गोपाल पाठक/विनोद लामिछाने र अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १२ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।१. संघीय संसदकोे बैठकद्वारा कार्यव्यवस्था समिति सदस्यको नाम हेरफेर सम्बन्धि प्रस्ताव सर्वसम्मतिले पारित ।२. प्रतिनिधि सभा नियामावली २०७५ को नियम १३ बमोजिम कार्यव्यवस्था समिति सदस्यको नाम हेरफेर सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरिएको जानकारी ।३. बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न न्यायपरिषद् र न्याय सेवा आयोगको २०७५÷०७६ को प्रतिवेदन लगायत विभिन्न ८ प्रतिवेदनहरु पेश ।४. २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पाल्पा क्षेत्र २ का गम्भीर जंगम कार्कीको निधनप्रति शोक प्रस्ताव पनि पारित ।५.प्रतिनिधि सभाको अर्को बैठक माघ २१ गते अपरान्ह १ बजेसम्मका लागि स्थगित ।६. प्रतिनिधिसभा सांसदहरुद्वारा आ आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण ।७. बैठकको शून्य समयामा बोल्दै सांसद गजेन्द्र नारायण महतद्वारा छाउगोठ भत्काईएकोमा गम्भीर आपत्ती व्यक्त ।८. गृह मन्त्रालयले काम नपाएर छाउगोठ भत्काउदै हिडेको सांसद महतको टिप्पणी ।९. छाउगोठको नाममा सरकारले आफुहरुको घर समेत भत्काएको सांसद महतको आरोप ।१०. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्नेबारे यथार्थ जानकारी गराउन सांसद खगराज अधिकारीको सरकारसँग माग ।१२. काठमाडौ महानगरभित्र मापदण्डयुक्त शौचालय निर्माण गर्नुपर्नेमा सांसद आशा कुमारी विकद्वारा सरकारको ध्यानाकर्षण ।१३. कोरोनाभाइरस’बाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन पनि सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ।१४. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको राप्रपाको टिप्पणी ।१५. पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको ठहर ।१६.देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने आशा गरिएपनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको प्रतिवेदनमा उल्लेख ।१७. पूर्वाधार विकासका क्षेत्रमा केही कामहरु भएपनि लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनिकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको अध्यक्ष थापाको भनाइ ।१८. व्यापारी, कर्मचारी र राजनीतिक नेताहरुले गठबन्धन नै बनाएर देशमा भ्रष्टाचारको सञ्जाल बनाएको थापाको जिकिर ।१९.नीतिगत निर्णयको बाहनामा सार्वजनिक खरिद बिक्रिका विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर लुट प्रवृति हाबी भएको थापाको आरोप ।२०.दुई दिन चल्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तयारी, सचिवालयको प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्यक्रम लगायतका विषयमा छलफल हुने ।२१. शिक्षामा एकरुपता नहुँदा देशको शैक्षिक अवस्था राम्रो नभएको पूर्वराष्ट्रपति डा. रामवरण यादवको भनाइ ।२२. देशमा दुई धारको शिक्षा प्रवृत्तिले अझैपनि ८० प्रतिशत बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएको डा. यादवका धारणा ।२३. देशमा दुईधारको शिक्षा प्रवृत्तिले देशकै अवस्था चिन्ताजनक भएको पूर्वराष्ट्रपति यादवको तर्क ।२४. अबका नेता, संघीय सदन र तीनै तहका सरकारले संविधानलाई कार्यान्वयन गर्दै लोकतन्त्रलाई मजुबुद र देशलाई समृद्ध बनाउनु पर्नेमा जोड ।२५.नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणालाई पक्राउ गर्ने तयारी ।२६. संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गर्ने तयारी थालिएको जानरकारी ।२७. अहिले पीडित भनिएकी महिलाको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण हुँदै ।२८. उजुरी परेलगत्तै राणालाई निलम्बन गरिएको गृहमन्त्रालयको भनाइ ।२९.नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न गृहकार्य शुरु ।