Logo आश्विन ५, २०७७ सोमबार


घुन्सा फाउन्डेशनको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं ।  घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । काठमाडौंको बौद्ध स्थित वालुङ गुम्बामा शनिबारसम्पन्न भएको शिविरमा २०५ जनाले स्वास्थ्य उपचार गरेका छन् । ताप्लेजुङको हिमाली गाउँहरू घुन्सा, फÞले, ग्याब्ला, आम्जीलेसा, लेलेप, लुङथुङ, ओलाङचुङगोला, याङमा, याम्फुदिन, तोक्पेगोला लगायतका क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु चिसो मौसम छल्न काठमाण्डौं आएको अवसर पारेर शिविर आयोजना गरिएको फउण्डेसनकी अध्यक्ष याङ्जोम शेर्पाले बताएकी छिन् ।

 

बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.रबी बरालाको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले स्थास्थ्य परिक्षण तथा उपचार गरेको साथैे निःशुल्क चेकजांच, उपचार पश्चात निशुल्क औषधि बितरण गरिएको अध्यक्ष शेर्पाले बताइन् । मंसिरबाट फागुनसम्म हिउँ पर्ने र अत्याधिक चिसो हुने भएकाले यी गाउँका ९० प्रतिशत स्थानीय चिसो छल्न काठमाडौ लगायतका स्थान जाने गर्छन् ।

यी गाउँबाट सदरमुकाम फुङलिङ आउन २ दिन भन्दा बढी लाग्छ । अस्पताल टाढा भएकाले स्वास्थ्य सम्बन्धि चेतनाको छैन । ‘सडकसमेत नपुगेको गाउँमा चिकित्सक पु¥याउन कठिन भएकाले काठमाडौ आएको मौका पारी शिविरको आयोजना गरेका हौं,’ शेर्पाले भनिन् ।
जिल्लावासीका लागि काठमाडौमा गरिएको यो शिविर पहिलो रहेको ताप्लेजुङ समाज नेपालका महासचिव अग्नि पौडेलले बताउनुभयो । घुन्सा फाउण्डेनसनले जिल्लाका दुर्गम हिमाली गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा काम गरिरहेको छ । दाताबाट सहयोग संकलन गरेर कञ्चनजंघा हिमालको प्रवेशद्धार घुन्सामा स्वास्थ्य भवन समेत निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।