अर्जुनकी पत्नी पूर्णीमाया लामाले अग्नि सापकोटालाई नै सोधेकी छन्– मेरो श्रीमान खै ? उत्तर पाइनन, गार्डले लुकाएरै लगे । ठूलै संघर्ष गरेको छ, अर्जुनको परिवारले न्याय पाउन । जिल्ला अदालत धुलिखेल धाउँदा माओवादीको ज्यान लिने धम्की पनि सहेको छ
काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन रह्यो । सभामुखविहीन हुँदा संसदबाट महत्वपूर्ण विधेयक पारित हुन सकेको छैन । नवनिर्वाचित सभामुख सापकोटा शपथपछि प्रतिनिधिसभा बैठक संचालन गर्ने योजना र तयारीमा हुनुहुन्छ । तर यहीबेला उहाँविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । रिटमाथि सुनुवाई हुन बाँकी छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गुटबन्दीले किचलो, कहिले सभामुखमा लफडा । अनि समाजमा अनेक राइँदालो । परीक्षणकालमै छ, नेकपा । जनताको अग्निपरीक्षा जारी छ । दुई तिहाइको सरकार बनेपछि जनताको जनवादको आधार तयार हुने सपना थियो । त्यो गुम्यो.... ? प्रश्न जारी छ । नेकपालाई अर्को पटक दुई तिहाई चाहिँदैन ? वा मात्तियो सत्तापक्ष । खोजिँदै छ उत्तर । सरकारलाई सफलतासँगै असफलताका चाङले पनि चेपिरहेको होइन र ?
संसदमा करिब दुई तिहाइ रहेको नेकपा राष्ट्रिय सभाको दोस्रो पटकको निर्वाचनमा पुनः दुइतिहाइ भन्दा बढी मत पाएको पनि हो । तर, खुशीसँगै थपिएका चुनौतीले नेकपालाई गलपासो पनि भएको छ । सभामुखको विषयमा चर्चा शुरु भएसँगै तत्कालीन उपसभामुख शिवमाया तुम्बाङ्फेले आफैँ सभामुख बन्ने अडान लिनुभयो । स्वाभाविक पनि थियो । सबै विषयमा परिपक्क उपसभामुखको अडान गलत थिएन । सबैले स्वीकार गरे पनि नेकपाको शीर्ष नेतृत्वले स्वीकार गरेन । अझ भन्नुपर्दा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भएभरको बल लगाएर लाग्नुभयो, पूर्व माआवादीबाटै सभामुख बनाउन । पाखुरै सुर्किएर आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराइछाड्नु भयो । सचिवालय बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम मौन हुँदा अग्नि सापकोटा नै सिफारिस हुने पक्का भयो । तर, अग्निको ‘अ’ भन्न नपाउँदै जनताको आपत्ति सुरु भयो । हत्या आरोपीलाई सभामुख बनाउन खोजेको भन्दै विरोधको स्वर गुन्जियो । पुष्पकमल दाहालले फर्मान जारी गर्नु प¥यो । माइतीघरमा किन भिड गर्नु हुन्छ अग्निको विरोधमा ?
