मेष– अध्ययनमा राम्रो प्रगति हुनेछ । सन्तानबाट सुख मिल्ने एवं व्यापार व्यवसाय फस्टाउनेछ । मुद्दा मामिला किनारा लाग्ने एवं गुप्त शत्रुको भय हट्नेछ । मनोरञ्जनमा खर्च हुने एवं धार्मिक यात्राको अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार आउने एवं महिला वर्गबाट सहयोग मिल्नेछ । वैदेशिक कामबाट फाइदा एवं सरकारी क्षेत्रमा पहुँच बढ्नेछ । साताको अन्त्यमा भने नयाँ मित्र भेटघाट एवम प्रेममा प्रगति हुनेछ ।
वृष– पारिवारिक विवाद आउनेछ । चिसोको समस्या बढ्ने एवं स्वास्थ्यमा खर्च हुनेछ । धनको कारोबारमा भने वृद्धि हुने एवं आर्थिक कारोबार बढ्नेछ । कला, संगीत क्षेत्रमा प्रगति हुने एवं कृषि व्यापारमा राहत मिल्नेछ । बोलीको कारणले विवाद बढ्ने एवं धन सम्पत्तिमा वैमनस्यता आउनेछ । साताको अन्त्यमा भने लामो यात्रा हुने, सुख सयलमा मन जाने एवं घरबाहिरको कारोबारमा प्रगति मिल्नेछ ।
मिथुन– दाजुभाईबाट सहयोग मिल्नेछ । छोटो यात्राको अवसर मिल्ने एवं काममा जिम्मेवारी थपिनेछ । वैदेशिक काममा प्रगति हुने एवं सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । साताको मध्यमा भने मित्रता टुट्न सक्ने एवं घरायसी विवाद बढ्नेछ । महिलावर्गसँग दुश्मनी बढ्ने एवम चिसोले असर गर्नेछ । साताको अन्त्यमा भने सन्तानबाट सहयोग मिल्ने एवं आध्यात्मिक क्षेत्रमा रुचि जानेछ र विद्याध्यनमा प्रगति हुनेछ ।
कर्कट– इष्टमित्रसँगको भेटघाट बढ्नेछ । बोली बचनको प्रभावले काममा प्रगति मिल्नेछ । धनको जोहो हुने एवम जग्गाजमिनको कारोबारबाट फाइदा मिल्नेछ । दाजुभाइसँगको सम्बन्धमा सुधार हुने एवं कृषि क्षेत्रबाट आम्दानी हुनेछ । घरबाहिरको काममा प्रगति मिल्ने एवम नयाँ कामको योजना बन्नेछ । साताको अन्त्यमा भने मानसिक अशान्ति बढ्ने, काममा ढिलासुस्ती हुने एवम नजिककाबाट बाधा आउनेछ ।
सिंह– काममा प्रशंसा मिल्नेछ । भोजभतेर एवं सामाजिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ । मित्रतामा भने शंका बढ्ने एवं प्रेममा धोका हुनेछ । सन्तानको स्वास्थ्यमा बाधा आउने एवं मुद्दामामिलाको झमेला पर्नेछ । साताको मध्यमा भने धनको सहयोग मिल्ने एवं व्यापारमा प्रगति हुनेछ । साताको अन्त्यमा भने छोटो यात्रा हुने एवं रमाइलोमा खर्च बढ्नेछ ।
कन्या– स्वास्थ्यको लागि खर्च बढ्नेछ । यात्रामा सरसामान हराउने एवं अनावश्यक खर्च बढ्नेछ । मनमा द्विविधा हुनाले काममा ढिलासुस्ती हुनेछ । प्रेममा भने प्रगति हुने एवं वैवाहिक सुख मिल्नेछ । पारिवारिक स्वास्थ्यमा बाधा एवं अंश, जग्गामा विवाद पर्नेछ । साताको अन्त्यमा भने नयाँ योजनमा लगानी बढ्ने एवं आफन्तबाट सहयोग हुनेछ ।
