएको टिप्पणी गर्नुभयो । उपन्यास श्रष्टा पराजुलीले पीडाको पराकाष्ठा मात्र नभएर पीडा बोकेकी नारीको सफलताको कथालाई व्यक्त गर्न खोजिएको बताउनुभयो । ‘हिंसालाई जितेर कसरी व्यक्तिगत सफलता हासिल गर्न सकिन्छ भन्ने विषयलाई जोड दिएकी छु’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