‘महराज’को ठगी धन्दा : यसपल्टको लक्ष्य २५ करोड

काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले चीनबाट आएका युवकहरुमा कोरोना भाइरसको संक्रमण फेला परेको विषयलाई प्रमुख समाचार बनाएका छन् ।

कान्तिपुर दैनिकले महाराजको ठगी धन्दा, यसपल्टको लक्ष्य २५ करोड शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार आफूलाई बालयोगेश्वर महाराज बताउँदै ठगी धन्दा चलाएका विजय भण्डारीबारे समाचार प्रकाशन भएपछि प्रमुख अतिथिको हैसियतमा महायज्ञको उद्घाटन गर्न चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा सहभागी नभई शनिबार काठमाडौं फर्किएका छन् । २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेर आयोजना गरिएको एक महिने यज्ञका मुख्य वक्ता नै ठगी पृष्ठभूमिका भएको खबर सार्वजनिक भएपछि उपराष्ट्रपति विवादमा तानिने भन्दै फिर्ता भएका हुन् ।

अन्नपूर्ण पोस्ट् दैनिकले कुसुन्डा भाषा मूल स्रोतको अन्त्य शीर्षकमा समाचार छापेको छ । समाचार अनुसार कुसुन्डा भषका मुल स्रोतका रुपमा स्थापित ८९ वर्षीया ज्ञानीमाया कुसुन्डाको निधन भएको छ । चिकित्सकले उमेर बढ्दै जाँदा मस्तिषकका सेल नष्ट हुँदै जाने र दमको समस्या रहेको बताएका थिए ।  उनको शनिबार घरमै निधन भएको हो । उनी कुसुन्डा भाष संरक्षणमा क्रियाशिल थिइन् ।

नागरिक दैनिकले सभामुखमा पुनर्विचार गर्न आग्रह शीर्षकमा समाचार छापेको छ । समाचार अनुसार नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा चासो देखाउँदै सरकारका पछिल्ला कदमप्रति अन्तर्राष्ट्रिय सरोकारवाला संस्थाले असन्तुष्टि जनाउँदै सभामुख चयनमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विद्यमान ऐन संशोधन नगरी संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति तथा सभामुख चयन प्रक्रियामा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…