तुला– व्यवसायले सन्तुष्टि दिनेछ । आम्दानीको स्तर बढ्ने एवं कृषि चौपायाबाट धन आर्जन हुनेछ । साताको मध्यमा भने यात्रामा खर्च हुने, सरसामान हराउन सक्ने एवं स्वास्थ्यमा खर्च बढ्नेछ । राजनीतिक क्षेत्रमा भने पहुँच बढ्ने एवं कला क्षेत्रमा प्रगति मिल्नेछ । धार्मिक यात्राको सम्भावना एवं दाजुभाइको सहयोगले पुरानो काम बन्नेछ ।
वृश्चिक– मानसम्मानको वृद्धि हुनेछ । सरकारी क्षेत्रबाट फाइदा एवं ठूला बडाले साथ दिनेछन् । रोजगारी एवं नयाँ पेशाको शुरुवात हुनेछ । धनको सहयोग मिल्ने एवं आम्दानीको स्तर बढ्नेछ । बोली बचनले भने दुश्मनी बढ्ने एवं आफन्तमा फाटो आउनेछ । पुरानो रोगले सताउने एवं धनमा विवाद पर्नेछ । खर्च बढी हुनाले पारिवारिक विवाद आउनेछ ।
धनु– यात्राको सम्भावना देखिन्छ । धार्मिक रुचि बढ्ने एवम नयाँ कामबाट फाइदा हुनेछ । ठूलाबडासँग सम्बन्ध बढ्ने एवम पद प्रतिष्ठाको कुरा चल्नेछ । जिम्मेवारी थपिनाले काममा भार पर्नेछ । काममा जस आउनाले सामाजिक प्रतिष्ठा बढ्नेछ । यात्रामा खर्च हुने एवम शारिरीक अस्वस्थता बढ्नेछ । कला एवं संगीत क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । सामान्य चोटपटकको भय हुनाले यात्रामा सजक हुनुपर्नेछ ।
मकर– अनावश्यक विवाद बढ्नेछ । मानसम्मानमा आघात एवं योजनामा समस्या आउनेछ । साताको मध्यमा भने विदेशबाट फाइदा मिल्ने एवं वैदेशिक कारोबार फस्टाउनेछ । यात्राको सुख मिल्ने एवं अधुरा काम पुनः शुरु हुनेछन् । बोलीबचनले साथ दिने एवं माया प्रेममा प्रगति हुनेछ । साझेदारी लगानीमा प्रतिफल राम्रो आउनेछ । साताको अन्त्यमा भने प्रतिष्ठा बढ्ने एवं ठूलाबडाको साथ मिल्नेछ । सरकारी काम बन्नाले पुरानो काम सल्टिनेछ ।
कुम्भ– पारिवारिक यात्रा हुनेछ । आफन्तजनसँग भेटघाट एवम प्रेममा प्रगति हुनेछ । आफन्तबाट सहयोग मिल्ने एवम साथीभाइसँग मनोरञ्जनमा खर्च हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या आउने एवम काममा अपजस मिल्नेछ । सन्तानको स्वास्थ्यमा समस्या एवम अध्ययनमा बाधा हुनेछ । आम्दानीको स्तर भन बढ्ने तर स्वास्थ्यको लागि खर्च हुनेछ ।
मीन– मुद्दा मामिलामा प्रगति मिल्नेछ । नयाँ काममा योजना बढ्ने एवं यात्राको सुख मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवं नयाँ मित्रता गाँसिनेछ । प्रेममा प्रगति एवं वैवाहिक कुरा अगाडि बढ्नेछ । महिलावर्गबाट सहयोग एवम सरकारी धनको सुख मिल्नेछ । परिवारमा भने तनाव आउने एवं व्यक्तिगत समस्या बढ्नेछ । साताको अन्त्यमा भने काममा बाधा एवम अनावश्यक विवादमा फसिनेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटासम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी