शहीद चन्द र श्रेष्ठको पूर्णकदकाे शालिक अनावरण (फाेटाेफिचर)

काठमाडाैं । काठमाडौं महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहीद दशरथचन्द र गंगालाल श्रेष्ठको पूर्णकदकाे शालिक अनावरण गर्नु भएको छ ।

शहीद दशरथचन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा बुधबार महानगरपालिका प्रमुख शाक्यले शालिक अनावरण गर्नु भएको हो । तत्कालीन जहाँनीया राणा शासकले विसं १९८७ माघ १५ गते दुवैलाई काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरेको थियो ।

सोही दिनको सम्झनामा २०५८ साल माघ १० गते शहीदद्वयको अर्धकदको शालिक स्थापना गरिएकोमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएसँगै काठमाडौं महानगरपालिकाले शहीद शुक्रराज शास्त्रीको टेकू, धर्मभक्त माथेमाको सिफल र दशरथचन्द र गंगालाल श्रेष्ठको शोभा भगवतीमा पूर्णकदको शालिक स्थापना गरेको हो ।

तस्बिर : जनतासमाचार डट्कम

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