सम्माननीय सभामुख सापकोटाको अशोभनीय दौड (भिडियोसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि प्रतिनिधिसभामा आइतबार खुशीयाली छायो । सत्ता र प्रतिपक्षका सांसदहरु उहाँलाई बधाई दिन पहिल्यैदेखि आत्तुर देखिन्थे ।

प्रतिनिधिसभाका जेष्ठसदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुखमा निर्विरोध भएको घोषणा गर्दा साथ सांसदहरु हातमा खादा लिएर उहाँतर्फ लागे । केही सांसदहरुले सापकोटालाई अंकमाल गरेर बधाई दिने प्रयास गरे । तर सापकोटाले आफूलाई बधाई दिन आएका सांसदहरुप्रति त्यति वास्ता गर्नुभएन । आफूलाई बधाई दिन आएका सांसदहरुप्रति उहाँको ध्यान केन्द्रित भएको देखिएन ।

सापकोटा आफूलाई बधाई दिन आएका सांसदहरुलाई पन्छाउँदै प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालतर्फ दौडिनुभयो । सभामुख सापकोटाले सांसदहरुलाई पन्छाउँदै दाैडिएको दृश्य गरिमामय संसदमा भने अशोभनीय जस्तै देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…