काठमाडौं । नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको छ । २० लाख पर्यटक भित्र्याउने मुलुकको सपना छ । बढी पर्यटक छिमेकी मुलुक चीनबाट योजना छ । चीनबाट कम्तीमा ५ लाख पर्ययक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष तय गरिएको हो । पर्यटनमा चीनले सहयोग गर्ने आशमा भ्रमण अंग्रेजी नयाँ वर्ष धुमधामसँग भ्रमण वर्ष शुभारम्भ गरियो । नेपालमा भ्रमण वर्ष शुभारम्भ भएको महिना नबित्दै अर्थात् १ डिसेम्बरमै चीनको उहान प्रान्तमा नोवेल कोरोना भाइरस भेटियो । चीनमा त्यसले महामारीको रुप लिएको छ ।
विश्वका अन्य २३ राष्ट्रलाई समेत सताएको छ । कोरोना भाइरस संक्रमण बढेपछि चीनमा मासिन घर बाहिर निस्कन छोडेका छन् । उहानमा विमान स्थल बन्द छ । सडकमा यातायात समेत चलेको छैन । सधंै निकै चहलपहल भइरहने शहर सुनसान भएको छ । यदि कोराना पूर्ण रुपमा नियन्त्रण नहुने हो भने विश्वमा अन्य राष्ट्रको हालत पनि चीनको जस्तै हुनेछ । अनि नेपालले तय गरेको भ्रमण वर्षमा त्यसले गम्भीर रुपमा असर पार्नेछ । भ्रमण वर्षमा कोरोना प्रहार हुनेछ ।
चीनबाट ५ लाख पर्यटक अपेक्षा, रणनीति नै बदल्नु पर्ने अवस्थाभ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सपना छ । अझ बढी चीनका पर्यटक ल्याउने सपना छ । यो सपना हामी अँग्रेजी नयाँ वर्ष मनाउने तयारीमा संकटमा पर्न गयो । नोबेल कोरोना भाइरसको संक्रमणले चीन आक्रान्त भयो । ३१ डिसेम्बरमै चीनको उहान प्रान्तमा कोरोना भाइरस भेटियो । अहिले चीनको २२ प्रान्त र २३ देशमा कोरोनाको संक्रमण छ । नेपालको संसदमा समेत कोरोनाकै चर्चा भएको छ ।
चीन संक्रमणमा पर्दा सबैभन्दा बढी मार हामी खेपिरहेका छौँ । छिमेकी देश चीनबाट आउने पर्यटक घट्ने भएपछि नेपालले नयाँ वैकल्पिक बजार खोज्नु पर्ने भएको छ । कोरोना भाइरस फैलिन नदिन नेपालले आवश्यक सतर्कता अपनाएको भन्दै ढुक्क भएर नेपाल भ्रमण गर्न आग्रह गर्नु परेको छ । होटल संघ नेपाल र नेपाल भ्रमण वर्ष–२०२० सचिवालयले संयुक्त पत्रकार सम्मेलन गरी छिमेकी देश चीनले नोबेल कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाएकाले नेपाल आउने पर्यटक कम हुने अनुमान गरिएको छ । तर नेपाल सुरक्षित रहेको र कुनै समस्या आए त्यसको समाधान गर्न नेपाल सक्षम रहेको सन्देश प्रवाह जरुरी भएको छ । नेपाल भ्रमण वर्ष राष्ट्रिय कार्यक्रमको शुरुमै फैलिएको कोरोना प्रकोपले लक्ष्यमा समस्या पर्न सक्ने भन्दै विश्वभर प्रभाव देखिएको भाइरसबारे अबको तीन महिना नेपाल पर्ख र हेरको अवस्थामा बस्नु पर्ने भएको छ । फेरि नयाँ रणनीति अपनाउनु पर्ने भएको छ ।
पर्यटनका हिसाबले नेपालको दोस्रो ठूलो बजार चीनबाट पर्यटन आगमन घट्ने भएपछि होटल संघ नेपालले नयाँ बजारको विकल्प खोज्नुपर्ने धारणा राखेको हो । हालसम्म नेपालमा एक जनामा संक्रमण देखिएको र ती बिरामी स्वस्थ भइसकेको र बाँकी पाँच जनामा शंका देखिए पनि उनीहरु सुरक्षित छन् । आजसम्म कुनै होटलमा संक्रमणको लक्षण नदेखिएको र उच्च सतर्कता अपनाउन सबै होटललाई आग्रह गरिएको छ । कोरोनाबारे अनावश्यक हल्ला फैलिएकाप्रति भने असन्तुष्टि पनि छ ।
सन् २०१९ मा १ लाख ६९ हजारको हाराहारीमा चीनबाट पर्यटक नेपाल भित्रिएका थिए । २०२० मा सरकारले चीनबाट मात्रै पाँच लाख बढी पर्यटन भित्र्याउने लक्ष्य राखेको थियो । अब भने लक्ष्यअनुरुप पर्यटक भित्र्याउन छिमेकी मुलुक भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसिया लगायत मुलुकबाट प्रयास गर्नुपर्ने भएको छ । होटल संघ नेपाल र भ्रमण वर्ष सचिवालयले चीनमा भएको प्रकोपप्रति दुःख व्यक्त गर्दै भाइरस अन्त फैलन नदिन अपनाएको सतर्कता स्वागतयोग्य रहेको बताएको छ ।
संसदमा कोराना क्रन्दन, मन्त्रीको जवाफमा सांसद असन्तुष्टिमंगलबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराउँदा सबैभन्दा बढी उठाएको प्रसंग हो कोरोना संक्रमितलाई उद्धारमा किन ढिलाइ ? चीनमा रहेका नेपालीलाई किन नल्याएको वा संक्रमण देखिएको भए किन ल्याउने भन्ने जिज्ञासा थियो सांसदहरुको । सांसदहरुको प्रश्न थियो ः किन ढिलो भइरहेको छ नेपालीलाई ल्याउने प्रक्रिया ?
१ सय ८० नेपाली विद्यार्थी ल्याउने तयारी भनिए पनि अरु व्यवसायी व्यापारीलाई पनि ल्याउनु पर्छ कि पर्दैन ? अरु देशले उद्धार गरिसक्दा नेपालले किन सकेन, स्रोतसाधन नभएको हो त ?
सांसदहरुको प्रश्नपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जवाफ दिँदै भन्नुभयोः डब्लुएचओको तथ्यांक अनुसार, १७ हजार ३ सय ५१ कोरोना संक्रमित छन् । तीमध्ये १७ हजार २ सय ३८ चीनमै छन् । ७ सय माथि मरेको भनिए पनि ३ सय ६२ को मात्र मृत्यु भएको छ । ३ सय ६१ चीनमा र एक चिनियाँ नागरिक फिलिपिन्समा मरेका हुन् ।
सांसदहरुको जिज्ञासापछि मन्त्रीको स्पष्टिकरण थियोः नेपालमा ९ जनवरीमा एकजना उहान प्रान्तबाट पढेर आएका विद्यार्थी १३ जनवरीमा परीक्षण गर्दा कोरोना भेटिएको थियो । उनी पनि निको भइसकेका छन् । नेपालमा अहिलेसम्म संक्रमितको आशंकामा १३ जनाको स्वास्थ्य परीक्षण ग¥यौँ । तर कसैमा कोरोना भेटिएको छैन ।
यति मात्र होइन, चीनमा रहनु भएका विद्यार्थीलाई उद्धार गर्न सरकार तयार छ । ल्याउँदा गर्नु पर्ने व्यवस्थामा लागेका छौँ । नेपालमा ल्याएर राख्ने थलो कस्तो बनाउने भन्नेमा सरकारले पूर्वतयारी गरिरहँदा कोरोना संक्रमण भएको देखिए नल्याउँदा नै देशको हित हुने सांसदहरुको तर्क छ।
सुनमा नयाँ रेकर्ड, चिनियाँ पर्यटकीय बजार सुनसानचीनबाट फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा आर्थिक कारोबार शून्यप्रायः बन्दा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै गएको छ । अन्तर्राष्ट्रिय बजार अन्यौलताबीच सुनको मूल्य नेपाली बजारमा ८० हजार नाघ्ने अनुमान छ । छिमेकी देश चीनबाट फैलिएको नोबेल कोरोना भाइरसका कारण यतिबेला अन्तर्राष्ट्रिय आर्थिक बजार ठप्पप्रायः बनेको छ । न्यूयोर्क मार्केटमा आर्थिक गतिविधि शुन्य छ । अन्तर्राष्ट्रिय शेयर बजार गिर्दाे अवस्थामा छ । डलरको मूल्य पनि घट्दो छ ।
