अमेरिकालाई कोरोनासँग जुध्न चीनको आग्रह

बेइजिङ । चीनले अमेरिकालाई नोवेल कोरोना भाइरससँग जुध्न आग्रह गरेको छ ।  चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भाइरससँग जुध्न आग्रह गर्नुभएको हो ।

चीनले कोराना भाइरस नियन्त्रणको लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न पनि अमेरिकालाई अनुरोध गरेको छ । कोरोना भाइरसको महामारीविरुद्ध लड्न चीन सरकार र जनताले कुनै कसर बाँकी नराखेको बताउँदै उहाँले यस महामारी फैलन नदिनेतर्फ भइरहेका प्रयासमा निकै प्रगति भइरहेको जानकारी दिनुभयो । प्रवक्ता चुनयिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनबाट अमेरिका आउनेलाई प्रवेशमा कडाइ गरेको विषयबारे सोधिएको प्रश्नमा यस्तो धारणा राखेका हुन् ।

इबोला, सार्स र मर्सजस्ता भाइरसको महामारीका तुलनामा चीनमा यस पटक सरकारको विशेष सतर्कता र स्वास्थ्यकर्मीको व्यापक परिचालनका कारण कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बताएका छन् । प्रवक्ता चुनयिङले कोरोना भाइरसको महामारी रोक्न चीन सक्षम हुने विश्वास पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…