गाँउपालिकाबाट सिपमूलक तालिम, आत्मनिर्भर बन्दै एकल महिला

पाल्पा। गाउँघरमा एकल महिला दिदीबहिनीहरु एक्लो र बेसाहारा जीवनयापन गर्न बाध्य छन् । एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता ज्यादै न्यून छ । भत्ताले उनीहरुको आवश्यता र घर खर्च चलाउनसमेत निकै कठिन हुने गर्दछ ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाले तीनै एकल महिलाको जीवनस्तर उकास्न र आयआर्जनमा टेवा पुर्याउन सिप विकास सम्बन्धी तालिम वडा वडामा विस्तार गरेको छ । गाउँपालिकाले एकल महिलालाई लक्षित गरी सिप विकासका कार्यक्रमलाई प्राथमितामा राखेकाे हाे । गाउँघरमा काम र सिपको अभावमा आयआर्जनबाट वञ्चित भएका एकल महिलालाई स्वारोजगारतर्फ उन्मुख गराउन गाउँपालिकाले परालको जुक्ताचप्पल बनाउने तालिम विस्तार गरेको हो ।

गाउँघरमा खेर गएका स्थानीय कच्चापदार्थको सदुपयोग गरी आयआर्जनमा वृद्धि गर्न तालिम दिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । बेसाहारा र एक्लोपनको महसुश गर्ने एकल महिलाहरुले घरआगनमै तालिम पाएपछि आर्थिक उपार्जनमा टेवा पुगेको अध्यक्ष जिसीले उल्लेख गर्नुभयाे । गाउँमा खेर गइरहेको परालको सदुपयोग गर्दै जुक्ता बनाउने तालिम सञ्चालन भएपछि रिब्दीकोट–८ फेकका १८ जना महिला दिदी बहिनी उत्साहित भएका छन् ।

स्थानीय सरकारले एकल महिलाको मर्म बुझेर तालिम प्रदान गरेकोमा एकल महिला समन्वय समिति फेककी अध्यक्ष तारा कुमारी रायमाझीले खुशी व्यक्त गर्नुभयो । समाजमा सिप सिकेर केही गर्न सकिन्छ है भन्ने आत्मविश्वास सिर्जना हुनुका साथै तालिमले घर व्यवहार चलाउन सहयोग पुगेको समितिका अध्यक्ष रायमाझीकाे भनाइ छ ।

एकल महिलालाई जीवन निर्वाह गर्न कठिन भइरहेको अवस्थामा जुक्ता बनाउने तालिमले फाइदा पुग्ने रिब्दीकोट–८ फेककी सपना पुलामीकाे विश्वास रहेकाे छ । गाउँपालिकाले उत्पादित वस्तुहरू खरिद गरिदिने भएपछि बिक्री नहुने हाे कि भन्ने डरसमेत नरहेकाले आफूहरू ढुक्क भएकाे पुलामीकाे भनाइ छ । गाउँपालिकाले यसअघिबाट नै बत्ति काट्ने, पर्स बुन्ने, परालकै जुक्ता बनाउने लगायतका  तालिम प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।