गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
१.परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरुको पहिचान गरी कारबाही गर्न महिला तथा सामाजिक समितिको गृह मन्त्रालयलाई निर्देशन ।
२.समितिद्धारा बालबालिकाको हित प्रवद्र्धनका लागि खुलेका गैरसरकारी संस्थाहरुको काम कारबाहीमा पारदर्शीता कायम गराउन निर्दैशन ।
३.सूचनाको हकसम्बन्धि ऐन २०६४ अनुसार हरेक तीन महिनामा अध्यावधिक विवरण अनिवार्य रुपमा प्रकाशन गराउने व्यवस्था मिलाउन पनि समितिद्धारा मन्त्रालयलाई निर्देशन ।
४.नेपाल बाल संगठनको चल अचल सम्पत्ति र बालबालिकाको संरक्षकत्व तत्काल मन्त्रालय मातहत ल्याउन सरोकारवालालाइ समितिको निर्देशन ।।
५.दिगो विकास तथा सुशासन समितिद्धारा ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन ।
६.इजलासको कार्यसम्पादन कस्तो छ, कस्ता मुद्धाहरु आउँछन्, चुनौतीहरु के छन् ? भन्ने विषय बुझ्न समितिले गरेको हो अनुगमन ।
७.जनतासँग प्रत्यक्ष सरोकार भएका विषयहरु भएकाले इजलास, फैसला गर्ने तरिका र चुनौतीका विषयमा समितिले लियो जानकारी ।
८.क्षेत्राधिकार भन्दा बाहिरका मुद्धाहरु बढी आउने भएकाले लक्ष्य अनुसार न्याय दिन नसकिएको न्यायिक समितिका पदाधिकारीहरुले गरे गुनासो ।
९.समितिको वार्षिक कार्यक्रम अनुसार महानगरको इजलास समितिको गरिएको हो अनुगमन ।
१०.कोरोना भाइरसबारे जनचेतना फैलाउने उद्देश्यले चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालद्धारा चेतनामूलक कार्यक्रम ।
११.कोरोना भाइरसबाट बच्ने उपायबारे जानकारी गराईएको शिक्षण अस्पतालका प्रिन्सिपल प्रायापक डाक्टर महेशचन्द्र माथुरको भनाई ।
१२.सामान्य रुघाखोकी लाग्दैमा आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै सावधानी अपनाएमा यस रोगबाट सजिलै जोगिन सकिने माथुरको भनाई ।
१३.राम्रोसँग हात धुने, सहि तरिकाले मास्क लगाउने, रुखाखोकी लागेको बिरामी वा बिरामीको हेरचाह गर्ने तथा पशुपन्छीको हेरचाह गर्ने व्यक्तिले विशेष सावधानी अपनाउनुपर्ने ।
१४.शिक्षण अस्पतालको कम्युनिटी मेडिसिन विभागकी डाक्टर प्रिया पाठक र डाक्टर प्रेरणा वंशलद्धारा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने तर्क ।
१५.भिडभाडमा नहिड्ने, रुघाखोकी लागेको अवस्थामा स्वास्थ्य संस्था गएर चेकजाँच गराउँदा रोगको सङ्क्रमणबाट जोगिन सकिने उहाँहरुको भनाइ ।
१६.उपत्यकाभित्र बढ्दो जनसंख्या र फितलो सवारीसाधनको व्यवस्थापनका कारण सर्वसाधारणहरु समस्या झेल्न बाध्य ।१७.सवारी चालकहरुले पनि जथाभावी सडकमा यात्रु ओराल्ने र चढाउने गर्दा काठमाडौंको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त ।१८.व्यवस्थाका लागि नियमित र नियम अनुसार अनुगमन पालना गरेको ट्राफिक प्रहरिको भनाई ।१९.चालकहरुले बस स्टपमा मात्र बस रोक्नु पर्छ भन्ने कुरा ध्यान नदिदा सवारी जाम भइरहेको यात्रुहरुको भनाई ।२०.सवारी साधन व्यवस्थापनका लागि सरकारले कडा नियम बताउनु पर्नेमा यात्रुहरुको जोड ।२१.सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ४ वेल्ही चपेनाका १२ दलित मुसहर परिवारको घर भत्काएपछि विच्चलीमा ।
२२.न्याय गुहार्दै सदरमुकाम राजविराज आएका उनीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा वुझाए ज्ञापन पत्र ।२३.दलित मुसहर बस्तीलाई हटाउन अदालतबाटै आदेश भएपछि घर भत्काइएको कारणले १२ परिवारका एक सयभन्दाबढी मुसहर समूदाय अलपत्र ।
२४.रामबहादुर मण्डलले आफ्नो निजी जग्गामा बस्ती रहेको भन्दै रिट हालेपछि अदालतबाट बस्ती हटाउन जारी भएको हो आदेश ।२५.दलित बस्तीमा जानकारी नै नदिई डोजर लगाइ घर भत्काइयको मुसहर समुदायको गुनासो ।
२६.उपभोक्ताको ढाड सेकिने गरी मासुजन्य पदार्थमा मूल्यवृद्धि ।
२७.खसीको मासु भन्दा कुखुराको मासुमा अप्रत्यासित मूल्यवृद्धि भएको खुलाशा ।
२८.मासुको मूल्यवृद्धिसँगै ग्राहक दैनिक ३० प्रतिशत घटे ।
२९.बजार अनुगमन नहुँदा मंसिर, पुष र माघमा मासुको मूल्य मनलाग्दी बढेको उपभोक्ताको गुनासो ।
३०.कुखुरामा आत्मनिर्भर भनेर चिनिने लमजुङमा ब्रोइलर कुखुराको मासु अभाव ।३१.चल्ला बिक्री नभएको भन्दै ह्याचरी व्यवसायीले एक महिनाअघि चल्ला नष्ट गरेपछि जिल्लामा हाल मासु खानयोग्य कुखुरा भएको हो अभाव ।
३२.लमजुङका कतिपय मासु पसल कुखुरा अभावकै कारण बन्द ।
३३.ग्रामीण भेगमा बोइलर कुखुरा नपाएपछि कतिपयले सदरमुकाम बाट मासु लैजान थाल, मासुको मुल्यपनि आकाशियो ।३४.बेसीशहर बजारमा कुखुराको मासु प्रतिकिलो चारसय देखि चारसय ४० रुपैयाँमा कारोबार ।
३५.ह्याचरी व्यवसायीले पुस महिनामा करिब १० दिनसम्म कुखुराका चल्ला उत्पादन गर्न छाडेपछि अहिले मासुको अभाव भएको पशुसेवा कार्यालयको भनाई ।
३६.पाल्पाको रिब्दीकोट गाउँपालिकाले शुरु गर्यो एकल महिला लक्षित सीप विकास तालिम ।
३७.काम र सीपको अभावमा आयआर्जनबाट बञ्चित भएका एकल महिलालाई स्वरोजगार तर्फ उन्मुख गराउन गाउँपालिकाद्धारा परालको जुक्ता बनाउने तालिम संचालन ।
३८.स्थानीय कच्चापदार्थको सदुपयोग गरि एकल महिलालाई परालको जुक्ता बनाउने तालिम दिएका रिब्दीकोट गाउँपालीकाको भनाई ।
३९.स्थानीय सरकारले एकल महिलाको मर्म बुझेर तालिम प्रदान गरेकोमा एकल महिला उत्साहित ।
४०.अन्य स्थानीय तहले पनि महिला उत्थानका कार्यक्रम गर्न सके असाहाय, बेरोजगार महिलालाई राहात पुग्ने सरोकारवालाको विश्वास ।
४१.नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि आज पनि मतदान जारी ।
४२.पाँच दिनका लागि मतदान तय भए अनुसार सोमबार चौथो दिन मतदान जारी रहेको केन्द्रीय निर्वाचन अधिकृत डा. योभिनकुमार यादवद्धारा जानकारी ।
४३.दुई चरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यका बाहिरका १६ वटै शाखामा आइतबार नै मतदान सम्पन्न ।
४४.पहिलो चरणमा तीन दिनसम्म भएको मतदानमा खसेको थियो कुल २ हजार ८ सय ५१ मत ।
४५.दोस्रो चरण अन्तर्गत उपत्यकामा भएको मतदानको तेस्रो दिन आइतबारसम्म १ हजार १ सय ६१ मत खस्यो ।४६.कुल ९ हजार ९ सय १६ मतदाता रहेको चिकित्सक संघको मतदान मंगलबार सम्म जारी रहने ।
४७.देशैभर शिक्षक दरबन्दी पुनर्वितरण शुरु ।
४८.मन्त्रिपरिषद्बाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि –२०७६ पास भएसँगै शिक्षा मन्त्रालयद्धारा शिक्षक पुनर्वितरण शुरु ।
४९.शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि तयार भएसँगै स्थानीय तह, पालिका, प्रदेश र जिल्लामा बढी भएका शिक्षकको पुनर्वितरण शुरु हुने ।५०.शैक्षिक सत्र २०७७ सँगै सबै तहमा पुनर्वितरण हुने गरी काम शुरु गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको भनाई ।
