यस्ता छन् चीनबारे जान्नै पर्ने १३ राेचक कुरा

एजेन्सी । सुपर पावरको बाटो रहेको चीनको कमान सी चिनफिङकाे हातमा रहेकाे छ । सी चिनफिङ विस्तारै विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति बन्ने बाटोमा छन् ।

आफ्नो देशभित्रै पनि चिनफिङको उचाइ कम्युनिष्ट पार्टीका पहिलो नेता मा ओत्से तुङ बराबर भएको छ । सी चिनफिङ पुनः नेतृत्वमा पुगेपछिकाे अहिलेसम्मकाे अवस्था हेर्दा विश्वको ध्यान चीन केन्द्रित भइरहेकाे अथार्थ नै हाे ।

चीनबारे जान्नैपर्ने १३ कुरा
१. अमेरिकाले सय वर्षमा जति सिमेन्टको प्रयोग गरेको थियो, चीनले त्यो भन्दा पनि धेरै सिमेन्ट सन् २०११ देखि २०१३ को बीचमा प्रयोग गरेको थियो । चीनले यी तीन वर्षभित्र ६,६१५ मिलियन टन सिमेन्टको प्रयोग पूर्वाधार विकासमा लगाएको थियो ।

२. २००० इसा पूर्वको आसपास आईस्क्रिमक खोज सबैभन्दा पहिले चीनमै भएको थियो । पहिलो आइस्क्रिम दूध र चामल मिसाएर बनाइएको थियो ।

३. नेपाल भन्दा ६७ गुणा ठुलो भए पनि चीन एउटै मात्र टाइम जोनमा रहेको देश हो ।

४. चीनमा बढ्दो वायु प्रदुषणका कारण त्यहाँ शुद्ध हावाको क्यान बेच्न थालिएको छ। शुद्ध हावा पाँच युआन प्रति क्यान बेच्ने गरिएको छ। शुद्ध हावा तीन प्रकारका छन् । १. (तिब्बतको असली हावा) २. क्रान्तिकारी याहयान र, ३. पोष्ट-इन्डस्ट्रियल ताइवान ।

५. हामीले चाउमिन या अन्य परिकारसँग खाने ससको प्रयोग पनि चीनबाटै सुरू भएको थियो । त्यसैगरी मसालेदार माछाको सस पनि यहीँको उत्पादन हो ।

Dong Xiwen: The Founding Ceremony of the Nation (1951), showing Mao proclaiming the birth of the People’s Republic of China from the Imperial Palace Gate at Tiananmen Square, 1949

६. फुटबल खेलका लागि चीनलाई नै श्रेय दिइन्छ। फिफाका आठौँ अध्यक्ष सेप ब्लाटरले पनि फुटबलको सुरूवातका लागि चीनलाई नै श्रेय दिएका थिए । विज्ञहरूका अनुसार चीनमा फुटबलको खोज दोस्रो र तेस्रो शताब्दीमा भएको थिययो । चीन आधिकारिक रूपमा नास्तिक देश हो । तर यहाँ इटलीको जनसंख्या भन्दा धेरै ईसाई धर्मावलम्बी छन् । चीनमा ईसाई धर्म मान्ने करिब ५ करोड ४० लाख मानिस रहेका छन् । जबकि इटलीमा ४ करोड ७० लाख मानिसको बसोबास छ । यही गतिमा जाने हो भने चाँडै नै चीन विश्वकै सबैभन्दा ठुलो ईसाई देश बन्न सक्नेछ ।

८. चिनियाँ कुकुरको पनि मासु खान्छन् । तर, केही वर्षयता यसमा व्यापक कमी आएको छ । अब चिनियाँले कुकुर बिरालोलाई घरपालुवा जनवार बनाएर राख्न थालेका छन् । यहाँ मानिसको मन पर्ने मासु सर्पको पनि हो ।

९० चीनमा हरेक दिन औसत १७ लाख सुँगुर काटिन्छन् । चीनमा सुँगुरको मासु सबैभन्दा धेरै मन पराइन्छ । तर, थोरै कमाई हुनेका लागि भने सुँगुरको मासु किन्न सजिलो भने छैन ।

१०. हङकङका चिनियाँहरू एक एक दिन छुट्टी लिएर आफ्ना पूवर्जको चिहानको सफाई गर्न जाने गरेका छन् ।

११. परम्परागतरूपमा चीनका महिला रातो रंगको लुगामा विवाह गर्छन् । रातो रंगलाई चीनमा भाग्यमानी रंग भनिन्छ । जबकि सेतो रंगलाई यहाँ मृत्युको प्रतीकका रूपमा लिइन्छ ।

१२. विश्वमा रहेका हरेक पाँचजना मानिसमा एकजना चिनियाँ रहेका छन् ।

१३. सन् १९७८ मा चिनिया कम्युनिस्ट पार्टीले पूँजीवादी बजार सिद्धान्त पेश गरेको थियो । जब १९८० को दशकमा चीनले जब आफ्नो बजार खोल्यो, तबदेखि चीन विश्वको सबैभन्दा ठुलो उत्पादक बनेको छ । चीनको अर्थ व्यवस्था पछिल्लो तीन दशकबाट औसत १० प्रतिशतका दरले बढ्यो । यस्तो सन् २०१० मा रह्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलामा सात सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ…