कतार स्पोर्टस् डे पार्टी तथा भ्यालेन्टाइन इभ हुँदै

काठमाडौं । भ्यालेनटाइन डेको अवसरमा ‘कतार स्पोर्टस् डे’ तथा ‘भ्यालेन्टाइन इभ’ हुने भएको छ ।

कार्यक्रम सांगीतिक कार्यक्रमको आयोजनासहित फ्रेब्रुअरी १२ र १३ मा कतारको ‘एसिएन दोहोरी तथा गजल’ नामक क्लबमा आयोजना हुने भएको हो ।

कार्यक्रममा हाल सर्वाधिक चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत तथा गायिका प्रीति आलेले प्रस्तुती दिने जनाइएको छ । त्यस्तै, बुगीउगीका रविन भुजेल, सावित्री तामाङ, सोनु गुरुङलगायतले आफ्ना प्रस्तुती दिने जानकारी दिइएको छ ।

कतारको दोहामा रहेको एसिएन क्लब मिठा परिकार तथा संगीतिक कार्यक्रमका लागि त्यहाँ रहेका नेपाली माँझ प्रख्यात रहेको क्लबका सञ्चालक प्रविण गुरुङले बताउनुभयाे । युवा समाजसेवी समेत रहनुभएका गुरुङका अनुसार यस कार्यक्रमको उद्देश्य मनाेरञ्जन प्रदान गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२० का लागि सहयोग गर्नु रहेको छ ।

सञ्चारकर्मी विवेक खतिवडाकाे सञ्चालन रहने यस कार्यक्रमले कतारमा बस्ने नेपाली तथा विदेशी नागरिकका लागि मनोरञ्जन प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…