Logo मंसिर ९, २०७७ मंगलबार


बैठकमा नेता खनालले दिए ७ सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यहरुले नेतृत्वलाई आफ्नो सुझाव दिन शुरु गरेका छन् ।
बैठकमा केन्द्रीय सदस्य प्रेमलकुमार खनालले ७ बुँदे सुझाव दिनुभएको छ । नेता खनालको सुझावमा नागरिकतादेखि विद्युत आयोजनासम्म समेटिएको छ ।

नेता खनालको ७ बुँदे सुझाव
१–विदेशी नागरिकले जथाभावी रुपमा नागरिकता पाउने संविधान र अहिले नागरिकता विधेयक आएको छ । यसले नेपालमा जनसंख्या अतिक्रमण गर्दैछ, राष्ट्रियतामा गम्भीर चुनौती खडा भएको छ । तसर्थ यसबारेमा पार्टीको यो बैठकमा प्रस्ताव बनाई छलफल गरी पार्टीको नागरिकता विजतरण नीति बनाई सरकारलाई निर्देश गर्नु पर्दछ ।

२– देशको प्राकृतिक स्रोत साधन, वनजंगल लामो अवधिसम्म नीजिक्षेत्रलाई सस्तो मूल्यमा दिने नीति राष्ट्रियहितको दृष्टिकोणले उपयुक्त छैन । अतः सरकारको पनि स्वामित्व हुने गरिमात्र प्राकृतिक स्रोत साधनको उपयोग गर्न सकिने कानुनी व्यवस्था गर्ने बारे छलफल गरी स्पष्ट नीति बनाई सरकारलाई निर्देश गर्नु पर्दछ।

३–देशको पंचवर्षीय योजना तर्जुमामा पार्टी र सार्वभौम संसदले छलफल गर्न नपाउने परिपाटी छ। अतः यसमा उपयुक्त संरचना निर्माणका बारेमा छलफल गर्नु पर्दछ ।

४– नाडेप लघुवितीय संस्थाको व्यवस्थापन आस्थाका आधार १० भन्दा बढी कर्मचारीलाई सेवाबाट हटाएकोछ । दर्जनौं कर्मचारीलाई स्पष्टि सोध्ने अपायक सरुवा गरी उक्त वितीय संस्थामा अशान्त स्थिति उत्पन्न भएको छ । अत तत्काल कर्मचारीको सेवा बहाली गर्ने ,अन्य कारबाही फिर्ता लिई वितीय संस्थालाई सुचारू रुपले संचालन गर्न गराउन सरकार सम्बन्धित व्यस्थापनलाई निर्देशित गर्नु पर्दछ।

५– संधीयताको प्रशासनिक व्यवस्थास्थापन गर्ने क्रममा सरोकारवाला,ट्रेड युनियनको सहमतिमा कानुन निर्माण गर्नु पर्दछ।

६–नवउदारबादी अर्थनीतिले अस्थायी ,करार,ज्यालादारी ,र आउटसोर्सिङबाट काम सेवा असुरक्षित हुने र वृतिविकास नहुने गरी काम गराएको छ. । वर्तमान सरकारबाट यस्तो नीति लिनु हुन्न।निजामती, संस्थान,ब‌ैक, विधालय , सरकारी क्याम्पसमा आवश्यक पर्ने शिक्षक, प्राध्यापक, कर्मचारीको जनशक्ति स्थायी प्रक्रियाबाट पूर्ति गर्ने ,हाल कार्यरतहरुलाई दरबन्दी श्रृजना गरी बिशेष प्रतियोगिताबाट स्थायी गर्ने ,यसरी पनि समाधान नभए सरकारी शिक्षकहरुको जस्तै बिशेष सुविधाबाट व्यवस्थापन गरि यो समस्या सदाका लागि समाधान गर्नु पर्दछ ।

७– माथिल्लो कर्णाली ,बूढीगण्डकी जलविद्युत आयोजना सरकारले स्वदेशी लगानीमा नै संचालन गर्नु पर्दछ, माथिल्लो अरुण जलविद्युत आयोजनामा सरकारी स्वामित्व ६८ प्रतिशत हुने गरी संचालन गर्नु पर्दछ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।