फेरि पनि २०७४ मा निर्वाच्नमा नेपाली कांग्रेसबाट उम्मेदवार पनि भएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै माघ १० गते शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभयो । रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गरियो । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामा हत्याको अभियोग छ । एकातिर शसक्त सभामुखको खोजी । अर्कातिर पार्टीभित्रै असन्तुष्टि र बाहिर पनि अनेक खेलोफड्को । सर्वोच्चले आइतबार नै यससम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा पेशी तोक्नु पर्ने । अदालतका श्रीमानहरु पनि सकसमा । सायद न्यायकै पक्षमा बोल्लान् । कारण देखाऊ, दुई पक्षलाई छलफलमा झिकाऊ, निर्वाचन प्रक्रिया अघि बढिसकेको हुँदा रिट खारेज, रिट जारी, यससम्बन्धी सबै मुद्दामा के तर्क आउला अदालतको ? जनताको एउटै माग थियो । न्यायालयमा हस्तक्षेप छ कि छैन भनेर प्रष्टिने मौका पनि हो । आइतबार केही बहस नै भएन । अदालतले पहिलो पेसी नै विना निर्णय टार्याे । यो मुद्दाबारे अदालत अञ्जान पनि छैन । २०७६ असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको वा नपरेकोबारे सोधेको लुकेको छैन । तर, अदालत मौन बसिदिँदा गम्भीर प्रश्न उठ्यो । अदालत किन मौन ? अग्निप्रसाद सापकोटालाई अदालतको वाणले घोच्ला कि नघोच्ला ? जनतामा जिज्ञासा छ ।
लाचार प्रतिपक्षी, अनिर्णयको बन्दीसत्तापक्षले नेपाली कांग्रेसलाई भुसको भँगेरो गन्दैन । आन्तरिक किचलोकै कारण जनताबाट समेत कांग्रेसप्रति विश्वासको बेलुन फुट्दै गएको छ । कांग्रेसकै नेताहरुलाई थाहा छ, पार्टीसँग कुनै एजेण्डा नै छैन । जनताले सत्तापक्षलाई खबरदारी गर्न दिएको जिम्मेवारी बहन गर्ने शक्ति छैन । कांग्रेसलाई गिज्याउँदै मान्छे मारेको जिम्मा खुलेआम लिँदा पनि चुइँक्क बोलेन कांग्रेस । यसैले अग्नि सापकोटा काण्डबारे अदालतको सहयोग लिनुपरेको दिनेश त्रिपाठीको भनाइ छ । प्रचण्डले यस्तो बोल्दा प्रहरीले पक्राउ गर्न पर्दैन ? राष्ट्र कुनै प्राइभेट लिमिटेड कम्पनी हो ?
कांग्रेस आफूलाई जंगलको बाघ झैँ ठान्छ । चिल्ला गफ मिठा भाषण दिँदै जनताको आकांक्षाअनुसार काम गरेको ठूलो गफ दिन्छ । कांग्रेस जानकार छ, उपसभाुमखको बार्गेनिङको आरोप लागेको । तर, अडान लिने क्षमता छैन, विचाराधीन मुद्दालाई प्रभावित गर्ने ताकत आफूसँग नभएको खुलस्त पार्छ कांग्रेस । सत्तापक्षको मुद्दामा अडान लिनु प्रतिपक्षीको पहिलो काम हो । बोलेको पनि कस्तो ? एउटा महिला घोडाको रेसमा लडिन्, किचेर मरिन् । सत्तापक्षका नेताहरुकै प्रतिपक्षी विचारसमेत कांग्रेसले आत्मसात गर्न सक्दैन । उता, माओवादी युद्धकालमा २०६२ वैशाख १६ गते हत्या गरिएका काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको परिवार न्याय मागिरहेको छ । रुदै, कराउँदै सडकमा छ, कसले सुन्ने उनीहरुको पीडा ? सत्तापक्ष पीडक नै भइहाल्यो, प्रतिपक्ष गलेको छ ।
२०६२ सालदेखि नै अदालतमा मुद्दा छ । मृतकका परिवार सिंगो गाउँदेखि असुरक्षित बनेपछि काठमाडौं आएर बसिरहेका छन् । यो भन्दा पहिले पनि मुद्दा पीडितकै पक्षमा फैसला भएको छ । तर, कार्यान्वयन भएको छैन । जिल्ला अदालत काभ्रेमा १५ दिनमा एक पटक गएर तारिख थाप्न भनिएको छ । मृतक अर्जुनकी पत्नी पूर्णीमाया लामाले एकपटक अग्नि सापकोटालाई नै सोधेकी छन् । मेरो श्रीमान खै ? उत्तर पाइनन, गार्डले लुकाएरै लगे । ठूलै संघर्ष गरेको छ, अर्जुनको परिवारले न्याय पाउन । जिल्ला अदालत धुलिखेल धाउँदा माओवादीको ज्यान लिने धम्की पनि सहेको छ । घर जाने बाटै छैन । फेरि पनि न्याय पाउने आशा मरेको छैन ।
षड्यन्त्र र जालझेलमा सापकोटासडकमा आन्दोलन जारी छ । पीडितको घाउ बेला–बेला दुख्छ–पोल्छ । मृतक अर्जुनकी श्रीमती र छोराछोरी न्यायको भिख मागिरहेका छन्, सडकमा । तर, सरकारले नै खोस्यो, पीडितको खुसी, टुट्यो न्याय पाउने आशा । न्यायको नौसिङ भने झैँ भयो । बलात्कार भन्दा सामान्य बन्यो, हत्याको मुद्दा । अन्ततः अग्निप्रसाद सापकोटा सभामुख बन्नुभएको छ ।
हेडमास्टरदेखि सभामुखसम्मउहाँ राजनीतिक रुपमा सफल राजनीतिज्ञ हुनुहुन्छ, शंका छैन । २०४९ अघिसम्म शिक्षकका रुपमा रहेका सभामुख सापकोटा शिक्षण पेशामै रहँदा कम्युनिस्ट पार्टीमा आवद्ध हुनुभयो । २०४८ सालमा संयुक्त जनमोर्चा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पराजित बन्नुभयो । सोहीबेला शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा लाग्नुभयो । २०४९ सालमा बाबुराम भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य र शान्ति प्रक्रियापछि २०६४ र २०७० मा संविधानसभा सदस्य र २०७४ को निर्वाचनमा सिन्धुपाल्चोकबाट पुनः निर्वाचित हुनुभयो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका विश्वासिला पात्रका रुपमा परिचित सापकोटा २०५१ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु गर्दादेखि नै प्रचण्डको पक्षमा हुनुहुन्छ । माओवादीको जनयुद्ध शुरुवातबाटै उहाँ केन्द्रीय सदस्यको रुपमा कार्यरत हुनुहुन्छ ।
दशवर्षे सशस्त्र जनयुद्ध, शान्ति प्रक्रिया, शान्ति प्रक्रियापछिको पार्टी टुटफुटमा पनि उहाँले दाहाललाई छाडेर कतै लाग्नुभएको छैन । यसअघि सापकोटाले तत्कालीन माओवादी केन्द्रीय प्रवक्ता, झलनाथ खनाल प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री र २०७३ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा वन तथा भूसंरक्षण मन्त्री बनिसक्नु भएको छ । दाहालले २०५८ सालमा सरकारसँगको दोस्रो वार्तामा सापकोटालाई पनि पठाउनु भएको थियो । तीन सदस्यीय वार्ता टोलीमा कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीसमेत हुनुहुन्थ्यो । सापकोटासँग १५ वर्ष शिक्षक बनेको अनुभव छ ।
२०२९ सालमा कम्युनिस्ट विद्यार्थी संगठन, २०३५ मा मोहन वैद्य नेतृत्वको नेकपा (चौम) को सदस्य, २०३७ मा शिक्षक संघर्ष समिति सदस्य, जिल्ला अध्यक्ष, हुँदै पछि वामपन्थीहरुको साझा शिक्षक संगठनको महासचिवसम्म बन्नुभयो । दुई वर्ष जेलसमेत पर्नुभयो । उहाँले २०६२, ६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हाल्नु भएको थियो । सभामुख सापकोटाले करिब ७ वर्ष सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविको प्रध्यानाध्यापक भएर काम समेत गर्नुभएको थियो । सापकोटा अर्को सरकार नबनुन्जेलका लागि सभामुख हुनु भएको छ । आफ्नै सहकर्मीको ठाउँमा उहाँको जागिर त भएको छ । तर अनेक उल्झन र जालझेल भने प्रतिवाद गर्नैपर्ने अवस्था छ ।
यो पनि पढ्नुस्
https://45.77.241.73/2020/01/164724