अन्य सबै क्षेत्रप्रति लगानीकर्ताको विश्वास गुम्दा सुरक्षित लगानीको खोजीमा सुनप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण बढेको छ र सुनतर्फ लगानी बढ्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारकै असर नेपालमा पनि परेको छ । पुस २३ गते तोलाको ७६ हजार ५ सय रुपैयाँको नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आइतबार र सोमबार निरन्तरता पाएको छ । सन् २०२० भित्र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७ सय डलर नाघ्ने अनुमान भइरहेको छ । यसो हुँदा नेपाली बजारमा सुन प्रतितोला ८० हजार नाघ्ने छ । अहिले लगातार मूल्य बढेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
एकातिर इरान अमेरिकाबीचको तनाव अर्काेतिर चीन अमेरिकाबीचको व्यापार युद्धको विषय सकारात्मक दिशातर्फ उन्मुख बन्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको थियो । हाल चीनमा फैलिरहेको कोरोना भाइरसका कारण लगानीकर्ताहरु सुनतर्फ आकर्षित बन्दा मूल्यले एकपछि अर्को रेकर्ड बनाउँदै गएको हो । सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाइरहने हो भने गरगहनाका विषय नेपालीको पहुँचभन्दा बाहिरको विषय नबन्ला भन्न सकिन्न ।
चिनियाँ पर्यटकको विशेष चहलपहल हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, जीप फ्लायरलगायतका क्षेत्र पर्यटन बजार पनि सुनसानजस्तै बन्न थालेका छन् । नेपाल भ्रमण वर्ष–२०२० थालनी गरेको एक महिना नबित्दै चीनमा देखिएको कोरोना भाइरस र अन्नपूर्ण क्षेत्रमा देखिएको हिमपहिरोका कारण पर्यटकहरुको आगमनमा प्रभाव परेको हो । भ्रमण वर्षमा चीनबाट धेरै पर्यटक भित्रिने आशा गरिएको थियो । तर कोरोना भाइरसका कारण पर्यटकहरुले होटलको बुकिङ रद्द गरिरहेका छन् भने कतिपयले भ्रमण नै रद्द गर्दै गएका छन् । दैनिक १ हजार भन्दा बढी संख्यामा पर्यटक पुग्ने अन्नपूर्ण क्षेत्र हिमपहिरोपछि शून्यप्राय छ ।
नेपाल घुम्न आउने पर्यटकका लागि सरकारले आवश्यक सुरक्षाको प्रत्याभूति दिन नसकेका कारण पनि पर्यटकको आगमनमा प्रभाव परेको हो । निजीक्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनका तीन शहरको उडान स्थगित गरेको छ । एयरलाइन्सले माघ १८ गतेदेखि उडान अस्थायी रुपमा उडान बन्द गरेको हो । यसैगरी चीन उडानको तयारी गरिरहेको नेपाल वायु सेवा निगमको उडान पनि अनिश्चित बनेको छ । चिनियाँ धेरै पर्यटक आउने जनावरी महिनामै भाइरस संक्रमणका कारण नाका बन्दीसँगै आवागमनमा रोक लगाइदा नेपालको पर्यटन उद्योगमा ठूलो असर परेको छ ।
यो पनि सुन्नुस्https://www.youtube.com/watch?v=w5spOPqEZPc