पाठ्य पुस्तकमा केन्द्रित हुँदा बाहिरी ज्ञानकाे अभाव

काठमाडौं । नेपालमा किताब पढ्ने संस्कार दिनप्रतिदिन बढ्दै गएको छ । तर नयाँ पुस्ता भने शैक्षिक पाठ्य पुस्तकमा मात्र केन्द्रित हुने गरेकाले उनीहरुमा बाहिरी ज्ञान अभाव रहेको सरोकारवालाहरुको भनाइ छ ।

किताब यात्रा फाउण्डेशनले आयोजना गरेको ‘किताब जात्रा’ २०२० मा सहभागी लेखक तथा अभिनेता हरिवंश आचार्यले केही केही वर्ष पहिलेसम्म पठन संस्कृतिको विकास नभएकोमा अहिले भने त्यसको ठिक विपरित अवस्था रहेको बताउनुहुन्छ । पठन पाठनले संस्कृतिको व्यक्तित्व विकास गर्ने र असल किताबले भविष्य उज्वल बनाउने उहाँको भनाइ छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको उदाहरण दिदै आचार्यले कुनै किताब र लेखन कहिल्यै पुरानो नहुने तर्क गर्नुहुन्छ । बरु लेखकको लेखनशैलीबाटै किताबको मूल्यांकन हुने उहाँको भनाइ छ ।
पाठकको संख्या र उत्साह बढे पनि नेपालमा किताब बजार ब्यस्थापन भने राम्रो नभएको लेखक शोबिता सिंखडाको गुनासो छ । राम्रो बजार व्यवस्थानपन नहुँदा, राम्रो पुस्तक पढ्न पाउने अधिकारबाट पाठकहरु बञ्चित हुने उहाँको भनाइ छ ।

प्राज्ञ तथा लेखक सरुभक्त अहिले धेरैजना ज्ञान, दर्शन र विज्ञानबाट पीडित रहेको बताउनुहुन्छ । त्यसबाट बाहिर निस्केर मौलिक चिन्तन गर्न नसक्नु अहिलेको सबैभन्दा जटिल समस्या रहेको उहाँको बुझाइ छ । सीमित वैचारिक घेरा र साँघुरो चिन्तनबाट अतिरिक्त मौलिक साहित्य सिर्जना हुन नसक्ने उहाँको ठम्याइ छ । मौलिक सिर्जनाको अभावमा पाठकको विश्वास जित्न नसकिने लेखक सरुभक्तको दाबी छ ।

नेपालमा बढ्दै गएको पाठक संख्या र हुर्कदै गएको पठन संस्कृतिले पुस्तक व्यवसायमा आशा गर्ने आधार बनेको व्यवयायीको भनाइ छ । किताब जात्रा २०२०’ का आयोजक तथा वितरक किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारी राम्रो प्रवद्र्धन गर्न सके नेपालमा किताबको बजार आशा लाग्दो रहेको बताउनुहुन्छ ।

व्यवसायीहरुका अनुसार नेपालको किताब बजार केही शहरमा मात्र सीमित छन् । त्यसैले किताबको बजारलाई गाउँ गाउँसम्म पुर्याउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलामा सात सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ…