Logo मंसिर १०, २०७७ बुधबार


जन्मेको ३० घण्टामै कोरोना सङ्क्रमण

काठमाडाैं । पहिलोपल्ट कोरोनाको बिरामी भेटिएको चीनको वुहानमा भर्खरै जन्मिएको शिशुमा ३० घण्टामा नै कोरोनाको सङ्क्रमण देखिएको छ । शिशुको आमा कोरोना सङ्क्रमित भए पनि शिशुमा कसरी सरेको हो भन्ने बारेमा खुलेको छैन ।

शिशु अहिलेसम्मकै कम उमेरका कोरोना सङ्क्रमित भएको बीबीसीले जनाएको छ । जन्मिएका बेला उनी तीन किलो २५ ग्रामका रहेका र अहिले स्वास्थ्य अवस्था स्थिर रहेकोले शिशुलाई अहिले डाक्टरको निगरानीमा राखिएको छ ।

गर्भमा रहेका बेलामा नै शिशु कोरोना सङ्क्रमित भएको अनुमान गरिएको छ । तर आमा कोरोना सङ्क्रमित भएकाले जन्मिएपछि आमाको नजिक हुँदा शिशुमा पनि सङ्क्रमण सरेको आशङ्का गरिएको छ । यसअघि दुई वर्षका बालकमा पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो । कोरोनाका कारण चीनमा अहिलेसम्म ५ सय ६३ जनाको ज्यान गैसकेको छ भने २८ हजार १८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

माइलोमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।