राष्ट्रपति ट्रम्पकाे शान्ति याेजना अरब लिगद्वारा अस्वीकार

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व शान्ति योजनालाई अरब लिगले अस्वीकार गरेको छ ।

इजिप्टको राजधानी कायरोमा बसेको अरब लिगको आपतकालीन बैठकले ट्रम्पको योजना केवल शान्ति योजना मात्र नभएको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने निर्णय गरेको हो ।

खाडी मुलुकहरुको साझा संस्था अरब लिगले वक्तव्य जारी गर्दै अमेरिका(इजराइलबीचको ’शताब्दीको सम्झौता’ अस्वीकार गर्ने जनाएको छ । ट्रम्पको योजनाले प्यालेस्टाइनी नागरिक आधारभूत अधिकारबाट बञ्चित हुने बताइएको छ । केही दिन अघि ट्रम्पले १ सय ८१ पेज लामो मध्यपूर्व शान्ति योजनाको प्रस्ताव इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई राखेर सार्वजनिक गरेका थिए ।

प्यालेस्टाइनका प्रधानमन्त्री महुमद अब्बासले खाडी मुलुकहरुलाई ट्रम्पको प्रस्तावमाथि स्पष्ट धारणा बनाउन बैठक आव्हान गरेका थिए । यसअघि मध्यपूर्व शान्ति योजनाका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनी चान्सलर एन्जेला मर्केलले पनि टेलिफोन वार्ता गरेका थिए । तर, वार्तामा के कुरा गरे भन्ने खुलाइएको छैन ।

ट्रम्पले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट बैंकका बस्तीमाथि इजरायलको सार्वभौमिकता पनि प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…