Logo आश्विन १५, २०७७ बिहीबार


रेल ट्रयाक र बिजुलीकाे व्यवस्थासहित ४ हजार फिट लामाे तस्करी सुरुङ मार्ग

काठमाडौं । अमेरिका–मेक्सिको सिमानामा अहिलेसम्मकै लामो तस्करी शुरुङ पत्ता लागेको बताएका छन् ।

मार्ग मेक्सिको शहरको तिजुआनाको औद्योगिक क्षेत्र र क्यालिफोर्नियाको सान डिएगोसँग जोडिएको छ । चार हजार तीन सय नौ फिट लामो शुरुङमा लिफ्ट, रेल ट्रर्याक, पानीको निकास, भेन्टिलेसन र उच्च भोल्टेजको विद्युतीय केबल पनि छ ।

यो सुरुङ गएको अगस्ट महिनामा पत्ता लागेको हो । सुरुङ मार्ग सार्वजनिक गर्नुअघि मेक्सिकोको अधिकारीहरुले सुरुङको प्रवेशद्वार पत्ता लगाएका थिए भने अमेरिकी अनुसन्धानकर्ताहरुले मापन गरेको थिए ।

अमेरिकी सीमा शुल्क र सीमा सुरक्षाले सुरुङको तल्लो सतहको औसत गहिराइ ७० फिट (२१ मिटर), उचाइ ५ दशमलव ५ फिट र चौडाइ २ फिट रहेको बताएको छ । यसलाई बनाउन कति समय लाग्यो भन्ने बारेमा प्रस्ट भैसकेको छैन ।

सन् २०१६ पछि मेक्सिकोसँगै जोडिएको क्यालिफोर्निया सीमामा दर्जन बढी परिष्कृत सुरुङ भेटिइसकेका छन् । सन् २०१४ मा सान डिएगोमा दुई हजार ९ सय ६६ मिटर लामो दोस्रो लामो सुरुङ भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।