५१.कार्यविधि आएसँगै १२ हजार ८ सय २७ शिक्षकको दरबन्दी पुनर्वितरण हुने ।५२.प्राथमिक बिद्यालय तहमा काम गरेका शिक्षकलाई योग्यता र वरिष्ठताको आधारमा निम्न माद्ययामिक बिद्यालय तहमा पठनपाठन गर्ने व्यवस्था कार्यविधिमा उल्लेख ।
५३.चितवन राष्ट्रिय निकुञ्जमा विषाक्त खानाका कारण तीन गैडा मरेको प्ररम्भीक अययनले देखायो ।
५४.तमासपुर क्षेत्रमा एउटा गैँडा र गाँजीपुर क्षेत्रमा एक गैँडा विषाक्त खानाको कारण मरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठको भनाइ ।
५५.यस वर्ष सात महिना पुग्न लाग्दा १४ गैँडा मरेको तथ्यांक ।
५६.ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गर्यो चारवटा काठेपुल निर्माण ।
५७.वडा नम्बर १ को सावादिन, २ को खेजेनिम र ३ को लिङखिमलाई जोड्ने सिंवा, वडा नम्बर ४ इखावु र ५ को तापेथोक जोड्ने छिरुवा र तापेथोक र वडा नम्बर ६ को लेलेप जोड्ने रानीपुलमा काठको अस्थायी पुल गरिएको छ निर्माण ।
५८.१५ लाख रुपैयाँको बजेटमा बनाइएको चारवटा अस्थायी पुलले ,लेलेपको इलागाउँ, इखाबुको संसाबुसम्म गाडी पुग्यो ।
५९.पुल निर्माणपछि वडा नम्बर ७ को ओलाङ्चुङगोलाबाहेक सबै वडालाई जोडेर गाडी पुगेको गाउँपालिकाको भनाइ ।
६०.गाउँमै गाडी पुग्दा खाद्यान्न ढुवानीका साथै अन्य सुबिा पाउदाँ स्थानीय हर्षित ।
६१.नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाद्धारा ग्रामीण आपतकालीन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत दुई गाउँपालिकालाई एम्बुलेन्स वितरण ।
६२.क्यानेडिएन रेडक्रसमार्फत अनुदानमा आएका दुई एम्बुलेन्स काभ्रेको पोखरीचाँैरी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई सोमबार सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाद्धारा एम्बुलेन्सको साँचो हस्तान्तरण ।
६३.रेडक्रसको मान्यता अनुसार विश्व चल्नुपर्ने सञ्चार तथा सूचना प्रविधि बास्कोटाको भनाई ।
६४.रेडक्रसको पछिल्लो नेतृत्वले राजनीति नगरी निःस्वार्थ सेवामा लागेको भन्दै मन्त्री बास्कोटाद्धारा सहारनीयता प्रकट ।
६५.सहयोगी राष्ट्रका जनताले कमाएको रकमबाट केही रकम बचाएर नेपालीलाई गरेको सहयोगको सबैले प्रशंसा गर्नुपर्ने बास्कोटाको भनाइ ।
६६.नोवेल कोरोना भाइरस फैलिएर प्रकोपको रुप लिएपछि चीनमा उडानको तयारी गरिरहेको नेपाल एयरलाइन्सको उडान अनिश्चित ।६७. लामो समयको प्रयासपछि नेपाल एयरलाइन्सले काठमाडौंबाट चीनको ग्वाङजाउ उडान गर्ने पाएको थियो अनुमति ।
६८.एयरलाइन्सले चैतबाट उडान भर्ने तयारी गरेपनि चीनमा कोरोना भाइरस फैलिएर प्रकोपको रूप लिएपछि उडान बनेको हो अनिश्चित ।
६९.आइतबार नयाँ रेकर्डको विन्दुमा पुगेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएयो ।
७०.बजारमा छापावाला सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।७१. चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला आठ सय नब्बे रुपैयाँमा कारोबार ।
७२.साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार ।
७३.नेप्से २ दशमलव चार नौ अंकलेबढेर १३ सय ४९ दशमलव एक तीन अंकमा ।
७४.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव एक छ अंकले बढ्यो ।
७५.१ सय ७७ कम्पनीका ४७ लाख ४८ हजार ८ सय २९ कित्ता शेयर १ अर्ब ६१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार ।
७६.विभिन्न अभियोगमा पक्राउ परेका चार जना इलाका प्रहरी कार्यालय सिमराद्धारा सार्वजनिक ।
७७.हातहतियार तथा खरखजाना, लागुऔषध गाँजा र ठगी मुद्दामा पक्राउ परेका चार जनालाई गरेको हो प्रहरीले सार्वजनिक ।
७८.प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ बाट दीपलाल रामलाई हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ गरी कारवाही अगाडि बढायो ।
७९.रामको घरबाट प्रहरीले एक थान नलकटुवा पेस्तोलसहित ६ थान गोली बरामद गरेको प्रहरीको भनाई ।
८०.निजगढ नगरपालिका १३ का मंगलसिहं तामाङ्ग र रौतहटका गनहर बैठा लागुऔषध गाँजा,सहित परेका हुन पक्राउ ।
८१.चाँदीको भाँडोमा राखी सिसा जस्तो टल्किने समानलाई नागमणी भन्दै ठगी गर्दै आएका बाराका सरिक मिया धोवी ठगी गर्दागर्दै परेका हुन पक्राउ ।
८२.काठमाडौंको ज्याठाबाट गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा अजय भन्ने कोर्ते गुरुङ र टासी गुरुङ पक्राउ ।
८३.बारामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत घर बताउने ५५ वर्षीय झण्डाबाबा भन्ने रामेश्वर शर्मा पक्राउ ।
८४.मकवानपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा हेटौंडाका ७६ वर्षीय गंगाराम श्रेष्ठ पक्राउ ।
८५.धादिङ मलेखु ताल्ती कच्ची सडकखण्डबाट चरेश बनाउन प्रयोग हुने २० किलो केमिकल र नगद २ लाख ४० हजार रुपैयाँ सहित मकवानपुर सुकलाल गोम्बो समेत ५ जना पक्राउ ।
८६.नोवल कोरोना भाइरसका कारण चीनमा हालसम्म ३६१ को मृत्यु, १७ हजार भन्दा बढी मानिसमा संक्रमण भएको पुष्टि ।
८७.चीन लगायत नेपालसहितका देशमा १५० जना भन्दा बढी संक्रमित, चीनको वुहानका ४४ वर्षीय पुरुषको फिलिपिन्समा मृत्यु ।
८८.नोवेल कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको चीनको वुहानमा तीव्र गतिमा निर्माण भएको अस्पताल सञ्चालनमा आउने तयारीमा ।
८९.संक्रमित बिरामीको उपचारका लागि हप्ता दिनमा एक हजार शैयाको अस्पताल चीनले गरेको हो निर्माण ।
९०.दक्षिणी लण्डनमा छुरा प्रहार गर्ने आक्रमणकारीको प्रहरीद्धारा गोली हानी हत्या ।
९१.विस्फोटक पदार्थ बोकेका ती शंकास्पद व्यक्तिले तीन जनालाई घाइते बनाएपछि नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको प्रहरीको भनाई ।
९२.थेम्स नदी किनारमा भएको आक्रमणपछि घाइेतहरुलाई गरिएको छ अस्पताल भर्ना।
९३.मारिने व्यक्तिको शरीरमा विशेष उपकरण भेटिएकाले आतंकवादी गतिविधिमा संलग्न रहेको प्रहरीको आशंका ।
९४.राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले दिनुभयो राजीनामा ।९५.शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी ।
९६.सातदाबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा जावलाखेलद्धारा ब्रिगेड बोईज क्लब १–० गोल अन्तरले पराजित ।
९७.जितसँगै जावलाखेल तिन अंक जोड्दै १५अंक सहित सातौ स्थानमा ।
९८.अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल ।
९९.आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा ।
१००.नयाँ वरियतामा नेपालले पाएको छ २४ खेलमा १ सय ९२ रेटिङ ।