गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।१.नवर्निवाचित सभामुख अग्निप्रसाद सापकोटाले लिनुभयो पद तथा गोपनीयताको शपथ ग्रहण ।२.सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनिर्वाचित सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष लिनुभएको हो ,पद तथा गोपनीयताको शपथ ।३.शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उपस्थित ।४.प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाइ गरेको थियो निर्विरोध सभामुखमा चयन ।५.नवनिर्वाचित सभामुख सापकोटाले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ ग्रहरण लगत्तै सिंहदरबारमा रहेको सभामुखको कार्यालयमा गर्नु भयो पदभार ग्रहण ।६.शितल निबासमा सभामुखको सपथग्रहण भैरहदा बाहिर मानबअधिकारकर्मीहरुको बिरोध, बिरोध प्रर्दशनका क्रममा १२ जना प्रहरी नियन्त्रणमा ।७.आफूविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वाभाविक रुपमा लिएको सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रीया ।८.लोकतान्त्रिक प्रकृयामा विरोध र समर्थन हुनु सामान्य भएको सापकोटाको भनाइ ।९.सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सोमबार सुनुवाई नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा ।१०.सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा गर्नुभएको थियो रिट दायर ।११.‘नेपाली पोर्ट’ नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो सुभारम्भ ।१२.नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरुको टोलीले १ वर्ष लगाएर नेपाली पोर्ट नामक प्रणालीको गरेका हुन विकास ।१३.नेपाली पोर्टको विकासपछि नेपाली भिषाको दुरुपयोग तथा राजस्व चुहावटको सम्भावना अन्त्य हुने अध्यागमन विभागको विश्वास ।१४.विमानस्थलमा शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरण सहितको फरेन्सिक डिटेक्सन ल्याबको समेत गरिएको छ स्थापना ।१५.भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा दुई वर्षको अवधिमा हासिल भएका मुख्य उपलब्धी र राष्ट्रिय भूमि नीति २०७५ जारी ।१६.३० लाख जग्गा धनीको करीब २ करोड ५० लाख कित्ता जग्गाको अभिलेख डिजिटल प्रणालीमा आधारित अनलाइन सेवामा सुरक्षित हुने ।१७.अहिलेसम्म १ सय ८ वटा मालपोत कार्यालयमा लिरीम्स सेवा पु¥याइएको मन्त्रालयद्धारा जानकारी ।१८.सार्वजनिक जग्गाको संरक्षण गर्ने क्रममा व्यक्तिको नाममा रहेको ९ सय ४६ रोपनी ७ आना २ पैसा जग्गा, १ सय २५ विगाह १६ कठ्ठा १६ धुर जग्गा तथा २ हजार ८ सय २९ वर्गमिटर जग्गा नेपाल सरकारको नाममा ल्याइएको उल्लेख ।१९.९ सय ४६ रोपनी ७ आना दुषित दर्ता बदर गरिएको र हद बन्दीमा १३ लाख ३३ हजार ७ सय ८३ वर्ग मिटर जग्गाको कारोबार रोक्का गरियको मन्त्रालयको भनाइ ।२०.बाँकेको बागेश्वरी गुठीको जग्गा ८४ विघा जग्गा व्यक्तिको नाममा गरेकोलाई फिर्ता गराउने प्रकियामा शुरु ।२१.नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई पर्यटनमन्त्री योगेश भट्टराईको निर्देशन ।२२.नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तब्य भएको र कोरोना भाइरसको सन्दर्भमा पनि सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने तर्क ।२३.पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनी, चितवन, जनकपुर, पशुपतिनाथ लगायतका ठाउँमा पर्यटकहरु पुग्ने भएकाले विशेष सावधानी अपनाउन मन्त्री भट्टराईको आग्रह ।२४.त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेडिकेटेड हेल्थ डेस्क राखिएको समेत जानकारी ।