उमेश यादवलाई फाँसीबाट जोगाएका रायलाई अभिनन्दन गरिने

धनुषा । साउदी अरेबियामा मृत्युदण्ड तोकिएका उमेश यादवलाई फाँसीबाट जोगाएका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गरिने भएको छ ।

भोर नामक सामाजिक संस्थाले अभियन्ता रायलाई आउँदो बुधबार जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा बिहान ७ बजे नागरिक अभिनन्दन गर्ने भोरका अध्यक्ष राजकुमार महतोले बताउनु भएको छ ।

अध्यक्ष महतोले भन्नुभयो ‘सरोज रायजीले उमेश यादवजीको जीवन रक्षा जस्तो पुनित तथा मानवीय कार्यको सराहना गर्दै उहाँको नागरिक अभिनन्दन गर्ने सोच आएको छ ।’ भोर र अभियन्ता सम्मलेन २०२० ले यसको पहल र संयोजन गर्दैछ ।

पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका धनुषाका उमेश यादव बुधबार नेपाल फर्किएका थिए । सामाजिक अभियन्ता सरोज रायको पहलमा उमेश यादवले नयाँ जीवन पाएका थिए भने उनलाई बुधबार मात्रै नेपाल फर्किएका थिए ।

उमेश यादवलाई साउदीमा मृत्युदण्ड सुनाइए पनि ३० लाख रुपैयाँ ब्लड मनी तिरेपछि पीडित पाकिस्तानीका परिवार उमेशलाई आममाफी दिन तयार भएपछि साउदीका अदालतले उमेशलाई रिहा गरेको थियो ।

यो पनि पढ्नुस्

साउदीमा मृत्युदण्डबाट जोगिएका उमेश यादव भन्छन्– म त बाँचेँ, अझै ५ जना फाँसी पर्खिरहेका छन्

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…