Logo आश्विन ५, २०७७ सोमबार


पूर्वसांसद कार्कीको निधन

पाल्पा ।  पूर्व सांसद गम्भीरजंग कार्कीको निधन भएको छ । नेपाली कांग्रेस पाल्पाका पूव सभापतिसमेत रहनुभएका ७६ वर्षीय कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाले जनाएको छ । मिर्गौलामा समस्या भई काठमाडौंमा डायलासीस गर्दे आउनुभएको कार्कीको आइतबार निधन भएको हो ।

कार्की २०४८ सालमा पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०५१ देखि २०५६ सालसम्म नेपाली कांग्रेस पाल्पाको जिल्ला सभापति रहनुभएका गम्भीरजंग त्यस अघि राष्ट्रिय पञ्चायत सदस्यमा पनि निर्वाचित हुनुभएको थियो । रम्भा गाउँपालिकाको ताहूँमा स्थायी घर भएका कार्कीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।