Logo आश्विन ४, २०७७ आइतबार


खेलको विकासमा बजेट छुट्याउन कन्जुस्याईं गरिँदैन : मन्त्री बोहरा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले खेल राष्ट्रको गहना भएको भन्दै खेलको विकासका लागि आफू सधैँ तत्पर भएर लाग्ने बताउनुभएको छ । खेल स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएकाले यूवाहरुलाई यसतर्फ आकर्षित गर्न प्रदेश सरकारले प्याकेजका आधारमा काम अगाडि बढाएको बताउनुभयो ।

विश्वमा खेलप्रतिको बढ्दो अभिरुचीलाई मध्येनजर गर्दै आगामी दिनमा खेलमैदान, खेल सामाग्रीको उचित प्रबन्ध मिलाउन प्रदेश सरकारको ध्यान जाने मन्त्री बोहराको भनाइ छ । शहिद सप्ताह तथा टीकापुर नगरपालिकाको स्थापना दिवसका अवसरमा प्रमुख अथितिको आसनबाट बोल्दै उहाँले खेल र खेल मैदानका लागि प्रदेश सरकारले बिना कन्जुस्याईं बजेट छुट्याएको र टीकापुरमा ‘बीच भलिवल’, फिसिङलगायतका खेलका पूर्वाधार बनाउन यसवर्ष बजेट विनियोजन भैसकेको बताउनुभयो ।

मन्त्री बोहराले आफू पनि खेलप्रति निकै रुची भएको सुनाउँदै बढ्दो वैदेशिक रोजगारलाई घटाउन पनि युवाशक्तिलाई खेल तर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो । सरकारले खेल जगतमा लागेका युवाको भविष्यको ग्यारेन्टी गर्नसके धेरै युवा यसतर्फ आकर्षित हुने उहाँको विश्वास थियो । सुदूरपश्चिम प्रदेश सरकारले बिस्तारै विकासको मार्ग प्रशस्त गरेको बताउँदै मन्त्री बोहराले विगतका दिनमा आर्थिक क्षेत्रबाट आफूले बटुलेको ज्ञान भरपुर मात्रामा विकासमा प्रयोग गरिरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा पूर्व सांसद, नागरिक अगुवालगायतकाले आफ्नो धारणा राखेका थिए । प्रतियोगितामा टीकापुर नगरपालिका भित्रका १४ वर्ष मूनिका ३७ विद्यालयका ३६ छात्र र २७ छात्राको टीम प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।

डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँकाे भनाइ छ ।