२५.विमानस्थलमा यात्रुहरुलाई ज्वरो आएको वा अन्य कुनै आशंका भएको पाइएमा अलग राख्ने र अस्पतालसम्म तुरुन्तै लैजाने व्यवस्था गरिएको मन्त्री भट्टराइद्धारा जानकारी ।२६.संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले आदिवासी जनजातिहरुको हक अधिकार र पहिचानलाई स्थापित गर्न सरकारले पहल गरिरहेको नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइ ।२७.जातजातिहरु एकतावद्द भई समृद्धिको बाटोमा हिडेमात्र समानुपातिक समाजवाद हासिल हुने दाहालको तर्क ।२८.नेकपाले जातजातिको समस्या समाधान गरेको र आदिवासी जनजातिलाई स्थापित गर्ने एक मात्र पार्टी नेकपा भएको नेकपा महासचिब बिष्णु पौडेलको दावी ।२९.कार्यक्रममा नबनिर्वाचित आदिवासी जनजाति महासंघ नेपालका पदाधिकारीहरुलाई गराइएको थियो शपथ ग्रहण ।३०.सरकार र प्रतिपक्ष जिम्मेवार नहुँदा विधिको शासनको सहि सदुपयोग हुन नसकेको काग्रेस नेता गगन थापाको आरोप ।३१.पञ्चायती र राज्य व्यवस्थाका विविध राजनैतिक घटनाक्रम भएपनि मुलुकको विकास हुन नसक्नु लोकतान्त्रिक शाशन व्यवस्था कमजोर भएको थापाको दाबी ।३२.जुनसुकै पार्टीको झण्डा बोकेपनी विधिको शासनको पक्षमा उभिन युवालाई थापाको आग्रह ।३३.सरकारको काम देखेर जनतामा नैराश्यता बढ्दै गएकाले सरकार र प्रतिपक्ष दुवैले काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्नेमा थापाको जोड ।३४.गायिका आस्था राउतले प्रहरी समक्ष गरिन आत्मसमर्पण ।३५.राउत विरुद्ध प्रहरी जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा जारी भएको थियो पक्राउ पुर्जी ।३६.अनुसन्धानका लागि राउतलाइ ४ दिनको म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौको अनुमति ।३७.नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रह ।३८.नागरिक लगानी कोष नाफा कमाउने उद्देश्य राखेपनि बैंकहरु जस्तो नाफामुखी संस्था नभएकाले यसको पूँजी कम भएपनि फरक नपर्ने मन्त्री खतिवडाको भनाई ।३९.सर्वसाधारणको समेत सहभागिता होस भन्ने उद्देश्यले २० प्रतिशत स्वामित्व सर्वसाधारणको राख्ने व्यवस्था गरिएको मन्त्री खतिवडाको तर्क ।४०.सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाइ एकिकृत गर्न सकिने सम्भावना रहेको खतिवडा भनाइ ।४१.सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको भनाई ।४२.मेलमिलापमा जाँदा पैसामा हिसाब गरेर न्यायोचित न्याय सम्पादन हुन नसक्ने खतिवडाको तर्क, दुइ पक्ष बीचको सन्तुलनमा ध्यानदिन आग्रह ।४३.कुनैपनि विवादको मुद्दा गरेर मात्रै समस्या समाधान नहुने नायव महान्यायाधिवक्ता पद्यम प्रसाद पाण्डेको भनाई ।४४.समस्याको समाधानको निम्ती समाजलाई सहजरुपमा अगाडि लैजानका लागि मेलमिलाप उपयुक्त हुने पाण्डेको भनाई ।४५.प्रदेशसभा संसदीय दलको विधान अनुसार बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको उपनेतामा सांसद कृष्णलाल भँडेल नियुक्त ।४६.पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ९ मा रहेको एनसेल टावरमा अज्ञात समुहद्धारा आगलागी ।४७.आइतबार राति एनसेल टावरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दीपेन्द्र जिसीको भनाई ।४८.आगलागीका कारण टावरको जेनेरेटर, विटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित तार पूर्णरुपमा नष्ट ।५९.मकवानपुरको भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमाथि अज्ञात समुहद्धारा आगजनी,दुर संचारसेवा बन्यो प्रभाबित ।५०.गुल्मीको धुर्कोट रजस्थलमा रहेको स्मार्ट फोनको टावरमा पनि आगजनी, स्मार्ट फोनको नेटवर्क अवरुद्ध ।