३०. मुद्रास्फितिलाई मुख्य चुनौतीका रुपमा लिंदै अर्धवार्षिक समीक्षाले सोहीअनुरुप नयाँनीति लिने राष्ट्रबैंकद्वारा जानकारी ।३१. चालु आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका तथ्याँक संकलन गर्ने कार्य जारी ।३२. ब्याजदर स्थायीत्वतर्फ उन्मुख भएको भन्दै बैंकर र विज्ञको सुझावअनुसार व्यवस्थाहरुमा सुधार गर्ने केन्द्रीय बैंकको भनाइ ।३३. कृषि विकास बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने समय सकियो।३४. बैंकले माघ १४ गतेदेखि ऋणपत्र ल्याएको थियो निष्काशनमा ।३५. २ अर्ब ५० करोड मध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुने बैंकद्वारा जानकारी ।३६.काठमाडौंको भृकुटीमण्डपमा छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो शुरु ।३७. नेपाली उद्यमी र आम नागरिकका लागि नयाँ उत्पानसँग परिचित गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक मिडिया स्पेस सोलुसन्सद्वारा जानकारी ।३८. मेलामा फर्निचर, काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग विषयमा जानकारी पाउने ।३९. साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेर छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार।४०. तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ र चाँदी आठ सय नब्बे रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा जानकारी ।४१. नेप्से यो साता १३ सय २५ दसमलव ३,८ अंकमा ।४२.एक सय ७८ कम्पनीहरुको ७२ हजार एक सय ८८ वटा कारोवार हुंदा ६ अर्ब ५४ करोड २७ लाख ७७ हजार चार सय ४६ रुपैयाँ ।४३. साताको पहिलो दिन २० दसमलव ७,९ अंकले घटेर १२ सय ७६ दसमलव ६,८ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दसमलव एक अंकले घटेर दुई सय ७४ दसमलव ६,२ अंकमा ।४४. अन्तिम कारोवार दिन नेप्से १९ दसमलव ५१ अंकले बढेर १३ सय २५ दसमलव ३८ अंकमा ।४५.बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि ।४६. राष्ट्रिय बाणिज्य बैंकद्धारा बिभिन्न बचत खाताका लागि नयाँ व्याजदर सार्वजनिक ।४७. बैंकले खातामा रकमको न्यूनतम सिमा तोक्दै गरेको छ व्याजदर निर्धारण ।४८. सामान्य बचत खातामा ४ प्रतिशत व्याज दिईने राष्ट्रिय बाणिज्य बैंक बचत खाता, सुनौलो बचत खाता, डाएमण्ड बचत खाता, कर्मयोगी बचत खातालगाएतमा ६ प्रतिशत व्याज दिने ।४९.नयाँ व्याजदर माघ १८ गते अर्थात शनिबारदेखि लागू हुने ।५०. काठमाडौंको चन्द्रागिरीस्थित कंकाली माध्यमिक विद्यालयको मनायो ३७ आँै वार्षिकउत्सव ।५२.आर्थिक संकटमा परेका सबै विद्यालयलाई भौतिक पूर्वाधार तथा अन्य सहयोग गरिने संघीय सांसद कृष्णगोपाल श्रेष्ठको प्रतिबद्धता ।५३. हरेक वडामा नमूना विद्यालय सञ्चालन योजनामा कंकाली विद्यालय सफल भएको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको भनाइ ।५४. स्थापनाकालदेखि नै विद्यालयको उपलब्धी सन्तोषजनक रहेको र आगामी दुई वर्षमा शिक्षामा ठूलो फड्को मार्ने विद्यालयको योजना ।५६. विद्यालयले अनेक उतारचढाव भोग्नु परे पनि सफलता प्राप्तिमा शिक्षक र अभिभावकको मेहनत महत्वपूर्ण हुने शिक्षिका रम्भा पौडेलको भनाइ ।५७.चौथो प्राङ्गारिक कृषि मेला पाटन संग्राहलयमा शुरु ।५८. विषादीरहित उत्पादनलाई बजारीकरण गर्नको लागि चौथो प्राङ्गारिक कृषि मेलाको आयोजना गरिएको आयोजकको भनाइ ।५९. ४ दिने मेलाले कृषिमा लागेका उद्यमीलाई बजारीकरणमा सहजता मिल्ने विश्वास ।६०. कपिलवस्तुमा पुराना रुखलाइ समयमै उत्पादन मुलककार्यमा व्यवस्थापन गरी नयाँ बिरुवाको वृक्षारोपण गर्दै वैज्ञानिक वन व्यवस्थापन शुरु ।६१. वृक्षारोपण कार्यसँगै वन संरक्षण मात्र नभइ स्थानीयले पाए रोजगारीको अवसर ।६२. हालसम्म करिव १८ हजार हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापनको काम भएको डिभिजन वन कार्यालयद्वारा जानकारी ।६३. कपिलवस्तुलगायत देशभरका अस्पतालमा जाडोका कारण विभिन्न खाले रोगको संक्रमण ।६४. वर्षासँगै मौसममा आएको फेरबदलका कारण चिसो बढ्दै जाँदा कपिलवस्तुलगायत देशभरका अस्पतालमा बिरामीको भिड ।