Logo माघ १०, २०७७ शनिबार


चीनलाई एकलाख मास्क सहयोग

 काठमाडौं । नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ ।

सरकारको निर्णय अनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदुत होउ यान्छीलाई मास्क हस्तान्तरण गर्नुभएको हो । चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्याधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना भाइरसँग जुधिरहेको चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हाे ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै बिडारीले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्ध रुपमा प्रतिनिधि…

फाेहाेर नफाल्ने अभियानभन्दा पनि फाेहाेर उठाउने अभियान सञ्चालन भइरहेकाले सातामा एकदिन केही सफा देखिएपनि अर्काे दिनदेखि उस्तै देखिन्छ ।

वैशाखमा निर्वाचन नभए प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठ्ने तथा संविधानले समेत काम नगर्ने उहाँको भनाइ छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएकाे जानकारी अनुसार स्थायी कमिटी बैठक आइतबार १२ : ३० बजे बस्नेछ ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किने पक्का भएको बताउनुभएको छ ।