५१.रुपन्देहीको बुटवल उपमहानगरपालिकाले गर्यो ,उपमहानगर अन्तर्गत रहेका संस्थागत विद्यालयका लागि शुल्कको दररेट निर्धारण ।५२.शिक्षा समितिको बैठकले सर्वपक्षीय छलफलका आधारमा गरेको हो शुल्क निर्धारण ।१९ वटै वडामा सञ्चालित संस्थागत विद्यालयलाई वर्गिकरणका आधारमा गरिएको छ शुल्क निर्धारण ।५३.बुटवलमा बालविकास देखि कक्षा १२ सम्म सञ्चालनमा रहेको समेत गरी ५६ वटा संस्थागत विद्यालयहरु छन् सञ्चालनमा ।५४.सशस्त्र द्धन्दको चपेटामा परेर पनि पर्यटन व्यवसायमा छलाङ मार्दै आएको लमजुङको पर्यटकीय खासुर गाउँ पछिल्लो समय धेरैको रोजाइमा ।५५.स्थानीयको मुख्य पेशा पशुपालन र कृषि भएपनि पछिल्लो समय पर्यटन व्यवसाय विशेष प्राथमिकतामा ।५६.सदरमुकाम बेसीशहरबाट पैदल एकघण्टा १५ मिनेटमा पुग्न सकिने खासुर गाउँमा होमस्टे सँगै स्थानीयहरुको सक्रियतामा सञ्चालन भएका सामूहिक खाजाघरमा पर्यटकको विशेष आकर्षण ।५७.पाहुनाको आगमनले सामूहिक खाजाघरको लोकप्रियता बढ्नुको साथै आर्थिकस्तर समेत सुधारिएको व्यवसायीहरुको भनाई ।५८.कञ्चनपुर उद्योग वाणिज्य संघले भिमदत्त नगरपालिकासँगको सहकार्यमा १३ औँ सुदुरपश्चिमस्तरीय औद्योगिक व्यापार मेला गर्ने ।५९.नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मेला आयोजना गरिएको आयोजकको भनाई, महोत्सवमा सुदूरपश्चिमको संस्कृति र उत्पादनलाई प्राथमिकता दिइने ।६०.महोत्सवमा स्थानीय कला, संस्कृति, खाद्य परिकार, विभिन्न उत्पादित वस्तु तथा सेवाको बिक्रीवितरण का साथै केराका परिकारहरुको प्रदर्शनी गरिने ।६१.पाल्पामा बस्ती नजिकै रहेको प्रयोगविहीन जंगलमा केरा खेती संचालन ।६२.गाईगोरुको चरिचरन रहेको जंगलमा केरा खेती गरिएपछि जंगल सुन्दर देखिनुका साथै स्थानीयको आयआर्जनमा बृद्धि ।६३.२७ घरपरिवार संलग्न रहेको केराखेति बाट गतवर्ष मात्रै भएको थियो ३ लाख रुपैयाँ आर्जन ।६४.१७ हेक्टर जंगलमा २५ हजार केराका बोट संगै यसवर्ष छेउछाउमा ४ हजार कागतीका बिरुवा लगाउने तयारी ।६५.विभिन्न चार बिधामा नबिल स्किल हिरोको घोषणा गर्दै चार फरक व्यक्तित्व सम्मानित ।६६.युवालाई आशा जगाउन विशेषतः सीप सिक्न सकिन्छ ,जरुरी छ भन्ने बुझाउन स्किल विकमार्फत गरिएको हो सम्मानित ।६७.ग्लोकल प्रालिमार्फत सञ्चालित काठमाडौंमा सम्पन्न स्किल विक–२०२० पहिलो बिधा पर्यटनतर्फ द्धारिका होटल्सकि सभापति अम्बिका श्रेष्ठ सम्मानित ।६८.कला तथा संस्कृति बिधामा कलाकार मिथिला शर्मा, उद्यमशिलतातर्फ क्यू एफ एक्स टिमका संचालक नाकिम उद्दिन, विज्ञान प्रबिधितर्फ एफ आई सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाल सम्मानित ।६९.नेपालका सबै नागरिकलाई सिपमुलक बनाउने अभियानमा सरकार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मोहम्मद इस्तियाग राईको भनाई ।७०.दर्जनौ युवाहरुको संलग्नतामा सिपमुलक तालिम देखी रोजगारीको अवसरमा भएको पहुँचको दुरी कम गर्ने कार्यक्रमको लक्ष्य ।७१.पर्साको वीरगञ्जमा लागेको जुत्ता चप्पल व्यपार मेलामा ठगी भइरहेको स्थानीयको आरोप ।७२.जुत्ता चप्पल व्यपार मेलामा ग्राहकलाई छुटको प्रलोभन देखाई ठगि धन्दा भइरहेको स्थानीयको आरोप ।७३.सहकारी ऐन–२०७४ को संसोधनको आवश्यकता रहेको सहकारी क्षेत्रका अभियन्ता एवं सरकारी पदाधिकारीहरुको भनाई ।७४.सहकारीका कामलाई मजबुत पार्न र अर्थतन्त्रमा सहकारीको योगदान बढाउन ऐन संशोधनको आवश्यकता महशुस गरिएको तर्क ।७५.सहकारी ऐन २०७४ ले सबै सहकारीका मुद्धालाई सम्बोधन गर्न नसकेको भन्दै यसको संशोधन जरुरी रहेकोमा सहकारी अभियन्ता र सरकारी पदाधिकारीले जोड ।७६.जुन उदेश्यले सहकारीहरु खोलिएका छन् उदेश्यअनुरुप कार्य गर्नेगरी ऐन संशोधन गरिनुपर्ने अभियन्ताहरुको भनाई ।७७.सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७६ हजार रुपैयाँमा कारोबार ।७८.चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएकोनेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।७९.साताको दोस्रो कारोबार दिन नेप्से २३ दशमलव नौ पाँच अंकले बढेर १३ सय अंकमा उक्लियो ।८०.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव पाँच तीन अंकले बढ्यो ।८१.१ सय ८० कम्पनीका २४ लाख ९ हजार २ सय ६२ कित्ता शेयर ११ हजार २ सय नौ पटक खरिदबिक्री हुँदा ९१ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार ।८२.रसुवाको टिमुरेमा ना १ झ ३५४२ नम्बरको गाडीबाट सुन बरामद , साढे दुई किलो सुनसहित ६ जना पक्राउ ।८३.पक्राउ पर्नेमा सिन्धुपाल्चोकका नवाङ नुर्पु तामाङ, ग्याल्जेन शर्पा, शुक्पा लामा,सुवास तामाङ, साँङ शेर्पा र दोलखाका कुलनारायण श्रेष्ठ ।८४.अनलाइन मार्के्टिङमार्फत सामान पठाउने भनी ठगी गरेको आरोपमा चार जना बिरगंजमा पक्राउ ।८५.पक्राउ पर्नेमा बाराका रोशन सिंह, विशाल सिंह, भारत कलकत्ताका सविक भक्त र ब्रम्हचोकका फारुख आलम ।८६.गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको जीप दुर्घटना ।८७.दुर्घटनामा चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडाका ५५ वर्षीय सन्तोष विश्वकर्माको मृत्यु , ३ जना घाइते ।८८.सर्लाही, हरिपुर नगरपालिका १ मा ना.१ क ७०४८ नम्बरको बसले ठक्कर दिँदा २ वर्षीया दिपाञ्जली कुमारी साहको मृत्यु ।८९.गृहकार्य नगरेको भन्दै सिरहाको मिर्चेया नगरपालिका ६ को स्वस्तिक पाठशालामा कक्षा ६ मा अध्ययनरत ऋतिक यादवको शिक्षकले कुट्दा हात भाँचिएको परिवारजनको आरोप ।९०.कैलालीको गोदावरी नगरपालिकाका–१० का वडाअध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहित १६ जना जुवा खालबाट पक्राउ, २ लाख नगद बरामद ।९१.सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ बाट १ थान भरुवा बन्दुक र ५० ग्राम बारुद सहित मेन दोर्जे स्याङ्वो पक्राउ ।९२.अमेरिकी दुतावासलाई लक्षित गरी प्रहार भएका रकेट समुद्री किनारमा दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख ।९३.सैन्य कमाण्डर कासिम सुलेमानी र अबु महदी अल मुहंडिस अमेरिकी सेनाको कारवाहीमा मारिएपछि इरानले गर्दै आएको छ अमेरिकी दुतावास र सैन्य क्याम्पहरुमा आक्रमण ।९४.भोला सिलवालले खेलको १३औं मिनटमा पेनल्टी मार्फत गरेको गोलको मद्दतमा नेपाल पुलिस क्लबद्धारा डर्बी क्लब एपीएफ पराजित ।९५.त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको विभागिय डर्बी खेलमा नेपाल पुलिसले एपीएफलाई १–० गोल अन्तरले हरायो ।९६.जितसँगै पुलिस तालिकाको पाँचौ स्थानमा, एपीएफको ५ अंक ।९७.रोमानियाकी सिमोना हालेप, अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश ।९८.चौंथो वरियताकी हालेप ले एलिसा मेर्टेन्सलाई ६–४ र ६–४ को सेटमा गरिन् पराजित ।स्पेनिसकी गार्बिन मुगुरुजाले पनि अन्तिम आठमा गरिन स्थान पक्का ।९९.बास्केटबलको इतिहासमा विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडी कोबी ब्रायन्टको असामयिक निधन ।१००.क्यालिफोर्नियाको कालबाबासास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ब्रायन्टकी छोरी जियाना सहित ९ जनाको मृत्यु ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ ०३:४६