६५. दैनिक ७० देखि ८० जना बिरामी आउने गरेकोमा चिसो बढेपछि ओपिडीमा मात्रै २ सय जना आउने गरेको जिल्ला अस्पताल तौलिहवाद्वारा जानकारी ।६६. पुल्चोक इञ्जिनियरिङ् क्याम्पसका विद्यार्थीहरुद्वारा लोकस २०२० नामक तीन प्रर्दशनीको सुरुवात ।६७. प्रदर्शनीले विद्यार्थीको क्षमता प्रर्दशनका साथै उनीहरुको विचारलाई बजारीकरण गर्न मद्दत पु¥याउँदै आएको विश्वास ।६८. प्रदर्शनीले राष्ट्रिय आवश्यतालाई परिपूर्ति गर्न सहयोग पु¥याउने लक्ष्य लिइएको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको भनाइ ।६९. भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा आफ्नै भवन निर्माण सुरु ।७०. भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले दुई वर्षमा भवन निर्माण सम्पन्न गर्ने योजना ।७१. २ सय १० जना क्षमता भएको सभा कक्ष र ८० जना क्षमताको बैठक कक्ष निर्माण थालेको नगरपालिकाद्वारा जानकारी ।७२. खानेपानीको अभाव झेलिरहेको लमजुङको बेसीशहर–२, भकुण्डेमा दीर्घकालिन रुपमा खानेपानी समस्याको समाधान ।७३. एलडीएससी तथा च्वाईस नेपालको साझेदारीमा बृहत खानेपानी आयोजना सम्पन्न भएसँगै भकुण्डेबासीका सर्वसाधारण खानेपानीको समस्याबाट मुक्त ।७४. बृहत खानेपानी आयोजना सम्पन्न भएसँगै एकघर एक धारा अभियानमा ठूलो सहयोग पुगेको नगरपालिकाको भनाई ।७५. आयोजना दुई करोड भन्दा बढि लागत लाग्ने अनुमान गरिएपनि उपभोक्ताको क्रियाशीलतामा कम खर्चमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिको ठहर ।७६. वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट प्रहरीले गर्यो उद्धार ।७७. मानव बेचबिखनको अभियोगमा दोलखा तामाकोशी गाउँपालिका–४ का सुदीपबाबु पोखरेल पक्राउ ।७८. ईलामको माङसेबुङ गाउँपालिका ३ का बिशाल राई र शिव कुमार राई, भरुवा बन्दुक २ थान र बारुद १ सय ५० ग्राम सहित पक्राउ ।७९. ललितपुर झम्सीखेलको द वर्गर हाउसमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर तामाङ सहित ६ जना, नगद ३ लाख ७० हजार रुपैयाँ सहित पक्राउ ।८०. दाङ नवलपुरका मिनराज घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा तिलक पुन सहित ५ जना, नगद ३७ हजार ५ सय ४० रुपैयाँ सहित पक्राउ ।विचौलिया पक्राउ८९. ललितपुर कुसुन्तीको यातायात कार्यालयमा बिचौलिया काम गरेको अभियोगमा राजकुमार दुलाल सहित ५ जना पक्राउ ।९०. गोरखामा, विद्यालयमा दूध र्पुयाउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङ ग १ ख ८०२७ नम्बरको टिपरले किचेर मारेपछि स्थानीयद्धारा तोडफोड र आगजनी ।९२. गोरखा नगरपालिका १० अमलापानीकी मनमाया टिपरको ठक्करबाट भुइँमा लडेपछि टिपरले ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी ।९३. मोरङ, रुपन्देही र पर्साका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु ।९४. मोरङमा को.१ ख ३२०२ नम्बरको बसले को.३९ प ७६०७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बुद्धिमान राईको मृत्यु ।९५. रुपन्देहीमा लु.३८ प ४५५४ नम्बरको मोटरसाइकल र लु.१ ज ३०९० नम्बरको भ्यान ठक्कर खादाँ प्रकाश भट्टराईको मृत्यु ।९६. पर्सामा बा.१५ च ७७७१ नम्बरको स्कार्पियो गाडी दुर्घटना हुँदा आकास पटेलको मृत्यु ,३ जना घाइते ।९७. काठमाडौं,नारायणटारका होमनाथ पौडेलको घरबाट नगद तथा सुनका गरगहना समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी ।९८. पर्साको पर्सागढी नगरपालिका ७ को वडा कार्यालयबाट डेस्कटप कम्प्युटर र फोटोकपी मेसिन चोरी ।९९.जनकपुर उपमहानगरपलिका १० मा पंकज साहको कल्पना मेडिकल औषधी पसलमा विद्युत सर्ट भई आगलागी, क्षतिको विवरण आउन बाँकी ।१००.“स्वास्थयको लागि खेलकुद र समृद्ध राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ वीरगञ्जमा प्रदेश नम्बर २ को, प्रथम प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने ।
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६ ०३:४६