Logo आश्विन ४, २०७७ आइतबार


माइक्रोबस दुर्घटना अपडेट : चालकको मृत्यु, १० घाइते

बलवीर भुजेल
सिन्धुली । वीपी राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका –२ स्थित ढुङग्रेभञ्ज्याङमा माइक्रोबस दुर्घटना एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९६ बस तीव्र गतीका कारण दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घनामा चालक एवम् सवारी धनी काठमाडौं महानगरपालिकाका ३८ वर्षीय मोहन मर्हजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव प्रहरी उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार दुर्घटनामा १० जनाभन्दाबढी घाइते  छन् । घाइते हरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने काम भइरहेकाे उपरीक्षक खत्रीले बताउनुभयो । माइक्रोबस सडकभन्दा ३० मिटर तल खसेको छ ।

काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना

प्रतिक्रिया दिनुहोस्
विशेष

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।

डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँकाे भनाइ छ ।