काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठकमा समूहको लागि समूह नेता तोकेको छ । विभिन्न विषयमा छलफलको लागि ४ सय ४१ केन्द्रीय सदस्यलाई १५ समूहमा विभाजन गरेर बिहीबार समूहका नेता तथा उपनेता तोकिएको हो ।
समूह १ को नेतृत्व उर्मिला अर्यालले पाउनु भएको छ । अर्याल नेता रहनुभएको समूहमा पूर्व मन्त्री आनन्द पोखरेललाई उपनेता तोकिएको छ । समूह २ को नेतृत्व कमला रोक्काले गर्नुभएको छ । त्यसमा कृष्ण राई र कृष्णध्वज खड्कालाई उपनेता तोकिएको छ ।
समूह ३ लाई खिमलाल भट्टराईले नेतृत्व गर्नुभएको छ । समूह ४ मा जगन्नाथ खतिवडा, समूह ५ मा ठाकुर गैरे र समूह ६ लाई दीनानाथ शर्माले नेतृत्व गर्नुभएको छ । समूह ७ मा पूर्णाकुमारी सुवेदीलाई नेता तोकिएको छ । त्यो समूहमा निरज आचार्यले उपनेताको अवसर पाउनुभएको छ ।
विन्दा पाण्डेले समूह ८ को नेतृत्व गर्नुभएको छ । त्यसमा बलावती शर्मा र बलराम बाँस्कोटालाई उपनेता तोकिएको छ । समूह ९ मा भगवती चौधरीलाई टोली नेता बनाइएको छ । त्यसमा भाष्कर काफ्ले उपनेता बन्नुभएको छ ।
समूह १० मा भने टोली नेता तोकिएको छैन । त्यो समूहमा महेश बस्नेत, यज्ञराज सुनुवार, मोहमद महबुज अन्सारी र यशोदा अधिकारीले सामूहिक रुपमै नेतृत्व गर्नुहुने भएको छ । केन्द्रीय कमिटी बैठकको लागि समूह ११ मा राजेन्द्र राई र १२ मा रेणु दाहाललाई समूह नेता तोकिएको छ । समूह १३ को नेतृत्व लेखनाथ न्यौपानेले गर्नुभएको छ । त्यसमा सावित्रा भुसाललाई उपनेता तोकिएको छ । समूह १४ मा राम कार्की र १५ मा हिमाल शर्माले नेतृत्व गर्नुभएको छ । शर्माले नेतृत्व गर्नुभएको समूह १५ मा ज्ञानु बस्नेत र हरिबहादुर राईलाई उपनेता तोकिएको छ ।
छलफलका लागि समूह १ देखि ८ सम्मका केन्द्रीय सदस्यलाई राष्ट्रियसभा गृहमा राखिएको छ । समूह ९, १० र ११ मा रहेका केन्द्रीय सदस्यलाई नेकपाको विभाग तथा जनवर्गीय संगठनकाे कार्यालय पेरिसडाँडा पुर्याइएको छ । समूह १२, १३, १४ र १५ मा परेका केन्द्रीय सदस्यहरुलाई पार्टी मुख्यालय धूम्बाराही पठाइएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुले बिहीबारदेखि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महाचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल शुरु गरेका छन् ।
यो पनि पढ्नुस्https://45.77.241.73/2020/01/165474